< 2 Kraljevima 18 >
1 Treće godine kraljevanja Hošee, sina Elina, u Izraelu, postao je judejskim kraljem Ezekija, sin Ahazov.
इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्य गर्ने सुरु गरे ।
2 Bilo mu je dvadeset i pet godina kad se zakraljio. Kraljevao je dvadeset i devet godina u Jeruzalemu. Materi mu je bilo ime Abija, Zaharijina kći.
तिनले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
3 Činio je što je pravo u očima Jahvinim, sasvim kao njegov otac David.
आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्टिमा जे ठिक थियो तिनले त्यही गरे ।
4 On je uklonio uzvišice, srušio je stupove, sasjekao je ašere i razbio zmiju od mjedi koju bijaše načinio Mojsije. Izraelci su joj sve do tada prinosili žrtve. Zvali su je Nehuštan.
तिनले उच्च ठाउँहरू हटाए, ढुङ्गाका खम्बाहरू नष्ट पारे र अशेरा स्ताम्भहरू टुक्राटुक्रा पारिदिए । तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए । यसलाई, “नहूश्तान” भनिन्थ्यो ।
5 Pouzdavao se u Jahvu, Boga Izraelova. Ni prije njega ni poslije njega ne bijaše mu ravna među kraljevima judejskim.
इस्राएलका परमप्रभु परमेश्वरमा हिजकियाको यस्तो विश्वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनीभन्दा पछि कोही पनि तिनीजस्तो थिएन, न त तिनीभन्दा पहिलेका राजाहरूका माझमा नै कोही थियो ।
6 Prionuo je uz Jahvu i nikada se nije okrenuo od njega. Držao je sve zapovijedi što ih je Jahve dao preko Mojsija.
किनकि तिनी परमप्रभुमा लागिरहे । तिनले उहाँको अनुसरण गर्न छोडेनन् तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरे ।
7 I Jahve bijaše s njim, pomagaše ga u svim njegovim pothvatima. Pobunio se protiv asirskog kralja i nije mu više bio podložan.
त्यसैले परमप्रभु हिजकियासित हुनुभयो, र तिनी जहाँ गए तापनि तिनको उन्नति भयो । अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए र उनको सेवा गरेनन् ।
8 On je potukao Filistejce do Gaze, opustošio njihovo područje od stražarskih kula sve do utvrđenih gradova.
पलिश्तीहरूको देश गाजा र पहरेदार बस्ने धरहरादेखि किल्लाबन्दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते ।
9 Četvrte godine vladavine Ezekijine, a to je bila sedma godina kraljevanja izraelskog kralja Hošee, sina Elina, napade asirski kralj Salmanasar Samariju i opsjede je.
राजा हिजकियाको चौथो वर्ष, जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्षमा, अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए र त्यसलाई घेरा हाले ।
10 Osvojio ju je nakon tri godine. Šeste godine Ezekijine vladavine, a devete godine izraelskog kralja Hošee, pala je Samarija.
तिन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा, जुन इस्राएलका राजा होशियाको नवौँ वर्षमा, तिनीहरूले त्यसलाई कब्जा गरे । यसरी सामरियालाई कब्जा गरियो ।
11 Asirski je kralj odveo Izraelce u sužanjstvo u Asiriju i naselio ih u Halahu, na Haboru, rijeci gozanskoj, i u medijskim gradovima.
यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले ।
12 Bijaše to stoga što nisu poslušali glas Jahve, Boga svoga, i što su prekršili njegov Savez i sve što im je naredio Mojsije, sluga Jahvin. Nisu ništa slušali niti vršili.
तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्यसलाई सुन्न र पालन गर्न इन्कार गरे ।
13 Četrnaeste godine Ezekijina kraljevanja asirski kralj Sanherib napade utvrđene judejske gradove i osvoji ih.
तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे ।
14 Tada judejski kralj Ezekija poruči asirskom kralju u Lakiš: “Pogriješio sam! Obustavi svoje napade na me. Snosit ću sve što mi nametneš.” Asirski kralj zatraži od Ezekije, judejskog kralja, tri stotine talenata srebra i trideset talenata zlata.
त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, “मैले तपाईंलाई चोट पुर्याएको छु । मबाट पछि हट्नुहोस् । तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्नेछु ।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी र एक टन सुन माग गरे ।
15 I dade Ezekija sve srebro što se našlo u Domu Jahvinu i u riznicama kraljevskog dvora.
त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।
16 U to je vrijeme Ezekija obio vrata i vratnice na Svetištu Jahvinu što ih bijaše pozlatio on sam, judejski kralj Ezekija, i posla to asirskom kralju.
त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले । तिनले उक्त सुन अश्शूरका राजालाई दिए ।
17 Asirski je kralj poslao iz Lakiša u Jeruzalem kralju Ezekiji vrhovnog zapovjednika vojske, velikog dvoranina i peharnika s jakom vojskom. Krenuše oni, a kad su stigli u Jeruzalem, stadoše kod vodovoda Gornjeg ribnjaka, na putu u Valjarevo polje.
तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्यहाँ रोकिए ।
18 Oni pozvaše kralja. Pred njim je izašao upravitelj dvora Elijakim, sin Hilkijin, pisar Šebna i savjetnik Joah, sin Asafov.
जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।
19 Veliki peharnik reče im: “Kažite Ezekiji: 'Ovako veli veliki kralj, kralj asirski: kakvo je to pouzdanje u koje se uzdaš?
त्यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो?
20 Misliš li da su prazne riječi već savjet i snaga za rat? U koga se uzdaš da si se pobunio protiv mene?
युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्यो?
21 Eto, oslanjaš se na Egipat, na slomljenu trsku koja probada i prodire dlan onomu tko se na nju nasloni. Takav je faraon, kralj egipatski, svima koji se uzdaju u njega.'
हेर, मिश्रदेशको यो चिरा परेको निगालोको टेक्ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्छ र त्यसलाई छेडिदिन्छ । आफूमाथि भरोसा गर्ने हरेकको निम्ति मिश्रदेशका राजा फारो त्यस्तै हो ।
22 Možda ćete mi odgovoriti: 'Uzdamo se u Jahvu, Boga svojega.' Ali nije li njemu Ezekija uklonio uzvišice i žrtvenike i zapovjedio Judejcima i Jeruzalemu: 'Samo se pred ovim žrtvenikom u Jeruzalemu klanjajte.'
तर तिमी मलाई भन्छौ, 'हामी परमप्रभु हाम्रा परमेश्वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ'?
23 Hajde, okladi se s mojim gospodarom, asirskim kraljem: dat ću ti dvije tisuće konja ako mogneš naći jahače za njih!
त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्न चाहन्छु । तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु ।
24 Kako ćeš onda odoljeti jednome jedinom od najmanjih slugu moga gospodara? Ali se ti uzdaš u Egipat da će ti dati kola i konjanika.
मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्तानको पनि तपाईं कसरी विरोध गर्न सक्नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।
25 Naposljetku, zar sam ja mimo volju Jahvinu krenuo protiv ovoga mjesta da ga razorim? Sam mi je Jahve rekao: 'Idi na tu zemlju i razori je!'”
के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र? परमप्रभुले मलाई भन्नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”
26 Elijakim, Šebna i Joah rekoše velikom peharniku: “Molimo te, govori svojim slugama aramejski, jer mi razumijemo; ne govori s nama judejski da čuje narod koji je na zidinama!”
तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।”
27 Ali im veliki peharnik odgovori: “Zar me moj gospodar poslao da ovo kažem tvome gospodaru i tebi, a ne upravo onim ljudima koji sjede na zidinama, osuđeni da s vama jedu svoju nečist i piju svoju mokraću?”
तर प्रधान सेनापतिले तिनीहरूलाई भने, “के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्नलाई मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ?”
28 Tada se veliki peharnik uspravi i u sav glas povika na judejskom ove riječi: “Čujte riječ velikoga kralja, kralja asirskog!
तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन ।
29 Ovako veli kralj: 'Neka vas Ezekija ne zavarava, jer vas ne može izbaviti iz moje ruke.
राजा भन्नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्ने छैनन् ।
30 Neka vas Ezekija ne hrabri pouzdanjem u Jahvu govoreći: Jahve će nas sigurno izbaviti, ovaj grad neće pasti u ruke kralju asirskom.'
हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'
31 Ne slušajte Ezekije, jer ovako veli asirski kralj: 'Sklopite mir sa mnom, predajte mi se, pa neka svaki od vas jede plodove iz svoga vinograda i sa svoje smokve i neka pije vode iz svojega studenca
हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ, 'मसित सम्झौता गर र मकहाँ आओ । तब तिमीहरू हरेकले आफ्नै दाखबारी र भद्राक्षाको बोटबाट खान पाउने छ, र आफ्नै कुवाको पानी पिउन पाउनेछ ।
32 dok ne dođem i ne odvedem vas u zemlju kao što je vaša, u zemlju pšenice i mošta, u zemlju kruha i vinograda, u zemlju ulja i meda da biste živjeli i da ne pomrete. Ne dajte da vas Ezekija zaludi govoreći vam: Jahve će vas izbaviti.'
अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन ।
33 Jesu li bogovi drugih naroda izbavili svoje zemlje iz ruku asirskoga kralja?
के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र?
34 Gdje su bogovi hamatski i arpadski, gdje su bogovi sefarvajimski, henski i ivski, gdje su bogovi samarijski da izbave Samariju iz ruke moje?
हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन्?
35 Koji su među svim bogovima tih zemalja izbavili svoju zemlju iz moje ruke da bi Jahve izbavio Jeruzalem iz ruke moje?”
देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्नो देशलाई छुटकारा दिएको छ र? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र?”
36 Šutjeli su i ni riječi mu nisu odgovorili, jer kralj bijaše zapovjedio: “Ne odgovarajte mu!”
तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, “तिनलाई जवाफ नदिनू ।”
37 Upravitelj dvora Elijakim, sin Hilkijin, pisar Šebna i savjetnik Joah, sin Asafov, dođoše k Ezekiji, razdrijevši haljine, i saopćiše mu riječi velikoga peharnika
तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए ।