< Izlazak 26 >
1 “Prebivalište načini od deset zavjesa: od ljubičastog, crvenog i tamnocrvenog prediva i prepredenog lana. Na njima neka budu vezeni likovi kerubina - djelo umjetnika.
तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।
2 Dužina svake zavjese neka je dvadeset i osam lakata, neka joj je širina četiri lakta. Sve zavjese neka su iste mjere.
हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।
3 Pet zavjesa neka su sastavljene jedna s drugom, a drugih pet zavjesa opet jedna s drugom.
पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्नू ।
4 Napravi petlje od ljubičaste vune pri rubu krajnje zavjese u sastavljenom komadu.
पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू ।
5 Napravi pedeset petlji na rubu jednoga sastavljenog komada od zavjesa, a pedeset pri rubu drugoga. Neka su petlje načinjene jedna spram druge.
पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।
6 Onda napravi pedeset kopča od zlata. Zavjese zatim kopčama sastavi jednu s drugom. Tako će Prebivalište biti jedna cjelina.
सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू ।
7 Načini zatim zavjese od kostrijeti za Šator povrh Prebivališta. Načini ih jedanaest.
पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू ।
8 Neka duljina svake zavjese bude trideset lakata, a širina svake zavjese četiri lakta. Tih jedanaest zavjesa neka bude iste mjere.
हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।
9 Sastavi pet zavjesa napose, a onda opet drugih šest zavjesa napose. Šestu zavjesu podvostruči na pročelju Šatora.
पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।
10 Ušij pedeset petlji na rubu jednoga sastavljenog komada od zavjesa, a pedeset na rubu drugoga.
पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू ।
11 Izradi pedeset kopča od tuča, zapni kopče za petlje da sastaviš Šator u cjelinu.
पचासवटा काँसाका अङ्कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू ।
12 A kako će zavjese od Šatora pretjecati, neka se polovina zavjesa što preostane spušta na zadnjem dijelu Prebivališta.
पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू ।
13 Od onoga što preteče na dužini šatorskih zavjesa neka po jedan lakat visi na obje strane svetoga Šatora da ga zaklanja.
एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् ।
14 Napokon napravi Šatoru pokrov od učinjenih i u crveno obojenih ovnujskih koža, a povrh njega pokrov od finih koža.
रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् ।
15 Trenice što će nauzgor stajati za Prebivalište napravi od bagremova drva.
पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू ।
16 Svaka trenica neka bude deset lakata duga, a lakat i pol široka.
हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् ।
17 Svaka trenica neka ima dva klina da je uspravno drže. Tako napravi na svakoj trenici za Prebivalište.
फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुईवटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू ।
18 Trenice za Prebivalište postavi: dvadeset trenica s juga, prema podnevu;
पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाउनू ।
19 onda pod dvadeset trenica napravi četrdeset podnožja od srebra, dva podnožja pod prvu trenicu za njezina dva klina, i tako redom, dva podnožja za dva klina svake slijedeće trenice.
ती बिसवटा फल्याकको मुन्तिर राख्न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू ।
20 Za drugu stranu Prebivališta, sa sjevera: dvadeset trenica
पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक
21 i četrdeset srebrnih podnožja, dva podnožja za dva klina prve trenice, i tako redom, dva podnožja za svaku trenicu.
र तिनका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार अनि दोस्रोको मुन्तिर दुईवटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू ।
22 Na stražnjoj strani Prebivališta, sa zapada, postavi šest trenica.
पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्चिमपट्टि छवटा फल्याक बनाउनू ।
23 Napravi i dvije trenice za stražnje uglove Prebivališta.
पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू ।
24 Neka budu rastavljene pri dnu, ali na vrhu kod prvoga koluta neka budu sastavljene. Neka tako obadvije prave dva ugla.
यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।
25 Neka dakle bude osam trenica s njihovim srebrnim podnožjima: šesnaest podnožja, dva podnožja pod prvom trenicom, a dva opet podnožja pod svakom slijedećom trenicom.
चाँदीका आधारहरू भएका आठवटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुईवटा आधार, अर्को फल्याकमुनि दुईवटा आधार एवम् रितले जम्माजम्मी सोह्रवटा आधार होऊन् ।
26 Nadalje napravi priječnice od bagremova drva: pet njih za trenice s jedne strane Prebivališta,
तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार,
27 a pet priječnica s druge strane Prebivališta; onda pet priječnica za trenice Prebivališta straga prema zapadu.
पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू ।
28 Srednja priječnica neka ide sredinom trenica s jednoga kraja na drugi.
फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् ।
29 Trenice obloži zlatom, a i kolutove za njih, kroz koje će se priječnice provlačiti, načini od zlata. Priječnice onda obloži zlatom.
तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।
30 Tako, dakle, podigni Prebivalište prema nacrtu koji ti je pokazan na brdu.”
तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।
31 “Napravi zavjesu od ljubičastog, crvenog i tamnocrvenog prediva i prepredenog lana. Neka su na njoj izvezeni kerubini.
निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।
32 Objesi je na četiri stupa od bagremova drva, zlatom obložena, s kopčama od zlata, a na četiri podnožja od srebra.
सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।
33 Objesi zavjesu za kvake. Onda unesi Kovčeg svjedočanstva tu za zavjesu. Neka ti tako zavjesa odjeljuje Svetište od Svetišta nad svetištima.
पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।
34 Stavi Pomirilište na Kovčeg svjedočanstva u Svetinji nad svetinjama.
प्रायश्चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।
35 Postavi zatim stol van pred zavjesu, a svijećnjak na južnu stranu Prebivališta, prema stolu. Stol stavi na sjevernu stranu.
पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्ने सामदान राख्नू ।
36 A na ulazu u Šator napravi zastorak od ljubičastog, crvenog i tamnocrvenog prediva i prepredenog lana - vezom izvezen.
पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।
37 Za zastorak isteši pet stupčića od bagrenova drva pa ih obloži zlatom. Kopče za njih neka budu od zlata. Salij za njih pet podnožja od tuča.”
यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।