< 2 Samuelova 21 >

1 U dane Davidove vladaše jednom glad tri godine uzastopce. David se obrati Jahvi, a Jahve mu odgovori: “Na Šaulu i njegovu domu leži krvna krivnja jer je pogubio Gibeonce.”
दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्‍यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्‍नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्‍यसले गोबोनीहरूलाई मार्‍यो ।”
2 Tada kralj sazva Gibeonce da ih pita. Ti Gibeonci nisu pripadali Izraelcima, nego su bili ostatak Amorejaca, kojima se Izraelci bijahu zakleli zakletvom, ali je Šaul tražio da ih uništi u svojoj revnosti za Izraelce i Judejce.
अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
3 David, dakle, upita Gibeonce: “Što da vam učinim i čime da vam dadem zadovoljštinu da biste blagoslovili baštinu Jahvinu?”
त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्‍चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्‍छौ?”
4 Gibeonci odgovoriše: “Ne tražimo mi ni srebra ni zlata od Šaula i njegova doma, niti nam je stalo da se pogubi koji čovjek u Izraelu.” David će im nato: “Što reknete učinit ću za vas.”
गिबोनीहरूले तिनलाई जवाफ दिए, “हामी र शाऊल वा तिनका परिवारका बिचमा सुन वा चाँदीका कुरा होइन । यसै गरी हामीले इस्राएलका कुनै मानिसलाई मार्ने होइन ।” दाऊदले जवाफ दिए, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ, तिमीहरू के भन्छौ?”
5 A oni odgovoriše kralju: “Čovjek koji nas je zatirao i koji je smišljao da nas uništi, da nas ne bude nigdje u svemu izraelskom području,
तिनीहरूले राजालाई जवाफ दिए, “हामी सबैलाई मार्न खोज्‍ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे, ताकि हामी अहिले नाश भएका छौं र इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन,
6 od njegovih potomaka neka nam se preda sedam ljudi da ih objesimo pred Jahvom u Gibeonu na gori Jahvinoj.” Kralj odvrati: “Dat ću vam ih.”
तिनको सन्‍तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्‍पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।”
7 Kralj poštedje Meribaala, sina Šaulova sina Jonatana, zbog zakletve pred Jahvom koja ih je vezala, Davida i Jonatana, sina Šaulova.
तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए ।
8 Tako kralj uze oba sina Rispe, Ajine kćeri, koje je rodila Šaulu, Armonija i Meribaala, i svih pet sinova Merabe, Šaulove kćeri, koje je rodila Adrielu, sinu Barzilajevu, iz Mehole.
तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।
9 Njih dade u ruke Gibeoncima, a oni ih objesiše na gori pred Jahvom. Tako sva sedmorica poginuše zajedno, pogubljeni prvih dana žetve, na početku ječmene žetve.
तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्‍पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।
10 Rispa, Ajina kći, uze kostrijet i prostrije je za sebe na stijeni od početka ječmene žetve sve dok nije kiša s neba pala na mrtva tijela, i tako nije dala nebeskim pticama da se spuštaju na njih danju ni poljskim zvijerima noću.
अय्याकी छोरी रिश्‍पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्‍नो निम्‍ति त्‍यो ओछ्‍याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन् । तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्‍गली पशुहरूलाई खान दिइनन् ।
11 Kad su Davidu javili što je učinila Ajina kći Rispa, Šaulova inoča,
अय्याकी छोरी, शाऊलकी उपपत्‍नी रिश्‍पाले जे गरेकी थिइन् त्‍यसको बारेमा दाऊदलाई भनियो ।
12 ode David i uze Šaulove kosti i kosti njegova sina Jonatana od stanovnika Jabeša Gileadskog, koji ih bijahu potajno odnijeli s trga u Bet Šanu, gdje su ih objesili Filistejci u onaj dan kad su Filistejci porazili Šaula na Gilboi.
त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।
13 David prenese odande Šaulove kosti i kosti njegova sina Jonatana pa ih združi s kostima pogubljenih.
दाऊदले त्‍यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्‍डीहरू पनि जम्‍मा गरे ।
14 I ukopaše Šaulove kosti i kosti njegova sina Jonatana s kostima pogubljenih u zemlji Benjaminovoj, u Seli, u grobu Šaulova oca Kiša. Pošto izvršiše sve što je kralj zapovjedio, Bog se smilova zemlji.
तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो ।
15 Jednom opet nasta rat između Filistejaca i Izraelaca. David ode u boj sa svojim ljudima te su se borili s Filistejcima tako da se David umorio.
त्यसपछि पलिश्‍तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्‍तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए ।
16 Išibenob, jedan od Rafinih potomaka, čije je koplje bilo teško tri stotine mjedenih šekela i koji o pripasu imaše nov mač, hvastao se tada da će ubiti Davida.
दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो ।
17 Ali Davidu priskoči u pomoć Sarvijin sin Abišaj; udari on Filistejca te ga ubi. Tada se Davidovi ljudi zakleše rekavši Davidu: “Nećeš više ići s nama u boj, da ne ugasiš svjetiljke Izraelove!”
तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”
18 Poslije toga opet izbi rat s Filistejcima u Gobu; tada je Hušanin Sibkaj pogubio Sipaja, jednoga od Rafinih potomaka.
यसपछि फेरि पनि गोबमा पलिश्‍तीहरूसँग युद्ध भयो, त्यस बेला हूशाती सिब्‍बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए ।
19 Uz to nasta rat s Filistejcima u Gobu; tada je Jairov sin Elhanan iz Betlehema pogubio Golijata Gitejca, koji je imao kopljaču kao tkalačko vratilo.
गोबमा फेरि पनि पलिश्‍तीहरूसँग लडाइँ भयो, त्यस बेला बेथलेहेमवासी यारे-ओरगिमका छोरा गोल्यातलाई मारे, जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो ।
20 Potom opet izbi rat u Gatu, gdje je bio neki čovjek visoka rasta: imaše taj na svakoj ruci i nozi po šest prstiju, dakle dvadeset i četiri; i on bijaše potomak Rafin.
गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान नै थियो ।
21 Kad je počeo ružiti Izraela, ubi ga Jonatan, sin Davidova brata Šimeja.
त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो ।
22 Ta četvorica bijahu potomci istoga Rafe iz Gata, a poginuše od ruke Davidove i od ruku njegovih slugu.
गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।

< 2 Samuelova 21 >