< Hošea 10 >
1 Bujna je loza bio Izrael, rod bogat ona je nosila. I što mu je više rodilo plodova, to je više umnažao žrtvenike; što mu je bogatija zemlja bila, to je kićenije dizao stupove.
इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्जनी दियो, त्यसले त्यति नै धेरै स्तम्भ खडा गर्यो ।
2 Srce je njihovo prijevarno, okajat će to oni! Porušit će im On žrtvenike, polomiti stupove njihove.
किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्काउनुहुन्छ, तिनीहरूका स्तम्भहरू नाश गर्नुहुन्छ ।
3 Kazat će tada: “Mi kralja nemamo jer se Jahve bojali nismo. TÓa čemu bi nam bio kralj?”
किनकि तब तिनीहरूले यसो भन्नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्थे र?”
4 Riječi prosiplju, lažno se kunu, sklapaju saveze; a pravo cvate k'o otrovno bilje u brazdama polja.
तिनीहरू फोस्रा शब्दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ ।
5 Za tele betavensko strepe stanovnici Samarije; da, zbog njega tuguje narod njegov, svećenici njegovi kukaju nad njim, nad slavom njegovom jer je od njega prognana.
बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।
6 A njega samog odvući će u Asiriju na dar velikome kralju. Efrajima stid će spopasti, crvenjet će se Izrael zbog svoje odluke.
महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।
7 Uništena je Samarija. Njen kralj tek trunak je vodi na površju.
पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्ट पारिनेछ ।
8 Bit će razorene sramne uzvišice, grijeh Izraelov; trnje će i čičak rasti po žrtvenicima njihovim. Tad će govoriti brdima: “Pokrijte nas!” i bregovima: “Padnite na nas!”
दुष्टताका उच्च ठाउँहरू नष्ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्नेछन् ।
9 Većma no u dane gibejske griješio si, Izraele! A da se i ondje zaustaviše, ne bi li ih zatekao rat kao bezakonike gibejske?
“ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र?
10 Kako mi se svidi, kaznit ću ih: sabrat će se protiv njih narodi da ih za dvostruko kazne bezakonje.
जब म चाहन्छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु । तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्बर अधर्मको निम्ति तिनीहरूलाई बन्धनमा राख्नेछन् ।
11 Efrajim je junica dobro naučena koja rado vrše; šiju ću joj lijepu ujarmiti, upregnut ću Efrajima. Juda će orati, Jakov branat'.
एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्नेछु, यहूदाले हलो जोत्नेछ । र याकूब आफैले लिंड्को लगाउनेछ ।”
12 Sijte pravednost, požet ćete ljubav; krčite zemlje nove: vrijeme je da Jahvu tražite dok ne dođe i podaždi vam pravdom.
आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्वस्तताको फल कटनी गर । आफ्नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।
13 Orali ste bezbožnost, želi bezakonje, jeli plod prijevare. Pouzdao si se u kola svoja i u mnoštvo svojih ratnika,
तिमीहरूले दुष्टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्ना धेरै सिपाहीहरूमा भर पर्यौ ।
14 zato će se vika bojna razlijegati tvojim gradovima i sve će ti tvrđe biti razorene k'o što Šalman razori Bet Arbel u dan ratni, kada mater smrskaše na sinovima.
यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्लाबन्दी गरिएका सहरहरू नष्ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।
15 Evo što vam Betel učini jer ste u zlu ogrezli: u zoru će zavijek nestati kralja Izraelova!
यसैले ए बेथेल, तेरो ठुलो दुष्टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।