< 2 Kraljevima 24 >

1 U njegovo je vrijeme došao Nabukodonozor, kralj babilonski, i Jojakim mu je bio podložan tri godine, zatim se ponovno pobunio protiv njega.
यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।
2 Ovaj pak posla protiv njega kaldejske pljačkaške čete, aramejske, moapske i amonske, sve ih posla protiv Judeje da je opustoše, potvrđujući riječ koju je Jahve bio objavio po slugama svojim prorocima.
परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्‍ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो ।
3 To se dogodilo Judeji prema prijetnji Jahvinoj da će je istrijebiti ispred svoga lica zbog grijeha Manašeovih: zbog svega što je Manaše učinio
मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो,
4 i zbog nedužne krvi koju je prolio, natopio Jeruzalem krvlju nedužnom. Jahve nije htio oprostiti.
तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्‍यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।
5 Ostala povijest Jojakimova i sve što je učinio, zar sve to nije zapisano u knjizi Ljetopisa judejskih kraljeva?
यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू, र तिनका सबै कामका बारेमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
6 Jojakim je počinuo kraj svojih otaca, a njegov sin Jojakin zavlada mjesto njega.
यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
7 Egipatski kralj nije više izlazio iz zemlje, jer je babilonski kralj osvojio od Egipatskog potoka do rijeke Eufrata sve što je pripadalo egipatskom kralju.
मिश्रदेशका राजाले आफ्नो देशभन्‍दा बाहिर फेरि आक्रमण गरेनन्, किनकि मिश्रदेशको खोलादेखि यूफ्रेटिस नदीसम्म मिश्रदेशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका थिए ।
8 Jojakinu je bilo osamnaest godina kad se zakraljio i kraljevao je tri mjeseca u Jeruzalemu. Materi mu je bilo ime Nehušta, kći Elnatana, i bila je iz Jeruzalema.
यहोयाकीनले राज्‍य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए । तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ नहूश्ता थियो । उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन् ।
9 On je činio što je zlo u očima Jahvinim, sve kao što je činio i njegov otac.
परमप्रभुले दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे ।
10 U ono vrijeme krenu ljudstvo babilonskog kralja Nabukodonozora protiv Jeruzalema i grad je bio opkoljen.
त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।
11 Dođe i babilonski kralj Nabukodonozor da napadne grad, dok ga je njegovo ljudstvo opsjedalo.
बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,
12 Tada je judejski kralj Jojakin izišao pred babilonskoga kralja: on, njegova majka, njegove sluge, njegove vojskovođe i dvorani, a babilonski kralj zarobi ga - osme godine svoga kraljevanja.
र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते ।
13 On je odnio sve iz riznice Doma Jahvina i iz riznica kraljevskog dvora i razbio je sve zlatne predmete koje je Salomon, kralj Izraela, načinio za Svetište Jahvino. Tako se ispunila riječ Jahvina.
नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्‍नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले ।
14 Odveo je u progonstvo sav Jeruzalem, sve vojskovođe i sve vrsne ratnike, oko deset tisuća prognanika, sa svim kovačima i bravarima. Jedino je preostao najsiromašniji narod zemlje.
तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन ।
15 Odveo je Jojakina u Babilon; tako isto i kraljevu majku i sve žene kraljeve, njegove dvorane, plemenitaše zemlje, sve ih je odveo iz Jeruzalema u progonstvo u Babilon.
नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे ।
16 Sve sposobne ljude, njih sedam tisuća na broju; kovače i bravare, tisuću na broju; sve ljude sposobne za boj, sve ih je kralj babilonski odveo u Babilon, u sužanjstvo.
लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।
17 Babilonski je kralj postavio za kralja mjesto Jojakina njegova strica Mataniju, ali mu je promijenio ime u Sidkija.
बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे ।
18 Sidkiji je bila dvadeset i jedna godina kad se zakraljio, a kraljevao je jedanaest godina u Jeruzalemu. Materi mu bijaše ime Hamitala, kći Jeremije, i bila je iz Libne.
सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।
19 Činio je što je zlo u očima Jahvinim, sve kao što je činio Jojakin.
परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे ।
20 To je zadesilo Jeruzalem i Judu zbog gnjeva Jahvina; Jahve ih napokon i odbaci ispred lica svoga. Sidkija se pobuni protiv babilonskog kralja.
परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

< 2 Kraljevima 24 >