< Ponovljeni zakon 21 >
1 Ako se u zemlji koju ti Jahve, Bog tvoj, daje da je zaposjedneš nađe tko ubijen gdje u polju leži - a ne zna se tko ga je ubio -
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने,
2 onda neka odu tvoje starješine i suci te izmjere udaljenost od ubijenoga do okolnih gradova.
तिमीहरूका धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् ।
3 Tako će ustanoviti koji je grad najbliže ubijenom. Starješine toga grada neka tada uzmu junicu što još nije radila: što još pod jarmom nije vukla.
त्यसपछि लाशको निकटतम सहरका धर्म-गुरुहरूले गाईवस्तुबाट काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिऊन् ।
4 Neka zatim starješine onoga grada stjeraju junicu u kakav nepresušni potok, na mjesto koje se ne obrađuje i ne zasijava, i ondje, na potoku, neka junicu zakolju.
अनि तिनीहरूले त्यस कोरलीलाई नजोतिएको र बिउ नछरिएको खोला भएको उपत्यकामा लैजाऊन्, र त्यहाँ तिनीहरूले त्यसको घाँटी भाँचिदिऊन् ।
5 Zatim neka dođu svećenici, potomci Levijevi. Jer njih je odabrao Jahve, Bog tvoj, da mu služe i da u ime Jahvino blagoslivljaju; na njihovu se riječ rješava svaki spor i svako nasilje.
पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्नुभएको छ ।
6 Zatim sve starješine iz onoga grada koji bude najbliži ubijenome neka operu ruke u potoku nad zaklanom junicom.
मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन् ।
7 Potom neka izjave: 'Naše ruke nisu prolile ove krvi niti smo svojim očima išta vidjeli.
अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून्, 'हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।'
8 Zakrili, Jahve, svoj narod Izrael koji si oslobodio; ne dopusti da se prolijeva nedužna krv u tvome izraelskom narodu!' Tako će biti zaštićeni od krvi.
हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको छ, र तपाईंको जाति इस्राएलको बिचमा यो निर्दोषको हत्याको दोष नलगाउनुहोस् ।' तब हत्याको दोषलाई क्षमा हुने छ ।
9 A ti ćeš ukloniti prolijevanje nedužne krvi iz svoje sredine ako učiniš što je pravo u Jahvinim očima.
यसरी तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठिक छ त्यही गरेकाले तिमीहरूले तिमीहरूका बिचबाट निर्दोषको हत्याको दोषलाई हटाउने छौ ।
10 Kad odeš u rat na svoje neprijatelje pa ih Jahve, Bog tvoj, preda u ruke tvoje te ih zarobiš,
जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,
11 ako među zarobljenicima opaziš lijepu ženu i u nju se zagledaš, možeš je uzeti za ženu.
तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्त्री देख्यौ र त्यसलाई आफ्नी पत्नी बनाउने इच्छा गर्यौ भने
12 Dovedi je svojoj kući pa neka obrije glavu, obreže nokte
त्यसलाई आफ्नो घरमा लैजानू । त्यसले आफ्नो कपाल खौरन्छे र नङ् काट्छे ।
13 i odbaci haljine u kojima je zarobljena. Neka provede mjesec dana u tvome domu oplakujući svoga oca i svoju majku. Poslije toga možeš joj pristupiti kao muž i neka ti postane ženom.
त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे । त्यसपछि तिमी त्योसित सुत्न सक्छौ र त्यसको पति हुन सक्छौ र त्यो तिम्री पत्नी हुन्छे ।
14 Ako ti poslije ne bi bila po volji, pusti je kuda joj drago. Za novac je ne smiješ prodati niti s njom postupiti kao s ropkinjom jer ti je bila žena.
तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्ट गरेका छौ ।
15 Ako koji čovjek imadne dvije žene: jednu koja mu je draga, a drugu koja mu je mrska, te mu i draga i mrska rode sinove, ali prvorođenac bude od one koja mu je mrska,
कुनै मानिसका दुई पत्नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने
16 onda, kad dođe dan da podijeli svoju imovinu među svoje sinove, ne smije postupiti prema prvorođencu od drage na štetu sina od mrske, koji je prvenac,
अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन ।
17 nego mora za prvorođenca priznati sina od mrske i njemu dati dvostruk dio od svega što ima. Jer on je prvina njegove snage - njemu pripada pravo prvorodstva.
बरु, त्यसले घृणा गरिएकी पत्नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो ।
18 Ako tko imadne opaka i nepokorna sina koji neće da sluša ni oca ni majke - pa ni onda pošto ga kazne -
कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने
19 neka ga njegov otac i njegova mati odvedu starješinama svoga grada, na vrata svoga mjesta,
त्यसका बुबाआमाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन् ।
20 i neka kažu gradskim starješinama: 'Ovaj naš sin opak je i nepokoran; neće da nas sluša; ništarija je i pijanica.'
तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ । यसले हाम्रो कुरा मान्दैन । यो लफङ्गो र मतवाला हो ।'
21 Potom neka ga svi ljudi, njegovi sugrađani, kamenjem zasiplju dok ne pogine. Tako ćeš iskorijeniti zlo iz svoje sredine: sav će Izrael to čuti i bojat će se.
तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् ।
22 Ako tko učini grijeh koji zaslužuje smrt te bude pogubljen vješanjem o stablo,
कुनै मानिसले मृत्यु योग्यको पाप गरेको छ र त्यसलाई मृत्युदण्ड दिँदा त्यसलाई रुखमा झुण्ड्यायौ भने
23 njegovo mrtvo tijelo neka ne ostane na stablu preko noći nego ga pokopaj istoga dana, jer je obješeni prokletstvo Božje. Tako nećeš okaljati svoje zemlje, koju ti Jahve, Bog tvoj, daje u baštinu.
त्यसको लाश रातभरि रुखमा नरहोस् । बरु, त्यसलाई त्यही दिनमा नै गाडिदिनू । किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञा पालन गर ।