< ⳘⲀⲦⲐⲈⲞⲚ 20 >

1 ⲁ̅ ⲉⲥⲧⲛⲧⲱⲛ ⲅⲁⲣ ⲛϭⲓ ⲧⲙⲛⲧⲣⲣⲟ ⲛⲙⲡⲏⲩⲉ ⲉⲩⲣⲱⲙⲉ ⲛⲣⲙⲙⲁⲟ ⲡⲁⲓ ⲛⲧⲁϥⲉⲓ ⲉⲃⲟⲗ ⲉϩⲧⲟⲟⲩⲉ ⲉⲑⲛⲉⲉⲣⲅⲁⲧⲏⲥ ⲉⲡⲉϥⲙⲁ ⲛⲉⲗⲟⲟⲗⲉ
किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।
2 ⲃ̅ ⲁϥⲥⲙⲛⲧⲥ ⲇⲉ ⲙⲛ ⲛⲉⲣⲅⲁⲧⲏⲥ ⲉⲩⲥⲁⲧⲉⲉⲣⲉ ⲙⲡⲉϩⲟⲟⲩ ⲁϥϫⲟⲟⲩⲥⲉ ⲉⲡⲉϥⲙⲁ ⲛⲉⲗⲟⲟⲗⲉ
ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।
3 ⲅ̅ ⲁϥⲉⲓ ⲇⲉ ⲉⲃⲟⲗ ⲙⲡⲛⲁⲩ ⲛϫⲡϣⲟⲙⲧⲉ ⲁϥⲛⲁⲩ ⲉϩⲉⲛⲕⲟⲟⲩⲉ ⲉⲩⲁϩⲉⲣⲁⲧⲟⲩ ϩⲛ ⲧⲁⲅⲟⲣⲁ ⲉⲩⲟⲩⲟⲥϥ
उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे ।
4 ⲇ̅ ⲡⲉϫⲁϥ ⲛⲛⲕⲟⲟⲩⲉ ϫⲉ ⲃⲱⲕ ϩⲱⲧⲧⲏⲩⲧⲛ ⲉⲡⲁⲙⲁ ⲛⲉⲗⲟⲟⲗⲉ ⲁⲩⲱ ⲡⲉⲧⲙⲡϣⲁ ϯⲛⲁⲧⲁⲁϥ ⲛⲏⲧⲛ
उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।
5 ⲉ̅ ⲛⲧⲟⲟⲩ ⲇⲉ ⲁⲩⲃⲱⲕ ⲁϥⲉⲓ ⲇⲉ ⲟⲛ ⲉⲃⲟⲗ ⲙⲡⲛⲁⲩ ⲛϫⲡⲥⲟ ⲙⲛ ϫⲡⲯⲓⲧⲉ ⲁϥⲉⲓⲣⲉ ϩⲓⲛⲁⲓ
फेरि उनी बार्‍ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे ।
6 ⲋ̅ ⲛⲧⲉⲣⲉϥⲉⲓ ⲇⲉ ⲟⲛ ⲉⲃⲟⲗ ⲙⲡⲛⲁⲩ ⲛϫⲡⲙⲛⲧⲟⲩⲉ ⲁϥⲛⲁⲩ ⲉϩⲉⲛⲕⲟⲟⲩⲉ ⲉⲩⲁϩⲉⲣⲁⲧⲟⲩ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲁϩⲣⲱⲧⲛ ⲧⲉⲧⲛⲁϩⲉⲣⲁⲧⲧⲏⲩⲧⲛ ⲙⲡⲉⲓⲙⲁ ⲙⲡⲉϩⲟⲟⲩ ⲧⲏⲣϥ ⲉⲧⲉⲧⲛⲟⲩⲟⲥϥ
एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’
7 ⲍ̅ ⲡⲉϫⲁⲩ ⲛⲁϥ ϫⲉ ⲉⲃⲟⲗ ϫⲉ ⲙⲡⲉⲗⲁⲁⲩ ⲑⲛⲟⲛ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲃⲱⲕ ϩⲱⲧⲧⲏⲩⲧⲛ ⲉⲡⲁⲙⲁ ⲛⲉⲗⲟⲟⲗⲉ
तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’
8 ⲏ̅ ⲣⲟⲩϩⲉ ⲇⲉ ⲛⲧⲉⲣⲉϥϣⲱⲡⲉ ⲡⲉϫⲁϥ ⲛϭⲓ ⲡϫⲟⲉⲓⲥ ⲙⲡⲙⲁ ⲛⲉⲗⲟⲟⲗⲉ ⲙⲡⲉϥⲉⲡⲓⲧⲣⲟⲡⲟⲥ ϫⲉ ⲙⲟⲩⲧⲉ ⲉⲛⲉⲣⲅⲁⲧⲏⲥ ⲛⲅϯ ⲛⲁⲩ ⲙⲡⲉⲩⲃⲉⲕⲉ ⲉⲁⲕⲁⲣⲭⲉⲓ ϫⲓⲛ ⲛϩⲁⲉⲉⲩ ϣⲁⲛⲧⲉⲕⲡⲱϩ ⲉⲛϣⲟⲣⲡ
जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’
9 ⲑ̅ ⲁⲩⲉⲓ ⲇⲉ ⲛϭⲓ ⲛⲁϫⲡⲙⲛⲧⲟⲩⲉ ⲁⲩϫⲓ ⲛⲟⲩⲥⲁⲧⲉⲉⲣⲉ ⲉⲡⲟⲩⲁ
जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।
10 ⲓ̅ ⲁⲩⲉⲓ ϩⲱⲟⲩ ⲛϭⲓ ⲛϣⲟⲣⲡ ⲉⲩⲙⲉⲉⲩⲉ ϫⲉ ⲉⲩⲛⲁϫⲓ ⲛⲟⲩϩⲟⲩⲟ ⲁⲩϫⲓ ϩⲱⲟⲩ ⲛⲟⲩⲥⲁⲧⲉⲉⲣⲉ ⲉⲡⲟⲩⲁ
जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे ।
11 ⲓ̅ⲁ̅ ⲛⲧⲉⲣⲟⲩϫⲓⲧⲥ ⲇⲉ ⲁⲩⲕⲣⲙⲣⲙ ⲉϩⲟⲩⲛ ⲉⲡϫⲟⲉⲓⲥ
जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।
12 ⲓ̅ⲃ̅ ⲉⲩϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲛⲉⲓϩⲁⲉⲉⲩ ⲟⲩⲟⲩⲛⲟⲩ ⲛⲟⲩⲱⲧ ⲧⲉⲛⲧⲁⲩⲁⲁⲥ ⲁⲩⲱ ⲁⲕϣⲁϣⲟⲩ ⲛⲙⲙⲁⲛ ⲛⲁⲓ ⲛⲧⲁⲩϥⲓ ⲙⲡⲃⲁⲣⲟⲥ ⲙⲡⲉϩⲟⲟⲩ ⲙⲛ ⲡⲕⲁⲩⲥⲱⲛ
तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौँ ।’
13 ⲓ̅ⲅ̅ ⲛⲧⲟϥ ⲇⲉ ⲁϥⲟⲩⲱϣⲃ ⲛⲟⲩⲁ ⲙⲙⲟⲟⲩ ⲉϥϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲡⲉϣⲃⲏⲣ ⲛϯϫⲓ ⲙⲙⲟⲕ ⲁⲛ ⲛϭⲟⲛⲥ ⲙⲏ ⲛⲧⲁⲓⲥⲙⲛⲧⲥ ⲛⲙⲙⲁⲕ ⲁⲛ ⲉⲩⲥⲁⲧⲉⲉⲣⲉ
तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र?
14 ⲓ̅ⲇ̅ ϥⲓ ⲙⲡⲉⲧⲉⲡⲱⲕ ⲡⲉ ⲛⲅⲃⲱⲕ ϯⲟⲩⲱϣ ⲇⲉ ⲁⲛⲟⲕ ⲉϯ ⲙⲡⲉⲓϩⲁⲉ ⲛⲧⲉⲕϩⲉ
जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।
15 ⲓ̅ⲉ̅ ⲏ ⲟⲩⲕ ⲉⲝⲉⲥⲧⲉⲓ ⲛⲁⲓ ⲉⲣⲡⲉϯⲟⲩⲁϣϥ ϩⲛ ⲛⲉⲧⲉⲛⲟⲩⲓ ⲛⲉ ⲏ ⲉⲣⲉⲡⲉⲕⲃⲁⲗ ⲟ ⲙⲡⲟⲛⲏⲣⲟⲥ ϫⲉ ⲁⲛⲅ ⲟⲩⲁⲅⲁⲑⲟⲥ ⲁⲛⲟⲕ
के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’
16 ⲓ̅ⲋ̅ ⲧⲁⲓ ⲧⲉ ⲑⲉ ⲉⲧⲉⲣⲉⲛϣⲟⲣⲡ ⲛⲁⲣϩⲁⲉ ⲛⲧⲉⲛϩⲁⲉ ⲣϣⲟⲣⲡ
यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”
17 ⲓ̅ⲍ̅ ⲉⲣⲉ ⲓⲏⲥ ⲇⲉ ⲛⲁⲃⲱⲕ ⲉϩⲣⲁⲓ ⲉⲑⲓⲉⲣⲟⲥⲟⲗⲩⲙⲁ ⲁϥϫⲓ ⲙⲡⲉϥⲙⲛⲧⲥⲛⲟⲟⲩⲥ ⲙⲙⲁⲑⲏⲧⲏⲥ ⲙⲁⲩⲁⲁⲩ ⲁⲩⲱ ϩⲣⲁⲓ ϩⲛ ⲧⲉϩⲓⲏ ⲡⲉϫⲁϥ ⲛⲁⲩ
जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,
18 ⲓ̅ⲏ̅ ϫⲉ ⲉⲓⲥ ϩⲏⲏⲧⲉ ⲧⲛⲛⲁⲃⲱⲕ ⲉϩⲣⲁⲓ ⲉⲑⲓⲉⲣⲟⲥⲟⲗⲩⲙⲁ ⲁⲩⲱ ⲡϣⲏⲣⲉ ⲙⲡⲣⲱⲙⲉ ⲥⲉⲛⲁⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲙⲙⲟϥ ⲉⲧⲟⲟⲧⲟⲩ ⲛⲛⲁⲣⲭⲓⲉⲣⲉⲩⲥ ⲙⲛ ⲛⲉⲅⲣⲁⲙⲙⲁⲧⲉⲩⲥ ⲛⲥⲉⲧϭⲁⲓⲟϥ ⲉⲡⲙⲟⲩ
“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,
19 ⲓ̅ⲑ̅ ⲛⲥⲉⲡⲁⲣⲁⲇⲓⲇⲟⲩ ⲙⲙⲟϥ ⲉⲧⲟⲟⲧⲟⲩ ⲛⲛϩⲉⲑⲛⲟⲥ ⲉⲥⲱⲃⲉ ⲙⲙⲟϥ ⲁⲩⲱ ⲛⲥⲉⲙⲁⲥⲧⲓⲅⲟⲩ ⲙⲙⲟϥ ⲁⲩⲱ ⲛⲥⲉⲥⲧⲁⲩⲣⲟⲩ ⲙⲙⲟϥ ⲛϥⲧⲱⲟⲩⲛ ϩⲙ ⲡⲙⲉϩϣⲟⲙⲛⲧ ⲛϩⲟⲟⲩ
र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”
20 ⲕ̅ ⲧⲟⲧⲉ ⲁⲥϯⲡⲉⲥⲟⲩⲟⲓ ⲉⲣⲟϥ ⲛϭⲓ ⲧⲙⲁⲁⲩ ⲛⲛϣⲏⲣⲉ ⲛⲍⲉⲃⲉⲇⲁⲓⲟⲥ ⲙⲛ ⲛⲉⲥϣⲏⲣⲉ ⲉⲥⲟⲩⲱϣⲧ ⲛⲁϥ ⲁⲩⲱ ⲉⲥⲁⲓⲧⲉⲓ ⲛⲟⲩϩⲱⲃ ⲉⲃⲟⲗ ϩⲓⲧⲟⲟⲧϥ
त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन् ।
21 ⲕ̅ⲁ̅ ⲛⲧⲟϥ ⲇⲉ ⲡⲉϫⲁϥ ⲛⲁⲥ ϫⲉ ⲉⲣⲟⲩⲉϣⲟⲩ ⲛⲧⲟⲥ ⲇⲉ ⲡⲉϫⲁⲥ ϫⲉ ⲁϫⲓⲥ ϫⲉⲕⲁⲥ ⲉⲣⲉⲡⲁϣⲏⲣⲉ ⲥⲛⲁⲩ ⲛⲁϩⲙⲟⲟⲥ ⲟⲩⲁ ϩⲓⲟⲩⲛⲁⲙ ⲙⲙⲟⲕ ⲁⲩⲱ ⲟⲩⲁ ϩⲓϩⲃⲟⲩⲣ ⲙⲙⲟⲕ ϩⲣⲁⲓ ϩⲛ ⲧⲉⲕⲙⲛⲧⲣⲣⲟ
येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।”
22 ⲕ̅ⲃ̅ ⲁϥⲟⲩⲱϣⲃ ⲛϭⲓ ⲓⲏⲥ ⲉϥϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲛⲧⲉⲧⲛⲥⲟⲟⲩⲛ ⲁⲛ ϫⲉ ⲟⲩ ⲡⲉⲧⲉⲧⲛⲁⲓⲧⲉⲓ ⲙⲙⲟϥ ⲟⲩⲛϣϭⲟⲙ ⲙⲙⲱⲧⲛ ⲉⲥⲉⲡϫⲱ ⲉϯⲛⲁⲥⲟⲟϥ ⲡⲉϫⲁⲩ ⲛⲁϥ ϫⲉ ⲥⲉ
तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ ।”
23 ⲕ̅ⲅ̅ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲡⲁϫⲱ ⲙⲉⲛ ⲧⲉⲧⲛⲁⲥⲟⲟϥ ⲡⲉϩⲙⲟⲟⲥ ⲇⲉ ϩⲓⲟⲩⲛⲁⲙ ⲙⲙⲟⲓ ⲏ ϩⲓϩⲃⲟⲩⲣ ⲙⲙⲟⲓ ⲙⲡⲱⲓ ⲁⲛ ⲡⲉ ⲉⲧⲁⲁϥ ⲁⲗⲗⲁ ⲡⲁⲛⲉⲛⲧⲁⲩⲥⲃⲧⲱⲧϥ ⲛⲁⲩ ⲛⲉ ⲉⲃⲟⲗ ϩⲓⲧⲟⲟⲧϥ ⲙⲡⲁⲉⲓⲱⲧ
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।”
24 ⲕ̅ⲇ̅ ⲁⲩⲥⲱⲧⲙ ⲇⲉ ⲛϭⲓ ⲡⲙⲏⲧ ⲁⲩⲁⲅⲁⲛⲁⲕⲧⲉⲓ ⲉⲧⲃⲉ ⲡⲥⲟⲛ ⲥⲛⲁⲩ
जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए ।
25 ⲕ̅ⲉ̅ ⲓⲏⲥ ⲇⲉ ⲁϥⲙⲟⲩⲧⲉ ⲉⲣⲟⲟⲩ ⲡⲉϫⲁϥ ⲛⲁⲩ ϫⲉ ⲧⲉⲧⲛⲥⲟⲟⲩⲛ ϫⲉ ⲛⲁⲣⲭⲱⲛ ⲛⲛϩⲉⲑⲛⲟⲥ ⲥⲉⲟ ⲛϫⲟⲉⲓⲥ ⲉⲣⲟⲟⲩ ⲁⲩⲱ ⲛⲛⲟϭ ⲥⲉⲟ ⲛⲧⲉⲩⲉⲝⲟⲩⲥⲓⲁ
तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन् ।
26 ⲕ̅ⲋ̅ ⲛⲧⲉⲓϩⲉ ⲛⲧⲱⲧⲛ ⲁⲛ ⲧⲉⲧϣⲟⲟⲡ ⲛϩⲏⲧⲧⲏⲩⲧⲛ ⲁⲗⲗⲁ ⲡⲉⲧⲛⲁⲟⲩⲱϣ ⲉϣⲱⲡⲉ ⲛⲛⲟϭ ⲛϩⲏⲧⲧⲏⲩⲧⲛ ⲉϥⲛⲁϣⲱⲡⲉ ⲛⲏⲧⲛ ⲛⲇⲓⲁⲕⲟⲛⲟⲥ
तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ ।
27 ⲕ̅ⲍ̅ ⲁⲩⲱ ⲡⲉⲧⲛⲁⲟⲩⲱϣ ⲉϣⲱⲡⲉ ⲛϣⲟⲣⲡ ⲛϩⲏⲧⲧⲏⲩⲧⲛ ⲉϥⲛⲁϣⲱⲡⲉ ⲛⲏⲧⲛ ⲛϩⲙϩⲁⲗ
र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,
28 ⲕ̅ⲏ̅ ⲛⲑⲉ ⲙⲡϣⲏⲣⲉ ⲙⲡⲣⲱⲙⲉ ⲛⲧⲁϥⲉⲓ ⲁⲛ ⲉⲧⲣⲉⲩⲇⲓⲁⲕⲟⲛⲉⲓ ⲛⲁϥ ⲁⲗⲗⲁ ⲉⲇⲓⲁⲕⲟⲛⲉⲓ ⲁⲩⲱ ⲉϯ ⲛⲧⲉϥⲯⲩⲭⲏ ⲛⲥⲱⲧⲉ ϩⲁϩⲁϩ
जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
29 ⲕ̅ⲑ̅ ⲉϥⲛⲏⲩ ⲇⲉ ⲉⲃⲟⲗ ϩⲛ ϩⲓⲉⲣⲓⲭⲱ ⲁⲩⲟⲩⲁϩⲟⲩ ⲛⲥⲱϥ ⲛϭⲓ ϩⲉⲛⲙⲏⲏϣⲉ ⲉⲛⲁϣⲱⲟⲩ
जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो ।
30 ⲗ̅ ⲁⲩⲱ ⲉⲓⲥ ϩⲏⲏⲧⲉ ⲉⲓⲥ ⲃⲗⲗⲉ ⲥⲛⲁⲩ ⲉⲩϩⲙⲟⲟⲥ ϩⲁⲧⲛⲧⲉϩⲓⲏ ⲁⲩⲥⲱⲧⲙ ϫⲉ ⲓⲏⲥ ⲛⲁⲡⲁⲣⲁⲅⲉ ⲁⲩϫⲓϣⲕⲁⲕ ⲉⲃⲟⲗ ⲉⲩϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲛⲁ ⲛⲁⲛ ⲡϣⲏⲣⲉ ⲛⲇⲁⲩⲉⲓⲇ
र दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
31 ⲗ̅ⲁ̅ ⲙⲙⲏⲏϣⲉ ⲇⲉ ⲁⲩⲉⲡⲓⲧⲓⲙⲁ ⲛⲁⲩ ϫⲉⲕⲁⲥ ⲉⲩⲉⲕⲁⲣⲱⲟⲩ ⲛⲧⲟⲟⲩ ⲇⲉ ⲛϩⲟⲩⲟ ⲁⲩϫⲓϣⲕⲁⲕ ⲉⲃⲟⲗ ⲉⲩϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲡϫⲟⲉⲓⲥ ⲛⲁ ⲛⲁⲛ ⲡϣⲏⲣⲉ ⲛⲇⲁⲩⲉⲓⲇ
तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
32 ⲗ̅ⲃ̅ ⲁϥⲁϩⲉⲣⲁⲧϥ ⲛϭⲓ ⲓⲏⲥ ⲁϥⲙⲟⲩⲧⲉ ⲉⲣⲟⲟⲩ ⲉϥϫⲱ ⲙⲙⲟⲥ ϫⲉ ⲟⲩ ⲡⲉⲧⲉⲧⲛⲟⲩⲉϣ ⲧⲣⲁⲁϥ ⲛⲏⲧⲛ
तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”
33 ⲗ̅ⲅ̅ ⲡⲉϫⲁⲩ ⲛⲁϥ ϫⲉ ⲡϫⲟⲉⲓⲥ ϫⲉⲕⲁⲥ ⲉⲩⲉⲟⲩⲱⲛ ⲛϭⲓ ⲛⲉⲛⲃⲁⲗ
तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”
34 ⲗ̅ⲇ̅ ⲁϥϣⲛϩⲧⲏϥ ⲇⲉ ⲛϭⲓ ⲓⲏⲥ ⲁϥϫⲱϩ ⲉⲛⲉⲩⲃⲁⲗ ⲁⲩⲱ ⲛⲧⲉⲩⲛⲟⲩ ⲁⲩⲛⲁⲩ ⲉⲃⲟⲗ ⲁⲩⲟⲩⲁϩⲟⲩ ⲛⲥⲱϥ
तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।

< ⳘⲀⲦⲐⲈⲞⲚ 20 >