< 1 Ljetopisa 24 >
1 Aronovi su sinovi imali svoje redove. Sinovi Aronovi bili su: Nadab, Abihu, Eleazar i Itamar.
हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।
2 Ali su Nadab i Abihu umrli prije oca i nisu imali djece; zato su svećeničku službu vršili Eleazar i Itamar.
नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुनुभन्दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।
3 David je razdijelio na redove njih i Sadoka, od Eleazarovih sinova, i Ahimeleka, od Itamarovih sinova, po njihovu redu u njihovoj službi.
दाऊदले एलाजारका सन्तान सादोक र ईतामारका सन्तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।
4 Ali se u Eleazarovih sinova našlo više muških poglavara nego u Itamarovih sinova, pa kad ih podijeliše, od Eleazarovih je sinova bilo šesnaest porodičnih poglavara, a od Itamarovih sinova samo osam porodičnih poglavara.
ईतामारको सन्तानका बिचमा भन्दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।
5 Zato su ih razdijelili ždrebovima, jedne i druge, jer su posvećeni knezovi i Božji knezovi bili i od Eleazarovih sinova i od Itamarovih sinova.
तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्तानमध्येबाट तिनीहरू पवित्रस्थानका अधिकारीहरू र परमेश्वरका अधिकारीहरू थिए ।
6 Popisao ih je Netanelov sin Šemaja, pisar od Levijeva plemena, pred kraljem, knezovima, svećenikom Sadokom, Ebjatarovim sinom Ahimelekom, pred poglavarima porodica među svećenicima i levitima, uzevši po jednu porodicu za Eleazara, a po jednu opet za Itamara.
नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्तानबाट र ईतामारका सन्तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।
7 Prvi je ždrijeb pao na Jojariba, drugi na Jedaju,
पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,
8 treći na Harima, četvrti na Seorima,
तेस्रो हारीमको, चौथो सोरीमको,
9 peti na Malkiju, šesti na Mijamina,
पाँचौं मल्कियाहको, छैटौं मियामीनको,
10 sedmi na Hakosa, osmi na Abiju,
सातौं हक्कोसको, आठौं अबियाको,
11 deveti na Ješuu, deseti na Šekaniju,
नवौं येशूअको, दशौं शकन्याहको,
12 jedanaesti na Elijašiba, dvanaesti na Jakima,
एघारौं एल्यासीबको, बाह्रौं याकीमको,
13 trinaesti na Hupu, četrnaesti na Ješebaba,
तेह्रौं हुप्पाको, चौधौं येशेबाबको,
14 petnaesti na Bilgu, šesnaesti na Imera,
पन्ध्रौं बिल्गाको, सोह्रौं इम्मेरको,
15 sedamnaesti na Hezira, osamnaesti na Hapisesa,
सत्रौं हेजीरको, अठारौं हप्पिसेसको,
16 devetnaesti na Petahju, dvadeseti na Ezekiela,
उन्नाईसौं पतहियाहको, बीसौं यहेजकेलको,
17 dvadeset i prvi na Jakina, dvadeset i drugi na Gamula,
एक्काईसौं याकीनको, बाईसौं गमूएलको,
18 dvadeset i treći na Delaju, dvadeset i četvrti na Maazju.
तेईसौं दलायाहको र चौबीसौं माज्याहको नाउँमा निस्क्यो ।
19 To je njihov red u službi kojim treba da idu u Jahvin Dom, po svom pravilu, primljenu od oca im Arona, kako mu je zapovjedio Jahve, Bog Izraelov.
परमप्रभु इस्राएलका परमेश्वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्दिरमा गर्ने आफ्नो सेवाको कामको क्रम यही थियो ।
20 Od ostalih Levijevih sinova bio je od Amramovih sinova Šubael; od Šubaelovih sinova Jehdeja;
बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह ।
21 od Rehabje, od Rehabjinih sinova poglavar Jišija;
रहब्याहका छोराहरूबाटः अगुवा यिशियाह ।
22 od Jisharovaca Šelomot; od Šelomotovih sinova Jahat.
यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।
23 Od Jerijinih sinova: drugi Amarja, treći Jahaziel, četvrti Jekaman.
हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्छा यकमाम ।
24 Od sinova Uzielovih Mika; od Mikinih sinova Šamir;
उज्जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर ।
25 Mikin brat Jišija; od Jišijinih sinova Zaharija;
मीकाका भाइः यिश्याह । यिश्याहका छोराहरूबाट: जकरिया ।
26 Merarijevi sinovi: Mahli i Muši; sinovi Jaazije, njegova sina.
मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो ।
27 Merarijevi sinovi po Jaaziji, njegovu sinu: Šoham, Zakur i Ibri;
यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्कूर र इब्री ।
28 po Mahliju Eleazar, koji nije imao djece;
महलीबाट: एलाजार, जसका छोराहरू थिएनन् ।
29 po Kišu, Kišovi sinovi, Jerahmeel.
कीशबाट: कीशका छोराः यरहमेल ।
30 Mušijevi sinovi: Mahli, Eder i Jerimot. To su bili levitski sinovi po svojim porodicama.
मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।
31 I oni su bacali ždrebove kao njihovi rođaci, Aronovi sinovi, pred kraljem Davidom, Sadokom, Ahimelekom i porodičnim poglavarima među svećenicima i levitima, i to jednako glavar obitelji kao i njegov najmlađi brat.
आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्तानहरूले गरेझैं चिट्ठा हाले ।