< Ponovljeni zakon 34 >
1 Poslije toga ode Mojsije s Moapskih poljana na brdo Nebo, na vrhunac Pisge nasuprot Jerihonu, gdje mu Jahve pokaza svu zemlju: Gilead do Dana,
मोशा मोआबको मैदानबाट यरीहो सामुन्ने नेबो डाँडामा पिसगाको टाकुरामा उक्ले । त्यहाँ परमप्रभुले तिनलाई गिलाददेखि दानसम्म,
2 sav Naftali, kraj Efrajimov i Manašeov, svu Judinu krajinu do Zapadnog mora;
र सबै नप्ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्चिम समुद्रसम्म,
3 zatim Negeb, područje doline Jerihona - grada palmi - do Soara.
र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।
4 Potom mu reče Jahve: “Ovo je zemlja za koju sam se zakleo Abrahamu, Izaku i Jakovu da ću je dati tvome potomstvu. Dopustio sam da je pogledaš svojim očima, ali ti onamo nećeš prijeći.”
परमप्रभुले तिनलाई भन्नुभयो, “'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।”
5 I Mojsije, sluga Jahvin, umrije ondje u zemlji moapskoj po Jahvinoj zapovijedi.
त्यसैले परमप्रभुको वचनको प्रतिज्ञाअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।
6 I ukopa ga on u dolini u zemlji nasuprot Bet Peoru. Do dana današnjega nitko nije doznao za njegov grob.
परमप्रभुले तिनलाई बेथ-पोरको सामुन्ने मोआब देशको उपत्यकाको बेँसीमा गाड्नुभयो, तर तिनको चिहान कहाँ छ भनी आजको दिनसम्म कसैलाई थाहा छैन ।
7 Mojsiju bijaše sto dvadeset godina kad umrije. Oko mu nije oslabilo niti mu je snaga popustila.
मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए । तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो ।
8 Izraelci oplakivahu Mojsija na Moapskim poljanama trideset dana. Potom prođoše i dani oplakivanja - tugovanja za Mojsijem.
मोआबको मैदानमा इस्राएलीहरूले मोशाको निम्त चालिस दिनसम्म शोक गरेपछि तिनको शोकको समय सकियो ।
9 A Jošua, sin Nunov, bio je ispunjen duhom mudrosti jer Mojsije bijaše na nj položio svoje ruke. Njega su Izraelci slušali i činili kako je Jahve naredio Mojsiju.
नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिएका थिए किनकि मोशाले तिनीमाथि आफ्नो हात राखेका थिए । इस्राएलीहरूले तिनको कुरा सुन्थे, र तिनले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार गर्थे ।
10 Ne pojavi se više prorok u Izraelu ravan Mojsiju - njega je Jahve poznavao licem u lice! -
इस्राएलमा मोशाजस्तै अगमवक्ता कोही खडा भएन जसलाई परमप्रभुले आमने-सामने चिन्नुहुन्थ्यो ।
11 po svim onim znakovima i čudesima u zemlji egipatskoj za koja ga je Jahve slao da ih učini na faraonu, na svim službenicima njegovim i na svoj zemlji njegovoj,
मिश्र देश, फारो र तिनका सबै अधिकारीसाथै तिनका समस्त देशमा तिनीद्वारा सबै चिन्ह र आश्चर्य गर्न परमप्रभुद्वारा पठाइएका कुनै पनि अगमवक्ता तिनीजस्तो छैन ।
12 po onoj moćnoj ruci njegovoj i po svim onim velikim zastrašnim djelima koja učini na oči svega Izraela.
सारा इस्राएलीको दृष्टिमा मोशाले गरेजस्तै महान् र भयानक कामहरू कुनै पनि अगमवक्ताले कहिल्यै गरेको छैन ।