< Izaija 55 >
1 “O svi vi koji ste žedni, dođite na vodu; ako novaca i nemate, dođite. Bez novaca i bez naplate kupite vina i mlijeka!
“आओ, हरेक व्यक्ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन ।
2 Zašto da trošite novac na ono što kruh nije i nadnicu svoju na ono što ne siti? Mene poslušajte, i dobro ćete jesti i sočna ćete uživati jela.
जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।
3 Priklonite uho i k meni dođite, poslušajte, i duša će vam živjeti. Sklopit ću s vama Savez vječan, Savez milosti Davidu obećanih.”
आफ्ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्न सक्छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
4 Evo, učinih te svjedokom pucima, knezom i zapovjednikom narodima.
हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्डरको रूपमा राखेको छु ।
5 Evo, pozvat ćeš narod koji ne poznaješ, i narod koji te ne zna dohrlit će k tebi radi Jahve, Boga tvojega, i Sveca Izraelova, jer on te proslavio.
हेर, परमप्रभु तिमीहरूका परमेश्वर, इस्राएलको परमपवित्र, जसले तिमीहरूलाई महिमित पार्नुभएको छ, उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ, अनि तिमीहरूलाई नचिन्ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ ।
6 Tražite Jahvu dok se može naći, zovite ga dok je blizu!
जबसम्म परमप्रभुलाई भेट्टाउन सक्छौ, तबसम्म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।
7 Nek' bezbožnik put svoj ostavi, a zlikovac naume svoje. Nek' se vrati Gospodu, koji će mu se smilovati, k Bogu našem jer je velikodušan u praštanju.
दुष्टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्वरमा जसले उसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ ।
8 “Jer misli vaše nisu moje misli i puti moji nisu vaši puti,” riječ je Jahvina.
“किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो—
9 “Visoko je iznad zemlje nebo, tako su puti moji iznad vaših putova, i misli moje iznad vaših misli.”
किनकि जसरी पृथ्वीभन्दा आकाश उच्च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्दा मेरा विचारहरू उच्च छन् ।
10 “Kao što daždi i sniježi s neba bez prestanka dok se zemlja ne natopi, oplodi i ozeleni da bi dala sjeme sijaču i kruha za jelo,
किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्यसलाई उब्जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्म ती त्यहाँ फर्कंदैनन्,
11 tako se riječ koja iz mojih usta izlazi ne vraća k meni bez ploda, nego čini ono što sam htio i obistinjuje ono zbog čega je poslah.”
त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ— त्यो मकहाँ रित्तै फर्कनेछैन, तर जुन उद्देश्यको निम्ति मैले त्यसलाई पठाएँ, त्यसमा त्यो सफल हुनेछ ।
12 Da, s radošću ćete otići i u miru ćete biti vođeni. Gore će i brda klicati od radosti pred vama i sva će stabla u polju pljeskati.
किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्ना हातले ताली बजाउनेछन् ।
13 Umjesto trnja rast će čempresi, umjesto koprive mirta će nicati. I bit će to Jahvi na slavu, kao znak vječan, neprolazan.
काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ । अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन ।