< Ezekiel 47 >
1 Zatim me odvede natrag k vratima Doma. I gle: voda izvirala ispod praga Doma, prema istoku - jer pročelje Doma bijaše prema istoku - i voda otjecaše ispod desne strane Doma, južno od žrtvenika.
त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्दिरको मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिं मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो ।
2 Zatim me izvede na sjeverna vrata i provede me uokolo vanjskim putem k vanjskim vratima koja gledaju na istok. I gle, voda izvirala s desne strane.
यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो ।
3 Čovjek pođe prema istoku s užetom u ruci, izmjeri tisuću lakata i prevede me preko vode, a voda mi sezaše do gležanja.
ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए ।
4 Ondje opet izmjeri tisuću lakata i provede me preko vode, a voda bijaše do koljena. I opet izmjeri tisuću lakata i prevede me preko vode što bijaše do bokova.
त्यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए ।
5 Opet izmjeri tisuću lakata, ali ondje bijaše potok koji ne mogoh prijeći jer je voda nabujala te je trebalo plivati: bijaše to potok koji se ne može prijeći.
त्यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो ।
6 I upita me: “Vidiš li, sine čovječji?” I odvede me natrag, na obalu potoka.
ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्न सक्छस्?” र तिनले मलाई बाहिर ल्याए र त्यो नदीको किनारमा हिंडाए ।
7 I kad se vratih, gle, na obali s obje strane mnoga stabla.
जब म हिंड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए ।
8 I reče mi: “Ova voda teče u istočni kraj, spušta se u Arabu i teče u more; a kad se u more izlije, vode mu ozdrave.
ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।
9 I kuda god potok protječe, sve živo što se miče oživi; i bit će vrlo mnogo riba, jer kamo god dođe ova voda, sve ozdravi i oživi - kuda god protječe ovaj potok.
झुण्डमा बस्ने हरेक जीवित प्राणी त्यो पानी जहाँ-जहाँ जान्छ त्यहीं नै बस्नेछ । त्यहाँ धेरै माछा हुनेछन्, किनकि यो पानी त्यहाँ बग्छ । त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ । त्यो नदी जहाँ-जहाँ जान्छ हरेक कुरा बाँच्नेछ ।
10 I ribari će ribariti duž mora: od En Gedija do En Eglajima sušit će se mreže; i bit će vrlo mnogo svakovrsnih riba kao u Velikom moru.
तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्तो महासमुद्रमा प्रशस्त माछाहरू हुन्छन् ।
11 A močvare onoga mora i njegove bare neće ozdraviti: bit će za sol.
तर खारा समुद्रका दलदल र सिमसार भने ताजा बनाइनेछैन । तिनीहरू नून दिनका निम्ति रहनेछन् ।
12 Duž potoka na obje strane rast će svakovrsne voćke: lišće im neće otpadati i s njih neće nestajati ploda; svakog će mjeseca roditi novim plodom jer im voda dotječe iz Svetišta. Plod će njihov biti za jelo, a lišće za lijek'.
यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् ।
13 Ovako govori Jahve Gospod: 'Ovo su granice u kojima ćete podijeliti zemlju u baštinu među dvanaest plemena Izraelovih - Josipu dva dijela.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ ।
14 Svakom će od vas pripasti podjednako od zemlje koju se zakleh dati vašim ocima, a vama će pripasti u baštinu.
मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।
15 Ovo su, dakle, granice zemlje: na sjeveru, od Velikoga mora put Hetlona do Ulaza u Hamat: Sedad,
महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।
16 Berota, Sibrajim, između kraja damaščanskog i hamatskoga, i Haser Enon, prema granici hauranskoj.
अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बिचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ ।
17 Granica će se, dakle, protezati od mora do Haser Enona, kojemu je na sjeveru kraj damaščanski i hamatski - sjeverna strana.
यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ ।
18 Istočna strana: između Haurana i Damaska, između Gileada i zemlje izraelske, pa Jordanom kao granicom prema istočnomu moru do Tamara - istočna strana.
पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।
19 Južna strana: prema jugu od Tamara do Meripskih voda i Kadeša pa potokom prema Velikomu moru - južna strana, prema jugu.
अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।
20 A zapadna strana: granica je Veliko more pa do nadomak Ulaza u Hamat - zapadna strana.
अनि पश्चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्चिमको सिमाना हुनेछ ।
21 Tu zemlju razdijelite među sobom po plemenima Izraelovim.
यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।
22 Razdijelit ćete je ždrijebom u baštinu između sebe i između došljaka koji žive među vama i koji među vama djecu narodiše: i njih ćete smatrati domorocima među Izraelovim sinovima, da i oni dobiju ždrijebom baštinu među Izraelovim sinovima.
यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ ।
23 Svakome tom došljaku dodijelite baštinu u plemenu u kojem živi - riječ je Jahve Gospoda.
अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”