< Jošua 3 >

1 Urani Jošua i sa svim sinovima Izraelovim krene od Šitima. I stignu do Jordana pa ondje prije prelaza prenoće.
यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले ।
2 Poslije tri dana prođu starješine kroz tabor i zapovjede puku:
तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए;
3 “Čim ugledate Kovčeg saveza Jahve, Boga vašega, i svećenike levite koji ga nose, krenite svi sa svoga mjesta i pođite za njim.
तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।
4 Tako ćete znati put kojim vam je ići, jer tim putem još nikada niste išli. Ali između vas i Kovčega neka bude razmak do dvije tisuće lakata. I da mu se niste približili.”
तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्‍न सक्‍ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।”
5 A Jošua zapovjedi narodu: “Posvetite se za sutra, jer će sutra Jahve učiniti čudesa među vama.”
यहोशूले मानिसहरूलाई भने, “भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने छ ।”
6 A svećenicima Jošua zapovjedi: “Dignite Kovčeg saveza i nosite ga pred narodom.” I digoše Kovčeg saveza i poniješe ga pred narodom.
योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।
7 Jahve reče Jošui: “Danas te počinjem uzvisivati pred očima svega Izraela, neka znaju da sam s tobom kao što bijah s Mojsijem.
परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्‍ने छन् ।
8 Ti pak zapovjedi svećenicima koji nose Kovčeg saveza:' Kada stignete do voda jordanskih, u Jordanu se samom zaustavite.'”
तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”
9 Tada reče Jošua Izraelcima: “Priđite i čujte riječi Jahve, Boga svojega.”
अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन सुन ।
10 I reče Jošua: “Po ovomu ćete spoznati da je među vama Bog živi: on će goniti ispred vas Kanaance, Hetite, Hivijce, Perižane, Girgašane, Amorejce i Jebusejce.
परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।
11 Evo, Kovčeg saveza Gospodara sve zemlje proći će pred vama preko Jordana.
हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।
12 Izaberite odmah dvanaest ljudi iz plemena Izraelovih, po jednoga iz svakoga plemena.
अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।
13 Čim stopala svećenika koji nose Kovčeg Jahve, Gospodara sve zemlje, stupe u Jordan, razdijelit će se voda Jordana, i ona što teče odozgo ustavit će se kao nasip.'”
जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिने छ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्‍न छोड्ने छ र त्यो एक थुप्रो भएर रहने छ ।
14 Kad je narod krenuo iz svojih šatora da prijeđe preko Jordana, ponesu svećenici Kovčeg saveza pred njim.
त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए ।
15 A kad su nosači Kovčega stigli do Jordana i kada su svećenici koji su nosili Kovčeg zagazili u vodu na obali - a bilo je vrijeme žetve kad se Jordan prelijeva preko svojih obala -
ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)
16 voda što je tekla odozgo daleko se, poput nasipa, ustavila kod grada Adame, koji se nalazi kraj Sartana; a voda što je otjecala dolje u Arabsko ili Slano more sasvim je otekla i narod je prelazio prema Jerihonu.
माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।
17 Svećenici koji su nosili Kovčeg saveza Jahvina stajahu na suhu usred Jordana i prelažaše Izrael po suhu sve dok sav narod ne prijeđe preko rijeke.
पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।

< Jošua 3 >