< Suci 8 >

1 Tada Efrajimovi ljudi rekoše Gideonu: “Kako si postupio prema nama: nisi nas pozvao kada si pošao u boj protiv Midjanaca?” I žestoko mu prigovoriše.
एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।
2 On im odgovori: “Pa što sam ja učinio kad se usporedim s vama? Nije li Efrajimovo pabirčenje bolje od Abiezerove berbe?
तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् र?
3 U vaše je ruke Jahve predao knezove midjanske, Oreba i Zeeba. Može li se usporediti moje djelo s onim što ste vi učinili?” Na te riječi utiša se njihova srdžba prema njemu.
परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्‍यो ।
4 Kad je Gideon došao do Jordana, prijeđe ga, ali i on i tri stotine ljudi s njim bijahu iznemogli i gladni.
गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे ।
5 Stoga reče ljudima iz Sukota: “Dajte kruha ljudima koji idu za mnom, iznemogli su. Ja gonim Zebaha i Salmunu, kraljeve midjanske.”
तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिं मिद्दानी राजा जेबह र सल्मुन्‍नालाई खेद्दैछु ।”
6 Ali mu sukotski glavari odgovoriše: “Zar je Zebahova i Salmunina šaka već u tvojoj ruci da dademo kruha tvojoj vojsci?”
तब अधिकारीहरूले भने, “के जेबह र सल्मुन्‍ना अब तिम्रा हातमा छन् र? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्‍यो?”
7 Gideon im reče: “Dobro! Kad mi Jahve preda u ruke Zebaha i Salmunu, iskidat ću vam meso trnjem i dračem pustinjskim.”
गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्‍नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।”
8 Odatle ode u Penuel i zatraži isto od Penuelaca, a oni mu odgovore kao što su mu odgovorili i Sukoćani.
त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।
9 On zaprijeti i Penuelcima: “Kad se vratim kao pobjednik, porušit ću ovu kulu.”
तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु ।”
10 Zebah i Salmuna bijahu u Karkoru i vojska njihova s njima, oko petnaest tisuća ljudi, što ih god osta od vojske sinova Istoka; sto dvadeset tisuća ratnika bijaše palo.
यति बेला जेबह र सल्मुन्‍ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।
11 Gideon pođe putem kojim prolaze oni što žive pod šatorima, istočno od Nobaha i Jogbohe, te potuče vojsku kad stajaše bezbrižna.
नोबह र योगबहाभन्दा उता पालमा बस्‍नेहरूका हिंड्‍ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।
12 Zebah i Salmuna pobjegoše. On ih pogna i uhvati dva kralja midjanska, Zebaha i Salmunu. A vojsku im svu uništi.
जेबह र सल्मुन्‍ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्‍नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्‍याए ।
13 Poslije bitke Gideon, sin Joašev, vrati se preko Hareške uzvisine.
योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्‍ज्‍याङ्को बाटो गए ।
14 I uhvati nekog momka iz Sukota te ga uze ispitivati; a on mu popisa imena sukotskih knezova i starješina, sedamdeset i sedam ljudi.
तिनले सुक्‍कोतका एक जना जवान मानिसलाई समाए र उसलाई सोधे । त्यस जवान मानिसले सुक्‍कोतका सतहत्तर जना अधिकारी र एल्डरका नाउँ लेखिदियो ।
15 Potom Gideon ode Sukoćanima i reče: “Evo Zebaha i Salmune zbog kojih ste mi se rugali govoreći: 'Je li Zebahova i Salmunina šaka već u tvojoj ruci pa da dademo kruha tvojim iznemoglim ljudima?'”
गिदोन सुक्‍कोतका मानिसहरूकहाँ आए र भने “जेबह र सल्मुन्‍नालाई हेर, जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्‍यौ र यसो भन्‍यौ, ‘के तिमीले जेबह र सल्मुन्‍नालाई परास्‍त गरिसकेका छौ र? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्‍ने कुरा हामीलाई थाहा छैन ।’”
16 I uhvati starješine gradske, nabra pustinjskog trnja i drača da ih oćute leđa Sukoćana.
गिदोनले सहरका एल्डरहरूलाई नियन्त्रणमा लिए, र तिनले सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू र घोच्ने झाडीले दण्ड दिए ।
17 Poruši Penuelsku kulu i pobi građane.
तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।
18 Onda reče Zebahu i Salmuni: “Kakvi bijahu ljudi koje pobiste na Taboru?” “Bili su nalik na te”, odgovoriše. “Svaki bijaše kao kraljev sin.”
तब गिदोनले जेबह र सल्मुन्‍नालाई भने, “तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्‍यौ?” तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए । तिनीहरूमध्‍ये हरेक व्‍यक्‍ति राजाका छोराजस्‍ता देखिन्थे ।”
19 “To su bila moja braća, sinovi moje matere”, reče Gideon. “Tako mi Jahve, da ste ih ostavili na životu, ne bih vas ubio.”
गिदोनले भने, “तिनीहरू मेरा दाजु-भाइ, मेरी आमाका छोराहरू थिए । परमप्रभु जीवित हुनुभएको हुनाले, तिमीहरूले तिनीहरूलाई जीवितै राखेका भए, म तिमीहरूलाई मार्ने थिइनँ ।”
20 Potom zapovjedi svom prvencu Jeteru: “Ustani, pogubi ih!” Ali dječak ne izvuče mača: bojao se, bijaše još mlad.
तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ्‍ र उनीहरूलाई मार् ।” तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्‍म एउटा सानो केटो नै थियो ।”
21 Tada rekoše Zebah i Salmuna: “Ustani ti i navali na nas, jer kakav je čovjek, onakva mu i snaga.” I ustavši, Gideon pogubi Zebaha i Salmunu i uze mjesečiće što su visjeli o vratu njihovih deva.
त्यसपछि जेबह र सल्मुन्‍नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्‍नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे ।
22 Izraelci rekoše Gideonu: “Vladaj nad nama, ti, sin tvoj i unuk tvoj, jer si nas ti izbavio iz ruku Midjanaca.”
त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।”
23 Ali im Gideon odgovori: “Ne, neću ja vladati nad vama, a ni moj sin; Jahve će biti vaš vladar.”
गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्य गर्नेछैनँ, न त मेरो छोराले राज्य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ ।”
24 Još im reče Gideon: “Jedno samo od vas tražim: da mi svaki dade prsten od svog plijena.” Pobijeđeni su nosili zlatne prstenove jer bijahu Jišmaelci.
गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु: तिमीहरू हरेकले आफ्नो लुटको सामानबाट मलाई कुण्डलहरू देओ ।” (मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे, किनभने तिनीहरू इश्माएलीहरू थिए ।)
25 “Vrlo rado”, odgovore oni. On nato razastrije svoj plašt, a svaki od njih baci od svog plijena po prsten.
तिनीहरूले जवाफ दिए, “ती तपाईंलाई दिन हामी खुशी छौं ।” तिनीहरूले एउटा लुगा ओछ्याए र हरेक मानिसले आफ्नो लुटको सामनाबाट कुण्डलचाहिँ त्यसमा राखे ।
26 Težina zlatnih prestenova što ih je zaiskao iznosila je tisuću i sedam stotina zlatnih šekela, osim mjesečića, naušnica i skrletnih haljina koje su nosili midjanski kraljevi i osim lančića što bijahu oko vrata njihovih deva.
उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्‍त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।
27 Gideon načini od toga efod i postavi ga u svome gradu Ofri. I sav Izrael udari za njim u nevjeru i bijaše to zamka Gideonu i njegovu domu.
गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए र आफ्नो सहर ओप्रामा राखे, र सबै इस्राएलले त्यसको पुजा गरेर वेश्याजस्‍तै भए । गिदोन र उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो ।
28 Tako su Midjanci bili poniženi pred Izraelcima. Više ne dizahu glave i zemlja bi mirna četrdeset godina, koliko još potraja vijek Gideonov.
यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।
29 Jerubaal, sin Joašev, otišao je i živio u svojoj kući.
योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।
30 Gideon je imao sedamdeset sinova koji su potekli od njega jer je imao mnogo žena.
गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्‍नीहरू थिए ।
31 Njegova inoča koja je živjela u Šekemu rodi mu sina komu nadjenu ime Abimelek.
शकेमामा बस्‍ने तिनकी उपपत्‍नीले पनि तिनको निम्ति एउटा छोरो जन्माइन्, र गिदोनले उसको नाउँ अबीमेलेक राखे ।
32 Gideon, sin Joašev, umrije u dubokoj starosti; sahraniše ga u grobu njegova oca Joaša u Abiezerovoj Ofri.
योआशका छोरा गिदोन धेरै वृद्ध अवस्थामा मरे र तिनलाई आफ्नै बुबा योआशको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाडियो ।
33 Po Gideonovoj smrti Izraelci okrenuše u preljub s baalima te postaviše sebi za boga Baal-Berita.
गिदोनको मृत्यु हुनेबित्तिकै यस्‍तो भयो, इस्राएलका मानिसहरू फेरि फर्के र बाल देवताहरूको पुजा गरेर वेश्याजस्‍ता भए । तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए ।
34 Izraelci se nisu više sjećali Jahve, svoga Boga, koji ih je izbavio iz ruku svih njihovih neprijatelja unaokolo.
इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्मान गर्न सम्‍झेनन्, जसले तिनीहरूलाई आफ्‍ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।
35 I nisu iskazivali zahvalnost domu Jerubaala Gideona za dobro što ga je učinio Izraelu.
यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन् ।

< Suci 8 >