< Jeremija 3 >
1 “Ako muž otpusti ženu svoju i ona ide od njega te se uda za drugoga, ima li još pravo da se vrati njemu? Nije li ta žena sasvim oskvrnuta? A ti si bludničila s mnogim milosnicima, pa da se meni vratiš?” - riječ je Jahvina.
“कुनै पुरुषले आफ्नी पत्नीसित सम्बन्ध-विच्छेद गर्यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।
2 Podigni oči na goleti i pogledaj: gdje te to nisu oskvrnuli? Na putovima si ih dočekivala kao Arapin u pustinji. Ti si oskvrnula zemlju bludom i opačinom svojom,
नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्टताले तैंले देशलाई दुषित पारेको छेस् ।
3 zato i kiše prestadoše i kasni daždevi ne padoše. Čelo ti je kao u bludnice: ni zacrvenjela se nisi.
त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्जित हुन इन्कार गर्छेस् ।
4 Ne dovikuješ li mi sada: 'Oče moj, ti si prijatelj mladosti moje!
के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र ।
5 Hoće li zauvijek plamtjeti, vječno tinjati gnjev tvoj?' Tako govoriš, a činiš i dalje zla koliko god možeš.”
के उहाँ सधैं रिसाउनुहुन्छ र? के उहाँले आफ्नो क्रोधलाई सधैं अन्त्यसम्म राख्नुहन्छ र?' हेर्! तैंले यसरी भनेको छेस्, तर तैंले त सके जति दुष्ट काम गर्छेस् ।”
6 Jahve mi reče u dane kralja Jošije: “Vidje li što učini odmetnica Izrael? Ona odlazi na svaku visoku goru i pod svako zeleno stablo i ondje se podaje bludu.
तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।
7 A ja mišljah: 'Poslije svega što učini vratit će se k meni.' Ali se ona ne vraća. I to vidje sestra njena, nevjernica Judeja.
मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्वासहीन बहिनी यहूदाले यी सबै देखी ।
8 A vidje i kako otpustih odmetnicu Izraela zbog svih preljuba i dadoh joj knjigu otpusnu. Ali sestra joj, nevjernica Judeja, nimalo se ne poboja, pa i ona okrenu u blud.
त्यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।
9 I svojim lakoumnim bludom obeščasti zemlju; činila je preljub s kamenjem i drvljem.
त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।
10 I nakon svega toga nije se vratila k meni nevjernica sestra njezina, Judeja, svim srcem svojim, već samo prijetvorno” - riječ je Jahvina.
यी सबै कुरापछि त्यसकी विश्वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”
11 I reče mi Jahve: “Odmetnica Izrael pravednija je od Judeje nevjernice.
तब परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल विश्वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।
12 Idi i viči prema Sjeveru ove riječi. Reci: Vrati se, odmetnice, Izraele, riječ je Jahvina. Ne gnjevi se više lice moje na vas, jer sam milostiv - riječ je Jahvina - neću se gnjeviti dovijeka.
जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।'
13 Samo priznaj svoju krivnju da si se odvrgla od Jahve, Boga svojega, i odlutala k tuđincima, pod svako drvo zeleno i nisi slušala glasa mojega - riječ je Jahvina.
तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।
14 Vratite se, sinovi odmetnici - riječ je Jahvina - jer ja sam vaš Gospodar. Uzet ću vas, po jednoga iz svakoga grada, po dvojicu od svakoga roda, da vas odvedem na Sion.
'ए विश्वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।
15 I dat ću vam pastire po srcu svojemu koji će vas pasti razumno i mudro.
मेरै जस्तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।
16 A kad se u one dane namnožite i narodite u zemlji - riječ je Jahvina - više se neće govoriti: 'Kovčeg Jahvina Saveza' i nitko neće na nj misliti, nitko ga se neće sjećati ni za njim čeznuti, niti ga ponovo graditi.
तब ती दिनमा देशमा तेरो वृद्धि हुनेछ, र तैले फल फलाउनेछस् भनी परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले फेरि यसो भन्नेछैनन्, 'परमप्रभुको करारको सन्दुक' । फेरि यो विषय तिनीहरूका हृदयमा आउनेछैन, वा सम्झना हुनेछैन । यो गुम्नेछैन र अर्को बनाइनेछैन ।’
17 U to će se vrijeme Jeruzalem zvati 'Prijestolje Gospodnje'; i svi će se narodi u njemu sabrati u ime Jahvino, i nijedan se više neće tvrdoglavo povoditi za pokvarenim srcem svojim.
त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्ट हृदयको हठमा हिंड्नेछैनन् ।
18 U one dane slagat će se dom Judin s domom Izraelovim; i zajedno će krenuti iz Zemlje sjeverne u zemlju koju ocima vašim dadoh u baštinu.”
ती दिनमा यहूदाको घराना इस्राएलको घरानासँगै हिंड्नेछ । तिनीहरू उत्तरको देशबाट मैले तिनीहरूका पुर्खाहरूलाई पैतृक-सम्पत्तिको रूपमा दिएको देशमा सँगसँगै आउनेछन् ।
19 A ja rekoh: “Kako da te ubrojim među sinove i dam ti zemlju slasti, baštinu, najljepši biser među narodima! Pomislih: Ti ćeš me zvati 'Oče moj!' i nećeš se više odvratiti od mene.”
मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्ने थिएँ ।
20 “Ali kao što se žena iznevjeri mužu svome, tako se i vi iznevjeriste meni, dome Izraelov” - riječ je Jahvina.
तर आफ्नो पतिको लागि विश्वासहीन भएकी स्त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।
21 Čuj! Po goletima plač se čuje, zapomaganje djece Izraelove, jer skrenuše s puta svojega. Jahvu, Boga svoga, zaboraviše.
मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्च्याइको एउटा आवाज सुनिन्छ । किनकि तिनीहरूले आफ्ना मार्ग बद्लेका छन् । तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन् ।
22 - Vratite se, sinovi, što se odvratiste, izliječit ću odmetništva vaša! - Evo nas, dolazimo k tebi, jer ti si Jahve, Bog naš!
“हे विश्वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ ।
23 Doista, prijevarni su visovi, graja po brdima. Odista, u Jahvi, Bogu našemu, spasenje je Izraelovo!
निश्चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्चय नै परमप्रभु हाम्रा परमेश्वर इस्राएलको उद्धार हुनुहुन्छ ।
24 Baal je proždro trud naših otaca još od mladosti naše: ovce njihove i goveda, nihove kćeri i sinove.
तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीलाई भस्म पारेका छन् ।
25 Lezimo u sramotu svoju, nek' nas pokrije ruglo naše! Jer Jahvi, Bogu svome, sagriješismo mi i oci naši, od mladosti svoje do dana današnjeg, i ne slušamo glasa Jahve, Boga svojega.
हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्वरको आवाजलाई सुनेका छैनौं ।”