< Ezekiel 14 >
1 Uto k meni dođoše neki od starješina Izraelovih i sjedoše preda me.
इस्राएलका धर्म-गुरुमध्ये कोही मकहाँ आए र मेरो सामुन्ने बसे ।
2 I dođe mi riječ Jahvina:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
3 “Sine čovječji! Ti ljudi nose kumire u srcu i upiru oči u ono što ih na grijeh potiče. Pa zar da trpim da u mene traže savjeta?
“ए मानिसको छोरो, यी मानिसहरूले आफ्ना मूर्तिहरूलाई आफ्ना हृदयमा राखेका छन्, र आफ्नो अधर्मका ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारका सामु राखेका छन् । के तिनीहरूले मेरो बारेमा सोध्न पाउँछन् र?
4 Zato im reci: Ovako govori Jahve Gospod: 'Tko god iz doma Izraelova nosi u srcu kumire i upire oči u ono što ga na grijeh potiče, a dolazi k proroku, ja, Jahve, odgovorit ću mu prema mnoštvu njegovih kumira,
यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्नो हृदयमा मूर्तिहरू राख्छन्, र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्छन्, र पनि अगमवक्ताकहाँ जान्छन्, म परमप्रभुले त्यसका मूर्तिहरूका संख्याअनुसार त्यसलाई जवाफ दिनेछु ।
5 da uhvatim za srce dom Izraelov koji se zbog idola svojih odmetnu od mene.'
आफ्ना मूर्तिहरूको कारण आफ्ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’
6 Zato reci domu Izraelovu: Ovako govori Jahve Gospod: 'Obratite se, odvratite se od kumira svojih! Odvratite lice od gnusoba svojih!
यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पश्चात्ताप गर र आफ्ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्दा कुराबाट आफ्ना मुख फर्काओ ।
7 Jer tko se god iz doma Izraelova i od došljaka koji se nastaniše u Izraelu odmetne od mene i u srcu nosi kumire i upire oči u ono što ga potiče na grijeh, pa unatoč tome dođe k proroku da preko njega u mene traži savjeta, njemu ću ja, Jahve, sam odgovoriti;
किनकि इस्राएलका घरानाको हरेक व्यक्ति र इस्राएलमा बस्ने हरेक विदेशी व्यक्ति जसले मलाई त्याग्छ, जसले आफ्ना मूर्तिहरू आफ्ना हृदयमा राख्छ र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राख्छ, र त्यसपछि मलाई खोज्न कुनै अगमवक्ताकहाँ जान्छ, त्यसलाई म परमप्रभु आफैले जवाफ दिनेछु ।
8 okrenut ću se protiv njega i učinit ću od njega poslovičan primjer: iskorijenit ću ga iz svojega naroda! I znat ćete da sam ja Jahve.
यसरी म आफ्नो मुख त्यस मानिसको विरुद्धमा लगाउनेछु, र त्यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्यसलाई म आफ्ना मानिसहरूका बिचदेखि बहिष्कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
9 Ako li se prorok dadne zavesti i progovori, bilo bi to kao da sam ja, Jahve, zaveo toga proroka: ruku ću podići na njega i iskorijenit ću ga iz svojega naroda izraelskoga.
कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्तो सन्देश भन्छ भने, म परमप्रभुले त्यस अगमवक्ता छलमा पार्नेछु । म आफ्ना हात त्यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्यसलाई नाश गर्नेछु ।
10 Obojica će podjednako snositi grijeh svoj: grijeh prorokov jednak je grijehu onoga koji je u njega tražio savjeta.
तिनीहरूका आफ्ना अपराध तिनीहरूले बोक्नेछन् । अगमवक्ताको अपराधचाहिं र उसँग सल्लाह लिनेको अपराधजस्तै हुनेछ ।
11 I tako se dom Izraelov više neće odmetati od mene i neće se više kaljati svojim opačinama: on će biti narod moj, a ja ću biti njegov Bog' - riječ je Jahve Gospoda.”
यसकारण, इस्राएलका घरानाले मलाई पछ्याउनदेखि फेरि कहिल्यै बरालिनेछैनन् न त आफ्ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्यै आफैलाई अपवित्र पार्नेछन् । तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु । यो परमप्रभु परमेश्वरको घोषणा हो ।’”
12 I dođe mi riječ Jahvina:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
13 “Sine čovječji, zgriješi li koja zemlja protiv mene nevjerom i ja podignem ruku na nju te joj uništim i posljednju pričuvu kruha i pustim na nju glad da zatrem u njoj sve ljude i stoku;
“ए मानिसको छोरो, कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ, ताकि त्यसको विरुद्धमा आफ्नो हात पसारें र त्यसको खाद्य भण्डार म नाश गरें, र अनिकाल ल्याएँ र मानिस र पशु दुवैलाई नाश गरें भने,
14 preostanu li u njoj samo tri čovjeka - Noa, Daniel i Job - ti će se svojom pravednošću spasiti - riječ je Jahve Gospoda.
तब नोआ, दानिएल र अय्यूब, यी तिन जना मानिसहरू त्यहाँ भए भने पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्छन् । यो परमप्रभु परमेश्वरको घोषणा हो ।
15 Također, ako na tu zemlju pustim divlje zvijeri da joj djecu unište a nju pretvore u pustinju, kojom se zbog zvijeri više nitko neće usuditi proći;
मैले त्यस देशमा जङ्गली जनावरहरू पठाएँ, र तिनीहरूले त्यसलाई बाँझो तुल्याए र त्यो देश उजाड भयो, जहाँ जनावरहरूका कारणले कुनै मानिस गएन भने,
16 preostanu li u njoj samo ta tri čovjeka, života mi moga - riječ je Jahve Gospoda - oni neće spasiti ni sinova ni kćeri nego samo sebe, a zemlja će njihova postati prava pustinja.
तब यी तिन जना मानिस त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर घोषणा गर्नुहुन्छ, तिनीहरूले आफ्नै छोराछोरीलाई पनि बचाउन सक्दैनन् । तिनीहरूका आफ्नो जीवन मात्र बाँच्नेछ, तर देशचाहिं उजाड हुनेथियो ।
17 Ili, ako ja trgnem mač na tu zemlju govoreći: 'Maču, prođi ovom zemljom!' da istrijebim u njoj sve ljude i stoku,
अथवा मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ र यसो भनें, 'ए तरवार, देशभरि जा र त्यहाँबाट मानिसहरू र जनावरहरू दुवैलाई काट् ।'
18 a u njoj se nađu samo ona tri čovjeka, života mi moga - riječ je Jahve Gospoda - oni neće spasiti ni sinova ni kćeri nego samo sebe.
तब यी तिन जना मानिस त्यो दैशको बिचमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीलाई बचाउन सक्दैनन् । तिनीहरूका आफ्नो जीवन मात्र बाँच्नेछ ।
19 Ili, ako ja pošaljem na tu zemlju kugu te izlijem na nju gnjev i pokolj da zatrem u njoj sve ljude i stoku,
अथवा मैले यो देशको विरुद्धमा रूढी पठाएँ र रगत बगाएर त्यसका मानिसहरू र पशुहरूलाई मारेर मैले आफ्नो क्रोध पोखाएँ भने,
20 a u njoj preostanu samo ona tri čovjeka, Noa, Daniel i Job, života mi moga - riječ je Jahve Gospoda - oni neće spasiti ni sinova ni kćeri nego samo sebe svojom pravednošću.”
तब नोआ, दानिएल र अय्यूब त्यो देशमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीलाई बचाउन सक्दैनन् । तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्छन् ।
21 Ovako govori Jahve Gospod: “Ipak, ako na Jeruzalem pustim sva svoja četiri ljuta biča - mač, glad, divlju zvjerad i kugu - da zatrem u njemu sve ljude i stoku,
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यरूशलेमको विरुद्धा मेरा चारवटा दण्डहरू— तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी पठाएर, त्यहाँका मानिस र पशुहरू दुवैलाई देशबाट नाश गरेर म धैरै खराब तुल्याउनेछु ।
22 u njemu će ipak preživjeti Ostatak koji će spasiti sinove i kćeri. I evo, oni će doći k vama da vidite njihovo vladanje i njihova djela i da se utješite, jer ćete upoznati: što god poduzeh protiv Jeruzalema, ne učinih bez razloga.
तापनि हेर्, त्यसमा कोही बाँकी हुनेछन्, र बचेकाहरू आफ्ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्केर जानेछन् । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्याएका ती दण्ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्त्वना हुनेछ ।
23 Da, kad vidite njihovo vladanje i njihova djela, utješit ćete se, jer ćete upoznati da ne učinih bez razloga što god poduzeh protiv Jeruzalema - riječ je Jahve Gospoda.”
बाँचेकाहरूका चाल र कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ, यसरी मैले त्यसको विरुद्धमा गरेका यी सबै कुरा, र ती मैले व्यर्थमा गरिनँ भनी तिमीहरूले जान्नेछौ । यो परमप्रभु परमेश्वरको घोषणा हो ।