< Jošua 23 >
1 Proteklo je mnogo dana kako je Jahve dao Izraelu da otpočine od svih neprijatelja unaokolo. I Jošua bijaše ostario, zašao u godine.
परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।
2 Dozva zato Jošua sve Izraelce, starješine, glavare, suce i upravitelje njihove i reče im: “Ostario sam i odmakao u godinama.
यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु ।
3 Vi ste bili svjedoci svega što je Jahve, Bog vaš, pred vašim očima učinio svim narodima radi vas: Jahve, Bog vaš, borio se za vas.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै हुनुहुन्छ ।
4 Vidite, razdijelio sam ždrijebom u baštinu vašim plemenima sve narode koji su ostali i sve one narode koje sam istrijebio od Jordana do Velikog mora na zapadu.
हेर, मैले तिमीहरूलाई पश्चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।
5 Jahve, Bog vaš, sam će ih goniti ispred vas i otjerat će ih ispred vas i zaposjest ćete njihovu zemlju, kao što vam je obećao Jahve, Bog vaš.
परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।
6 Budite, dakle, postojani i sve čvršći u tome da čuvate i vršite sve što je napisano u Knjizi zakona Mojsijeva i da ne odstupite od toga ni desno ni lijevo.
त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर ।
7 Ne miješajte se s tim narodima koji ostadoše među vama; i ne spominjite imena njihovih bogova niti se kunite njima; nemojte im služiti i ne klanjajte se njima.
त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर ।
8 Nego se držite Jahve, Boga svoga, kako ste činili do danas.
बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्वरमा नै रहिरहो ।
9 Jahve je protjerao ispred vas velike i moćne narode i nitko se nije do danas mogao održati pred vama.
किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।
10 Jedan je od vas tjerao pred sobom tisuću, jer se Jahve, Bog vaš, borio za vas, kao što vam je obećao.
तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ ।
11 Brižno pazite da ljubite Jahvu, Boga svojega, jer se radi o vašem životu.
विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर
12 Jer ako se odmetnete i prionete uz ostatak onih naroda koji preostaše među vama i s njima se povežete tazbinom i pomiješate se s njima i oni s vama,
तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,
13 znajte dobro da će Jahve, Bog vaš, prestati goniti te narode ispred vas; oni će vam postati zamka i mreža, bit će bič bokovima vašim i trnje očima vašim, sve dok se ne iselite iz ove dobre zemlje koju vam dade Jahve, Bog vaš.
यो जान कि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् ।
14 Evo, ja krećem danas na put kojim je svima poći. Spoznajte i priznajte svim srcem svojim i svom dušom svojom: ni jedno od svih obećanja koja vam je dao Jahve, Bog vaš, nije ostalo neispunjeno.
म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन ।
15 I kao što vam se ispunilo svako obećanje što vam ga je dao Jahve, Bog vaš, tako će Jahve ispuniti i svaku prijetnju dok vas ne izbriše s lica ove dobre zemlje koju vam je dao Jahve, Bog vaš.
तर जसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।
16 Ako prekršite Savez koji je Jahve, Bog vaš, sklopio s vama; ako budete služili drugim bogovima i klanjali se njima, buknut će gnjev Jahvin na vas i nestat će vas ubrzo iz dobre zemlje koju vam je Jahve dao.”
यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्ट हुने छौ ।”