< Hošea 5 >

1 Poslušajte ovo, svećenici, pazi, dome Izraelov, dome kraljev, de posluhni, jer vaš je sud! Vi ste bili zamka u Mispi i mreža napeta na Taboru.
“ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ । तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।
2 Jamu su duboko iskopali prestupnici, ali ću ih sve kazniti.
विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्‍न हुन्‍छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु ।
3 Poznajem ja Efrajima, Izrael mi nije sakriven: da, Efrajime, bludu si se odao, okaljao si se, Izraele.
एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु । ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।
4 Ne daju im djela njihova da se Bogu svome vrate, jer je duh bluda među njima; oni Jahve ne poznaju.
तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।
5 Ponos Izraelov svjedoči protiv njega; svojom krivnjom posrnu Efrajim, posrnut će i Juda s njim.
इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।
6 Ići će s ovcama i govedima Jahvu tražiti ali ga naći neće - povukao se od njih!
आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ ।
7 Jahvu su iznevjerili: rodili su kopilad; vjetar će žarki proždrijeti polja njihova.
तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन् । अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ ।
8 Zasvirajte u rog u Gibeji, u trublju u Rami, uzbunite Bet Aven: za petama su ti, Benjamine!
गिबामा तुरही र रामामा बिगुल फुक । बेथ-आवनमा युद्ध-ध्वनि बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्‍छौं!’
9 Opustošit će Efrajima u dan kazne: među plemenima Izraelovim objavljujem ono što je sasvim pouzdano.
न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।
10 Knezovi judejski postadoše poput onih što razmiču međe; na njih ću k'o vodu gnjev svoj izliti.
यहूदाका अगुवाहरू त्‍यस्‍ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ । पानी खन्याएझैं तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्याउनेछु ।
11 Efrajim je tlačitelj, on pravdu gazi jer mu se svidjelo ići za ništavilom.
एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको छ ।
12 A ja ću biti poput moljca Efrajimu, kao gnjilež kući Judinoj.
यसैले एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु ।
13 Tad je Efrajim svoju bolest vidio, a Juda ranu svoju; i pođe Efrajim u Asiriju, obrati se Juda velikome kralju; al' on vas neće iscijeliti niti vam ranu vašu zaliječiti.
जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।
14 Jer k'o lav ću biti Efrajimu, kao lavić domu Judinu; ja, ja ću razderati i otići, odnijet ću i nitko neće spasiti.
यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन ।
15 Poći ću, vratit ću se na svoje mjesto, dok krivnju ne priznaju i lice moje ne potraže; kad u nevolji budu, iskat će me.
तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु: खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”

< Hošea 5 >