< Postanak 44 >

1 Onda Josip naredi upravitelju svoga kućanstva: “Napuni vreće ovih ljudi hranom koliko mogu ponijeti, a novac svakog stavi u grlo njegove vreće.
योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए, “ती मानिसहरूले लैजान सक्‍नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ, र हरेकको बोराको मुखमा हरेकको रुपियाँ-पैसा पनि हालिदेऊ ।
2 A moj pehar - onaj od srebra - stavi u grlo vreće najmlađega, zajedno s njegovim novcem za žito.” On učini kako mu je Josip naredio.
कान्छोको बोराको मुखमा मेरो चाँदीको कचौरा र तिनले अनाजको लागि ल्याएको रुपियाँ-पैसा पनि हालिदेऊ ।” भण्डारेले योसेफले भनेझैँ गर्‍यो ।
3 Kad je svanulo, otpreme ljude i njihove magarce.
बिहान भएपछि ती मानिसहरू आ-आफ्ना गधाहरूसँगै पठाइए ।
4 Tek što su izišli iz grada - nisu bili odmakli daleko - kad Josip reče upravitelju svoga kućanstva: “Na noge! Pođi za onim ljudima! Kad ih stigneš, kaži im: 'Zašto uzvraćate zlo za dobro?
तिनीहरू सहरबाट केही पर पुग्दा योसेफले आफ्नो भण्डारेलाई भने, “उठ, र ती मानिसहरूको पिछा गर । तिनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू, 'किन तिमीहरूले भलाइको सट्टा खराबी गर्‍यौ?
5 Zar iz onog pehara ne pije moj gospodar i ne čita iz njega proricanje? Zlo ste učinili!'”
के यो त्यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्छ र शकून-अपशकूनको लागि प्रयोग गर्नुहुन्छ? तपाईंहरूले जे गर्नुभएको छ त्यो खराब छ' ।”
6 Stigavši ih, ponovi im te riječi.
भण्डारेले तिनीहरूलाई भेट्टायो, र तिनहरूलाई ती वचनहरू भन्यो ।
7 Oni odgovore: “Zašto nam gospodar govori tako? Daleko bilo od slugu tvojih da učine takvo što!
तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।
8 Čak i novac koji smo našli u svojim vrećama donijeli smo ti natrag iz zemlje kanaanske. Kako bismo onda mogli ukrasti srebra ili zlata iz kuće tvoga gospodara!
हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा त हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ । तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ?
9 Onaj u koga se od tvojih slugu nađe, neka se usmrti, a mi drugi postat ćemo robovi tvome gospodaru.”
तपाईंको कुनै पनि दाससित त्यो कचौरा फेला पारियो भने त्यो मारियोस्, र हामी आफै पनि तपाईंका दास हुनेछौँ ।”
10 “Premda je ono što predlažeš pravo”, preuzme on, “ipak će samo onaj u koga se ukradeno pronađe biti moj rob, a ostali bit ćete slobodni.”
भण्डारेले भन्यो, “अब तपाईंहरूकै वचनअनुसार नै होस् । जससित त्यो कचौरा पाइन्छ, त्यो मेरो दास बनोस्, र अरूहरू निर्दोष हुनेछन् ।”
11 Brže spustiše vreće na zemlju i svaki svoju otvori.
त्यसपछि हरेक मानिसले हतार-हतारमा आ-आफ्नो बोरा भुइँमा झारी तिनीहरूले आ-आफ्ना बोरा खोल्यो ।
12 On je pretraživao, počevši s najstarijim i završivši s najmlađim. Pehar se nađe u Benjaminovoj vreći.
भण्डारेले खोजी गर्‍यो । त्यसले जेठोबाट सुरु गरेर कान्छोमा टुङ्ग्यायो, अनि त्यो कचौरा बेन्यामीनको बोरामा फेला पारियो ।
13 Nato oni razdru svoje haljine; svaki ponovo natovari svoga magarca i vrate se u grad.
त्यसपछि तिनीहरूले आफ्ना लुगा च्याते । हरेकले आ-आफ्नो गधा लादेर तिनीहरू सहर फर्के ।
14 Kad su Juda i njegova braća ponovo stupili u Josipov dom, još je on bio ondje. Bace se preda nj na zemlju.
यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्के । तिनी अझै पनि त्यहीँ नै थिए र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
15 Onda im Josip reče: “Kakvo je to djelo što ste ga učinili? Zar ne znate da se čovjek kao što sam ja bavi proricanjem?”
योसेफले तिनीहरूलाई भने, “तिमीहरूले यो के गरेको? मजस्तो मानिसले शकून-अपशकून गर्छ भनी के तिमीहरूलाई थाहा छैन?”
16 Nato Juda odgovori: “Što bismo mogli reći svome gospodaru? Što možemo kazati, čime li se opravdati? Bog je otkrio zlodjelo tvojih slugu. Evo nas za robove svome gospodaru - jednako nas kao i onog u koga se našao pehar.”
यहूदाले भने, “मेरा मालिकलाई हामी के भनौँ? हामी के बोलौँ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ? परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ । हेर्नुहोस्, हामी मेरा मालिकहरूका दास हुन्छौँ– हामी र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो ।
17 “Daleko od mene da učinim tako!” - odgovori. “Nego, onaj u koga se našao pehar bit će moj rob, a vi drugi pođite mirno k svome ocu!”
योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन । त्यो मानिस जसको हातमा कचौरा फेरा पारियो, त्यो मात्रै मेरो दास हुनेछ । तर तिमीहरूचाहिँ शान्तिसित आफ्ना पिताकहाँ जाओ ।”
18 Onda mu se Juda primače i reče: “Gospodaru moj, molim te, dopusti sluzi svojem da rekne riječ ušima gospodara svojega i neka se tvoja srdžba ne razlijeva na tvog slugu. TÓa ti si ravan faraonu.
त्यसपछि यहूदा योसेफको नजिक आएर भने, “मेरा मालिक, बिन्ती छ, कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्छ ।
19 Pitao je moj gospodar svoje sluge: 'Imate li oca ili još kojega brata?'
मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो, 'के तिमीहरूका पिता वा भाइ छ?'
20 Svome smo gospodaru odgovorili: 'Imamo stara oca; on još ima jednog sina, rođena u njegovoj staračkoj dobi. Taj je najmlađi. Njegov je pravi brat umro, tako da je on jedini ostao od svoje majke. Njegov ga otac osobito voli.'
हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ, र उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'
21 Potom si rekao svojim slugama: 'Dovedite mi ga ovamo da ga vide moje oči?'
त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।'
22 A mi smo odgovorili svome gospodaru: 'Dječak ne može ostaviti oca; kad bi ga ostavio, njegov bi otac umro.'
त्यसपछि हामीले हजुरलाई भन्यौँ, 'ठिटोले आफ्ना पितालाई छाड्न सक्दैनन् । किनकि तिनले आफ्ना पितालाई छाड्नुपर्‍यो भने तिनका पिता मर्नेछन् ।'
23 Nato si rekao svojim slugama: 'Ako vaš najmlađi brat s vama ne dođe ovamo, više ne smijete preda me.'
तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, तिमीहरूको कान्छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।'
24 Kad smo se vratili tvome sluzi, ocu mome, kazali smo mu riječi moga gospodara.
त्यसपछि हामी तपाईंका दास मेरा पिताकहाँ जाँदा हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ ।
25 Naš nam je otac rekao: 'Idite opet i nabavite nam malo hrane!'
हाम्रा पिताले भन्‍नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।'
26 Odgovorili smo: 'Ne možemo onamo. Samo ako s nama pođe naš najmlađi brat, sići ćemo, jer ne smijemo pred onoga čovjeka ako ne bude s nama naš najmlađi brat.'
त्यसपछि हामीले भन्यौँ, 'हामी तल जान सक्दैनौँ । हाम्रो कान्छो भाइ हामीसित गयो भने मात्र हामी तल जान सक्छौँ किनकि कान्छो भाइ हामीसित नगएसम्म हामीले ती मानिसको अनुहार हेर्न सक्दैनौँ ।'
27 Tvoj sluga, otac moj, odvrati nam: 'Kako znate, žena mi je rodila dva sina.
तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ ।
28 Jedan je nestao, te sam zaključio: sigurno je rastrgan! Odonda ga više nisam vidio.
एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ ।
29 Ako i ovoga od mene odvedete pa ga kakva nesreća snađe, moju ćete sijedu glavu s tugom strovaliti dolje u Šeol.' (Sheol h7585)
अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।' (Sheol h7585)
30 Ako sad dođem k tvome sluzi, ocu svome, a mladić - čiji je život tako povezan s njegovim - ne bude s nama,
त्यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले
31 on će svisnuti kad vidi da dječaka nema s nama; tako će tvoje sluge strovaliti u tuzi sijedu glavu tvoga sluge, oca našega, dolje u Šeol. (Sheol h7585)
उहाँले मेरो साथमा ती ठिटालाई नदेख्‍नुहुँदा उहाँ मर्नुहुनेछ । तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन् । (Sheol h7585)
32 Jer tvoj je sluga zajamčio ocu svome za dječaka, rekavši: 'Ako ti ga ne vratim, bit ću kriv svome ocu svega vijeka.'
किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, 'मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।'
33 Zato, molim te, neka tvoj sluga ostane kao rob mome gospodaru, a dječak neka ide natrag s braćom.
त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।
34 Jer, kako mogu k svome ocu ako dječaka nema sa mnom! Ne bih mogao gledati jad što bi snašao moga oca.”
किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।”

< Postanak 44 >