< Postanak 49 >
1 Jakov zatim sazva svoje sinove te reče: “Skupite se da vam kažem što će vas snaći u kasnije vrijeme:
तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।
2 Okupite se, čujte, sinovi Jakovljevi, čujte oca svoga Izraela!
हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन ।
3 Ti Rubene, moj prvorođenče, snaga ti si moja, prvenac moje muškosti. Ističeš, se ponosom, snagom se ističeš,
रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्ट ।
4 no, poput vode nabujao, nećeš više imati prvenstva, jer na ležaj oca svog se pope, moj tad oskvrnu krevet.
बग्ने पानीजस्तो चञ्चल, तेरो प्रतिष्ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्; तँ मेरो पलङ्गमा चढ़िस् ।
5 Šimun i Levi braća su prava! Mačevi im oruđe nasilja.
शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् ।
6 Na njihova vijećanja ja ne silazio, u njihovim zborovima udjela ne imao! U srdžbi su svojoj ljude ubijali; u obijesti bikove sakatili.
ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन् ।
7 Prokleta im srdžba, jer je prežestoka! Prokleta im obijest, jer je preokrutna! Razdijelit ću ih po Jakovu, Izraelom raspršiti.
तिनीहरूको रिस श्रापित् होस्, किनभने त्यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्यो निष्ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।
8 Judo! Tvoja braća slavit će te; svagda ti je šaka na šiji dušmana, sinci oca tvoga tebi će se klanjat.
ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन् ।
9 Judo, laviću mali! Plijenom si se, sine, udebljao; poput lava, poput lavice legao potrbuške! Tko bi ga dražiti smio?
यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्यसलाई उठाउने आँट गर्छ?
10 Od Jude žezlo se kraljevsko, ni palica vladalačka od nogu njegovih udaljiti neće dok ne dođe onaj kome pripada - kome će se narodi pokoriti.
यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बिचबाट हट्नेछ, जबसम्म त्यसका मालिक आउँदैनन् । जातिहरूले उहाँको आज्ञा मान्नेछन् ।
11 Svog magarca za lozu privezuje, mlado magarice svoje za čokot. U vinu on kupa svoju odjeću svoju halju u krvi od grožđa.
त्यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्यसले आफ्ना लुगाहरू दाखमद्यमा, आफ्ना पोशाक अङ्गुरको रसमा धुनेछ ।
12 Oči su mu od vina mutne, zubi bjelji od mlijeka.
त्यसका आँखा दाखमद्यजस्तै गाढा, र त्यसका दाँत दुधजस्ता सेता हुनेछन् ।
13 Zebulun će stanovati uz obalu morsku, luka spasa bit će brodarima, uz bok njegov Sidon će ležati.
जबूलून समुद्रको किनारमा बस्नेछ । जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ, र त्यसको सिमाना सीदोनसम्म हुनेछ ।
14 Jisakar je koščat magarac polegao među ogradama.
इस्साखार दुई भारीहरूका बिचमा लेटिरहने बलियो गधा हो ।
15 Vidje da je odmor ugodan, a zemlja lijepa, te leđa svoja pod teret podmetnu i na tlaku pristade.
जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ । त्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्नेछ ।
16 Dan će narod svoj suditi kao svako pleme Izraelovo.
इस्राएलका कुलमध्ये एउटा कुल भएर दानले आफ्ना मानिसहरूको न्याय गर्नेछ ।
17 Nek' Dan zmija bude na putu, guja pokraj staze što će konja za zglob ujesti, i njegov konjik nauznak će pasti.
दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्चा डस्ने विषालु सर्प हुनेछ र त्यसको घोडचढी पछिल्तिर लोट्छ ।
18 U spas tvoj se, Jahve, uzdam!
हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु ।
19 Gada će pljačkat razbojnici, pljačkom će im za petama biti.
गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्यसले तिनीहरूको कुर्कुच्चामा आक्रमण गर्नेछ ।
20 U Ašera bit će hrane, poslastica za kraljeve.
आशेरको अनाज प्रशस्त हुनेछ, र त्यसले राजकीय खाना उपलब्ध गराउनेछ ।
21 Naftali je košuta lakonoga koja krasnu lanad mladi.
नप्ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो ।
22 Josip je stablo plodno, plodno stablo kraj izvora, grane svoje grana preko zida.
योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्छन् ।
23 Strijelci njega saletjeli, strijeljali ga, opljačkali.
धनुर्धारीहरूले त्यसलाई आक्रमण गर्नेछन् र त्यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन् ।
24 Ali luk mu čvrst ostaje, mišice mu ojačale, rukom Jakog Jakovljeva, imenom Pastira, Stijene Izraela,
तापनि त्यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।
25 Bogom, Ocem tvojim, koji ti pomaže, Svesilnim koji te blagoslivlje blagoslovom ozgo sa nebesa, blagoslovom ozdo iz dubina, blagoslovom iz svih prsa, iz svih utroba!
तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्वरले माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, अनि स्तन र गर्भका आशिष्हरूले आशिषित्् तुल्याउनुहुनेछ ।
26 Blagoslovom klasja i cvjetova, blagoslovom drevnih brda, želja vječnih brežuljaka - nek' se oni spuste na Josipa, između braće posvećenog!
तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरमा पनि ।
27 Benjamin je vuk grabežljivi, lovinu on jutrom jede, a navečer plijen dijeli.”
बेन्यामीन एउटा भोको ब्वाँसो हो । बिहान त्यसले शिकार खान्छ, र बेलुकीचाहिँ त्यसले लुट बाँड्छ ।
28 Sve su to Izraelova plemena - dvanaest ih na broj - i to im je otac rekao kad ih je blagoslivljao; svakoga je od njih blagoslovio njegovim blagoslovom.
यी इस्राएलका बाह्र कुल हुन् । आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए ।
29 Poslije toga im dade ovu naredbu: “Naskoro ću se pridružiti svojim precima. Sahranite me kraj mojih otaca,
तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्न जान लागेको छु । हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड,
30 u spilji što se nalazi na polju Efrona, Hetita, u spilji na polju Makpeli, nasuprot Mamri, u zemlji kanaanskoj. To je ona koju je Abraham kupio s poljem od Hetita Efrona za mjesto sahranjivanja.
अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए ।
31 Ondje je sahranjen Abraham i njegova žena Sara; sahranjeni su ondje Izak i njegova žena Rebeka; ondje sam ja sahranio Leu.
उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई त्यहीँ गाडे । त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाडे । त्यहीँ नै मैले लेआलाई गाडेँ ।
32 Polje i spilja na njemu kupljeni su od Hetita.”
त्यो खेत र त्यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।”
33 Kad je Jakov tako naputio svoje sinove, povuče noge natrag na postelju te izdahnu - pridruži se svojim precima.
छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्ना खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागे, र आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए ।