< 1 Samuelova 28 >

1 U ono vrijeme Filistejci skupiše svoje čete za rat protiv Izraela. I Akiš reče Davidu: “Znaj da ćeš ići sa mnom na vojsku, ti i tvoji ljudi!”
ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।”
2 A David odgovori Akišu: “Dobro! Sad ćeš vidjeti što će učiniti tvoj sluga!” A Akiš odvrati Davidu: “Dobro! Zato ću te postaviti da budeš mojim čuvarom zauvijek.”
दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्‍ने तपाईंले जान्‍नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।”
3 Samuel bijaše umro, a sav ga Izrael bijaše oplakao naričući za njim. Ukopali su ga u njegovu gradu Rami. A Šaul bijaše istjerao iz zemlje sve zazivače duhova i vračeve.
यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
4 Dok su se Filistejci skupljali te došli i utaborili se kod Šunema, Šaul skupi sve Izraelce te se utabori na Gilboi.
तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
5 Kad Šaul ugleda filistejski tabor, uplaši se i srce mu snažno zadrhta.
जब शाऊलले पलिश्‍तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।
6 Šaul upita za savjet Jahvu, ali mu Jahve ne dade odgovora - ni u snima, ni po Urimu, ni preko proroka.
शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
7 Zato Šaul reče svojim slugama: “Potražite mi ženu koja zaziva duhove da odem k njoj i upitam je.” A sluge mu odgovoriše: “Evo, u En Doru ima žena koja zaziva duhove.”
तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्‍त्री मेरो निम्ति खोजेर ल्‍याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्‍न सकूँ ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्‍ने दाबी गर्ने एक जना स्‍त्री एन्दोरमा छिन् ।”
8 Tada se Šaul preruši, obuče druge haljine i otputi se sa dva čovjeka. I dođe noću k onoj ženi i reče joj: “Daj mi vračaj pomoću duha i dozovi mi onoga koga ti reknem.”
शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्‍त्री कहाँ राती गए । तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्‍छु त्यो मलाई ल्याइदेऊ ।”
9 A žena mu odgovori: “Ta ti znaš što je učinio Šaul i kako je istrijebio iz zemlje zazivače duhova i vračeve. Zašto postavljaš zamke mome životu da me pogubiš?”
स्‍त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”
10 A Šaul joj se zakle Jahvom govoreći: “Tako mi živog Jahve, nećeš biti ništa kriva za ovo!”
शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
11 Tada žena zapita: “Koga da ti dozovem?” A on odgovori: “Dozovi mi Samuela!”
तब ती स्‍त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।”
12 Kad žena ugleda Samuela, povika iza glasa, a onda reče Šaulu: “Zašto si me prevario? Ta ti si Šaul!”
जब ती स्‍त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।”
13 A kralj joj odvrati: “Ne boj se! Nego što vidiš?” A žena odgovori Šaulu: “Vidim nešto božansko što se diže iz zemlje.”
राजाले उनलाई भने, “नडराऊ । तिमीले के देख्छौ?” ती स्‍त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।”
14 Šaul je upita: “Kakva je obličja?” A ona odgovori: “Izlazi starac, ogrnut plaštem.” Tada Šaul spozna da je to Samuel, pa pade licem do zemlje i pokloni se.
तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
15 Samuel upita Šaula: “Zašto si pomutio moj mir dozivajući me gore?” A Šaul odgovori: “U velikoj sam nevolji jer su Filistejci zavojštili na me, a Bog se okrenuo od mene i ne odgovara mi više ni preko proroka ni u snima. Zato sam dozvao tebe da me poučiš što da činim.”
शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”
16 A Samuel odvrati: “Zašto mene pitaš kad se Jahve odvratio od tebe i postao ti neprijateljem?
शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?
17 Jahve ti je učinio kako ti je kazao preko mene: istrgao je kraljevstvo iz tvoje ruke i dao ga tvome suparniku, Davidu,
परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
18 jer nisi poslušao riječi Jahvinih i jer nisi izvršio njegova žestokog gnjeva na Amaleku: stoga ti je Jahve danas ovako učinio.
किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।
19 Jahve će predati, zajedno s tobom, i Izraela u filistejske ruke. Sutra ćeš sa svojim sinovima biti sa mnom, a i tabor izraelski Jahve će predati u filistejske ruke.”
परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्‍तीहरूको हातमा सुम्‍पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्‍तीहरूको हातमा दिनुहुनेछ ।”
20 Šaul se užasnu i pade na zemlju kako je dug. Spopade ga silan strah od Samuelovih riječi. I ponestade mu snage, jer nije ništa jeo cijeli dan i cijelu noć.
तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्‍न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।
21 Kad ona žena dođe k Šaulu i opazi kako je sav zaplašen, reče mu: “Gle, tvoja je službenica poslušala tvoju riječ, stavila sam svoj život na kocku i poslušala tvoje zapovijedi koje si mi naložio.
ती स्‍त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु ।
22 Zato sada poslušaj i ti riječi službenice svoje: dopusti da ti pružim zalogaj kruha; jedi da ti se vrati snaga te uzmogneš poći svojim putem.”
यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्‍नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।”
23 Ali on ne htjede nego reče: “Neću jesti!” Ali kad ga zaokupiše njegove sluge, zajedno sa ženom, posluša ih, ustade sa zemlje i sjede na postelju.
तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्‍त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।
24 Žena je imala kod kuće tele u tovu. Brzo ga zakla, zatim uze brašna, umijesi ga i napeče beskvasnoga kruha.
ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।
25 Potom stavi sve pred Šaula i njegove ljude. Pošto su jeli, ustadoše i još iste noći krenuše natrag.
उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्‍यही रातमा निस्‍किए ।

< 1 Samuelova 28 >