< 1 Ivanova 2 >

1 Dječice moja, ovo vam pišem da ne griješite. Ako tko i sagriješi, zagovornika imamo kod Oca - Isusa Krista, Pravednika.
मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ ।
2 On je pomirnica za grijeha naše, i ne samo naše, nego i svega svijeta.
उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
3 I po ovom znamo da ga poznajemo: ako zapovijedi njegove čuvamo.
यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्‍छौँ ।
4 Tko veli: “Poznajem ga”, a zapovijedi njegovih ne čuva, lažac je, u njemu nema istine.
जसले “म परमेश्‍वरलाई चिन्छु “भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।
5 A tko čuva riječ njegovu, u njemu je zaista savršena ljubav Božja. Po tom znamo da smo u njemu.
तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।
6 Tko veli da u njemu ostaje, valja mu ići putom kojim je on hodio.
परमेश्‍वरमा रहन्छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।
7 Ljubljeni, pišem vam ne novu zapovijed, nego staru zapovijed, koju ste imali od početka. Ta stara zapovijed jest riječ koju ste čuli.
प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।
8 A opet, novu vam zapovijed pišem - obistinjuje se u njemu i vama - jer tama prolazi, svjetlost istinita već svijetli.
तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।
9 Tko veli da je u svjetlosti, a mrzi brata svojega, u tami je sve do sada.
जसले ज्‍योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्‍धकारमा नै छ ।
10 Tko ljubi brata svojega, u svjetlosti ostaje i sablazni u njemu nema.
जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्यसलाई ठेस लाग्‍ने कुनै अवसर हुँदैन ।
11 A tko mrzi brata svojega, u tami je, u tami hodi i ne zna kamo ide jer mu tama zaslijepi oči.
तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्‍धकारमा नै हुन्छ र अन्‍धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्‍धकारले त्यसको आँखा अन्‍धो तुल्‍याएको छ ।
12 Pišem vama, dječice, jer su vam grijesi oprošteni po njegovu imenu.
मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्‍टको नाउँको खातिर क्षमा गरिएका छन् ।
13 Pišem vama, oci, jer upoznaste onoga koji je od početka. Pišem vama, mladići, jer ste pobijedili Zloga.
बुबाहरू हो, म तपाईंहरूलाई लेख्‍छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्‍छु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।
14 Napisah vama, djeco, jer upoznaste Oca. Napisah vama, oci, jer upoznaste onoga koji je od početka. Napisah vama, mladići, jer ste jaki i riječ Božja u vama ostaje i pobijedili ste Zloga.
बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरू दुष्‍टमाथि विजय भएका छौ ।
15 Ne ljubite svijeta ni što je u svijetu. Ako tko ljubi svijet, nema u njemu ljubavi Očeve.
संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन ।
16 Jer što je god svjetovno - požuda tijela, i požuda očiju, i oholost života - nije od Oca, nego od svijeta.
किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
17 Svijet prolazi i požuda njegova, a tko čini volju Božju, ostaje dovijeka. (aiōn g165)
संसार र यसका इच्‍छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ । (aiōn g165)
18 Djeco, posljednji je čas! I, kako ste čuli, dolazi Antikrist. I sad su se već mnogi antikristi pojavili. Odatle znamo da je posljednji čas.
साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्दछौँ ।
19 Od nas iziđoše, ali ne bijahu od nas. Jer kad bi bili od nas, ostali bi s nama; ali neka se očituje da nisu od nas.
तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन्‌ । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्‍ने देखाउन तिनीहरू गए ।
20 A vi imate Pomazanje od Svetoga, i znanje svi imate.
तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्‍य जान्दछौ ।
21 Ne pisah vam zato što ne biste znali istine, nego jer je znate i jer znate da nikakva laž nije od istine.
तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्य नहुने हुनाले हो ।
22 Tko je lažac, ako ne onaj koji tvrdi da Isus nije Krist? Antikrist je onaj
येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी इन्‍कार गर्नेबाहेक अर्को झुट को हुन्छ? यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो, किनभने त्‍यसले पिता र पुत्रलाई इन्‍कार गर्छ ।
23 tko niječe Oca i Sina. Svaki koji niječe Sina, nema ni Oca, a tko priznaje Sina, ima i Oca.
पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।
24 A vi - što čuste od početka, u vama nek ostane. Ako u vama ostane što čuste od početka, i vi ćete ostati u Sinu i Ocu.
तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्‍छौ ।
25 A ovo je obećanje koje nam on obeća: život vječni. (aiōnios g166)
उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्‍त जीवन यही हो । (aiōnios g166)
26 Ovo vam napisah o onima koji vas zavode.
तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।
27 A vi - Pomazanje koje primiste od njega u vama ostaje i ne treba da vas itko poučava. Nego njegovo vas Pomazanje uči o svemu, a istinito je i nije laž, pa kao što vas je ono naučilo, ostanite u Njemu.
तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्‍यो सत्‍य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
28 I sada, dječice, ostanite u njemu da budemo puni pouzdanja kad se pojavi te se ne postidimo pred njim o njegovu dolasku.
अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ ।
29 Ako znate da je on Pravednik, znate i da je svaki koji čini pravdu od njega rođen.
यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्‍ने तिमीहरूले जान्दछौ ।

< 1 Ivanova 2 >