< 1 Ljetopisa 27 >
1 Izraelovi sinovi po svome broju. Poglavari porodica, tisućnici, stotnici i nadzornici služili su kralju u svakom poslu. U redovima su dolazili i odlazili od mjeseca do mjeseca, u svim godišnjim mjesecima; svaki je red imao dvadeset i četiri tisuće ljudi.
यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्डरहरू, अनि विभिन्न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।
2 Nad prvim je redom, prvoga mjeseca, bio Zabdielov sin Jašobam. U svom je redu imao dvadeset i četiri tisuće ljudi.
पहिलो महिनाको भाग जब्दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
3 Pripadao je Peresovim sinovima i bio zapovjednik svih vojvoda u vojsci prvoga mjeseca.
तिनी फारेसका सन्तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए ।
4 Nad redom drugoga mjeseca bio je Ahošanin Dodaj, a predstojnik u njegovu redu bio je Mikelot. U svom je redu imao dvadeset i četiri tisuće ljudi.
अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्यस भागका सेनापति भए । मिक्लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
5 Vojvoda treće vojske, trećega mjeseca, bio je sin svećenika Jojade, poglavar Benaja. U svom je redu imao dvadeset i četiri tisuće.
अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
6 Taj je Benaja bio junak među tridesetoricom i nad tridesetoricom i u njegovu je redu bio sin mu Amizabad.
यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्मीजाबाद तिनको दलमा थिए ।
7 Četvrti, četvrtoga mjeseca, bio je Joabov brat Asahel, a za njim sin mu Zebadja. U svom je redu imao dvadeset i četiri tisuće.
चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
8 Peti, petoga mjeseca, bio je vojvoda Jizrahanin Šamhut. U svom je redu imao dvadeset i četiri tisuće.
पाँचौं महिनाको लागि यिज्याहका सन्तान शम्हूत कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
9 Šesti, šestoga mjeseca, bio je Ikešov sin Ira, Tekoanac. U svom je redu imao dvadeset i četiri tisuće.
छैटौं महिनाको लागि तकोका मानिस इक्केशका छोरा ईरा कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
10 Sedmi, sedmoga mjeseca, bio je Pelonjanin Heles od Efrajimovih sinova. U svom je redu imao dvadeset i četiri tisuće.
सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
11 Osmi, osmoga mjeseca, bio je Hušaćanin Sibkaj, Zarhijevac. U svom je redu imao dvadeset i četiri tisuće.
आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्बकै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
12 Deveti, devetoga mjeseca, bio je Anatoćanin Abiezer, Benjaminovac. U svom je redu imao dvadeset i četiri tisuće.
नवौं महिनाको लागि बेन्यामीन कुलका अनातोती अबीएजेर कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
13 Deseti, desetoga mjeseca, bio je Netofaćanin Mahraj, Zarhijevac. U svom je redu imao dvadeset i četiri tisuće.
दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
14 Jedanaesti, jedanaestoga mjeseca, bio je Piratonjanin Benaja, Efrajimovac. U svom je redu imao dvadeset i četiri tisuće.
एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
15 Dvanaesti, dvanaestoga mjeseca, bio je Netofaćanin Heldaj, Otnielovac. U svom je redu imao dvadeset i četiri tisuće.
बाह्रौं महिनाको लागि ओत्निएलको घरानाका नतोपात सहरका हेल्दै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
16 Nad Izraelovim plemenima bili su knezovi: nad Rubenovim Zikrijev sin knez Eliezer; nad Šimunovim Maakin sin Šefatja;
इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्याह अगुवा थिए ।
17 nad Levijevim Kemuelov sin Hašabja; nad Aronovim Sadok;
लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।
18 nad Judinim Elihu od Davidove braće; nad Jisakarovim Mihaelov sin Omri;
यहूदाका कुलका निम्ति दाऊदका दाजु एलीहू अगुवा थिए । इस्साखारका कुलका निम्ति मिखाएलका छोरा ओम्री अगुवा थिए ।
19 nad Zebulunovim Obadjin sin Jišmaja; nad Naftalijevim Azrielov sin Jerimot.
जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्मायाह अगुवा थिए । नप्तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए ।
20 Nad Efrajimovim sinovima Azazjin sin Hošea; nad polovinom Manašeova plemena Pedajin sin Joel,
एफ्राइमका कुलका निम्ति अजज्याहका छोरा होशिया अगुवा थिए । मनश्शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए ।
21 nad drugom polovinom Manašeova plemena u Gileadu Zaharijin sin Jido; nad Benjaminom Abnerov sin Jaasiel;
गिलादमा भएका मनश्शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए । बेन्यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए ।
22 nad Danom Jerohamov sin Azarel. To su bili knezovi izraelskih plemena.
दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए । इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए ।
23 Ali David nije dao izbrojiti onih kojima bijaše dvadeset godina i manje, jer Jahve bijaše rekao da će umnožiti Izraelce kao nebeske zvijezde.
दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो ।
24 Sarvijin je sin Joab počeo vršiti popis, ali ga nije dovršio. Stoga je Srdžba došla na Izrael i zato taj broj nije bio primljen u brojčani izvještaj Ljetopisa kralja Davida.
सरूयाहका छोरा योआबले जनसंख्या लिन सुरु गरे, तर तिनले त्यो काम सिद्ध्याएनन् । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्यो । यो जनसंख्या दाऊद राजाको इतिहासमा लेखिएन ।
25 Nadstojnik nad kraljevim blagom bio je Adielov sin Azmavet, a nadstojnik za blago u zemlji, u gradovima, selima i tvrđavama, bio je Uzijin sin Jonatan.
राजाका भण्डारहरूको जिम्मा अदीएलका छोरा अज्मावेतलाई दिइयो । देशका, सहरहरूका, गाउँहरूका र किल्ला भएका सहरहरूका भण्डारहरू उज्जियाहका छोरा जोनाथनको जिम्मामा दिइयो ।
26 Nadstojnik nad poljskim radnicima koji su obrađivali zemlju bio je Kelubov sin Ezri.
देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्मामा थिए ।
27 Nadstojnik nad vinogradarima Ramaćanin Šimej. Nadstojnik nad vinogradrskim klijetima bio je Šifmejac Zabdi.
दाखबारीहरू रामती शिमीको जिम्मामा थिए, अनि दाख र दाखमद्य व्यापारीको जिम्मा शेपेमी जब्दीको दिइयो ।
28 Nadstojnik nad maslinama i dudovima što su po Šefeli bio je Gederac Hanan; nadstojnik nad skladištima ulja Joaš.
तराईमा भएका भद्राक्ष र अञ्जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्ने भण्डार योआशको जिम्मामा थियो ।
29 Nadstojnik nad govedima što su pasla u Šaronu bio je Šaronac Šitraj. Nadstojnik nad krupnom stokom u dolinama bio je Edlajev sin Šafat.
शारोनमा चर्ने गाईबस्तु शारोनी शित्रैको जिम्मामा थिए, र बेसीमा चर्ने गाईबस्तु अदलैका छोरा शाफातको जिम्मामा थिए ।
30 Nadstojnik nad devama Jišmaelac Obil. Nadstojnik nad magaricama Meronoćanin Jehdeja.
ऊँटहरू इश्माएली ओबीलको जिम्मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्मामा थिए ।
31 Nadstojnik nad ovcama i kozama Hagrijac Jaziz. Svi su oni bili nadstojnici nad imanjem kralja Davida.
हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्पत्तिका निरीक्षक थिए ।
32 Savjetnik je bio Davidov stric Jonatan, mudar čovjek; bio je i književnik; a Hakmonijev sin Jehiel bio je s kraljevim sinovima.
दाऊदका काका जोनाथन सल्लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्त्री थिए । हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे ।
33 Ahitofel je bio kraljev savjetnik, Arkijac Hušaj kraljev prijatelj.
अहीतोपेल राजाका सल्लाहकार थिए, र अरकी मानिसका हूशै राजाका व्यक्तिगत सल्लाहकार थिए ।
34 Ahitofela su naslijedili Benajin sin Jojada i Ebjatar, kraljev je vojvoda bio Joab.
अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्डर थिए ।