< ⲒⲰⲀⲚⲚⲎⲤ Ⲁ ̅ 2 >
1 ⲁ̅ ⲚⲀϢⲎⲢⲒ ⲚⲀⲒ ϮⲤϦⲀⲒ ⲘⲘⲰⲞⲨ ⲚⲰⲦⲈⲚ ϨⲒⲚⲀ ⲚⲦⲈⲦⲈⲚϢⲦⲈⲘⲈⲢⲚⲞⲂⲒ ⲞⲨⲞϨ ⲈϢⲰⲠ ⲀⲢⲈϢⲀⲚ ⲞⲨⲀⲒ ⲈⲢⲚⲞⲂⲒ ⲞⲨⲞⲚⲦⲀⲚ ⲘⲘⲀⲨ ⲘⲠⲒⲠⲀⲢⲀⲔⲖⲎⲦⲞⲚ ϦⲀⲦⲈⲚ ⲪⲒⲰⲦ ⲒⲎⲤⲞⲨⲤ ⲠⲬⲢⲒⲤⲦⲞⲤ ⲠⲒⲐⲘⲎⲒ
मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्ट हुनुहुन्छ ।
2 ⲃ̅ ⲞⲨⲞϨ ⲚⲐⲞϤ ⲠⲈ ⲠⲤⲰϮ ⲚⲦⲈⲚⲈⲚⲚⲞⲂⲒ ⲈⲐⲂⲈ ⲚⲞⲨⲚ ⲆⲈ ⲘⲘⲀⲨⲀⲦⲈⲚ ⲀⲚ ⲀⲖⲖⲀ ⲚⲈⲘ ⲈⲐⲂⲈ ⲚⲀ ⲠⲒⲔⲞⲤⲘⲞⲤ ⲦⲎⲢϤ.
उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
3 ⲅ̅ ⲞⲨⲞϨ ϦⲈⲚⲪⲀⲒ ⲦⲈⲚⲚⲀⲈⲘⲒ ϪⲈ ⲀⲚⲤⲞⲨⲰⲚϤ ⲈϢⲰⲠ ⲀⲚϢⲀⲚⲀⲢⲈϨ ⲈⲚⲈϤⲈⲚⲦⲞⲖⲎ
यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ ।
4 ⲇ̅ ⲪⲎ ⲈⲦϪⲰ ⲘⲘⲞⲤ ϪⲈ ⲀⲒⲤⲞⲨⲰⲚϤ ⲞⲨⲞϨ ⲚⲦⲈϤϢⲦⲈⲘⲀⲢⲈϨ ⲈⲚⲈϤⲈⲚⲦⲞⲖⲎ ⲞⲨⲤⲀⲘⲈⲐⲚⲞⲨϪ ⲠⲈ ⲞⲨⲞϨ ⲐⲘⲎⲒ ϢⲞⲠ ϦⲈⲚⲪⲀⲒ ⲀⲚ
जसले “म परमेश्वरलाई चिन्छु “भन्छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्यो झुटो हो, र त्यसमा सत्य हुँदैन ।
5 ⲉ̅ ⲪⲎ ⲈⲐⲚⲀⲀⲢⲈϨ ⲈⲠⲈϤⲤⲀϪⲒ ⲀⲖⲎⲐⲰⲤ ϮⲀⲄⲀⲠⲎ ⲚⲦⲈⲪⲚⲞⲨϮ ⲀⲤϪⲰⲔ ⲈⲂⲞⲖ ⲚϦⲢⲎⲒ ϦⲈⲚⲪⲀⲒ ϦⲈⲚⲪⲀⲒ ⲦⲈⲚⲚⲀⲈⲘⲒ ϪⲈ ⲦⲈⲚϢⲞⲠ ⲚϦⲎ ⲦϤ
तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यो व्यक्ति परमेश्वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।
6 ⲋ̅ ⲪⲎ ⲈⲦϪⲰ ⲘⲘⲞⲤ ϪⲈ ϮϢⲞⲠ ⲚϦⲎⲦϤ ⲤⲈⲘⲠϢⲀ ⲘⲪⲢⲎϮ ⲈⲦⲀ ⲪⲎ ⲘⲞϢⲒ ⲘⲘⲞϤ ⲚⲦⲈϤⲘⲞϢⲒ ϨⲰϤ ⲘⲠⲀⲒⲢⲎϮ.
परमेश्वरमा रहन्छु भन्ने व्यक्ति आफैँ पनि येशू ख्रीष्ट जिउनु भएझैँ जिउनुपर्छ ।
7 ⲍ̅ ⲚⲀⲘⲈⲚⲢⲀϮ ⲚⲞⲨⲈⲚⲦⲞⲖⲎ ⲘⲂⲈⲢⲒ ⲀⲚ ⲈϮⲤϦⲀⲒ ⲘⲘⲞⲤ ⲚⲰⲦⲈⲚ ⲀⲖⲖⲀ ⲞⲨⲈⲚⲦⲞⲖⲎ ⲚⲀⲠⲀⲤ ⲦⲈ ⲐⲎ ⲈⲚⲀⲤⲚⲦⲈⲚ ⲐⲎⲚⲞⲨ ⲒⲤϪⲈⲚ ϨⲎ ϮⲈⲚⲦⲞⲖⲎ ⲚⲀⲠⲀⲤ ⲠⲒⲤⲀϪⲒ ⲈⲦⲀⲢⲈⲦⲈⲚⲤⲞⲐⲘⲈϤ
प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।
8 ⲏ̅ ⲠⲀⲖⲒⲚ ⲞⲨⲈⲚⲦⲞⲖⲎ ⲘⲂⲈⲢⲒ ⲈϮⲤϦⲀⲒ ⲘⲘⲞⲤ ⲚⲰⲦⲈⲚ ⲐⲎ ⲈⲦⲈ ⲞⲨⲞⲚ ⲞⲨⲘⲈⲐⲘⲎⲒ ϢⲞⲠ ⲚϦⲎⲦⲤ ⲚⲈⲘ ϦⲈⲚⲐⲎⲚⲞⲨ ϪⲈ ⲠⲒⲬⲀⲔⲒ ⲚⲀⲤⲒⲚⲒ ⲠⲒⲞⲨⲰⲒⲚⲒ ⲚⲦⲀⲪⲘⲎⲒ ϨⲎⲆⲎ ϤⲈⲢⲞⲨⲰⲒⲚⲒ.
तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्टमा र तिमीहरूमा सत्य छ, किनभने अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ ।
9 ⲑ̅ ⲪⲎ ⲈⲦϪⲰ ⲘⲘⲞⲤ ϪⲈ ϮϢⲞⲠ ϦⲈⲚⲠⲒⲞⲨⲰⲒⲚⲒ ⲞⲨⲞϨ ϤⲘⲞⲤϮ ⲘⲠⲈϤⲤⲞⲚ ⲀϤⲚϦⲢⲎⲒ ϦⲈⲚⲠⲒⲬⲀⲔⲒ ϢⲀ ϮⲚⲞⲨ
जसले ज्योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्धकारमा नै छ ।
10 ⲓ̅ ⲪⲎ ⲈⲦⲈⲢⲀⲄⲀⲠⲀⲚ ⲘⲠⲈϤⲤⲞⲚ ⲀϤϢⲞⲠ ϦⲈⲚⲠⲒⲞⲨⲰⲒⲚⲒ ⲞⲨⲞϨ ⲘⲘⲞⲚ ⲤⲔⲀⲚⲆⲀⲖⲞⲚ ϢⲞⲠ ⲚϦⲎⲦϤ
जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ, र त्यसलाई ठेस लाग्ने कुनै अवसर हुँदैन ।
11 ⲓ̅ⲁ̅ ⲪⲎ ⲈⲐⲘⲞⲤϮ ⲘⲠⲈϤⲤⲞⲚ ⲀϤϦⲈⲚ ⲠⲒⲬⲀⲔⲒ ⲞⲨⲞϨ ⲀϤⲘⲞϢⲒ ϦⲈⲚⲠⲒⲬⲀⲔⲒ ⲞⲨⲞϨ ⲚϤⲤⲰⲞⲨⲚ ⲀⲚ ϪⲈ ⲀϤⲘⲞϢⲒ ⲈⲐⲰⲚ ϪⲈ Ⲁ- ⲠⲒⲬⲀⲔⲒ ⲐⲰⲘ ⲚⲚⲈϤⲂⲀⲖ
तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्धकारमा नै हुन्छ र अन्धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्धकारले त्यसको आँखा अन्धो तुल्याएको छ ।
12 ⲓ̅ⲃ̅ ϮⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲚⲒϢⲎⲢⲒ ϪⲈ ⲤⲈⲚⲀⲬⲀ ⲚⲈⲦⲈⲚⲚⲞⲂⲒ ⲚⲰⲦⲈⲚ ⲈⲂⲞⲖ ⲈⲐⲂⲈ ⲠⲈϤⲢⲀⲚ
मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्टको नाउँको खातिर क्षमा गरिएका छन् ।
13 ⲓ̅ⲅ̅ ϮⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲚⲒⲒⲞϮ ϪⲈ ⲀⲢⲈⲦⲈⲚⲤⲞⲨⲈⲚ ⲪⲎ ⲈⲦϢⲞⲠ ⲒⲤϪⲈⲚ ϨⲎ ϮⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲚⲒϦⲈⲖϢⲒⲢⲒ ϪⲈ ⲀⲢⲈⲦⲈⲚϬⲢⲞ ⲈⲠⲒⲠⲞⲚⲎⲢⲞⲤ
बुबाहरू हो, म तपाईंहरूलाई लेख्छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूले दुष्टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।
14 ⲓ̅ⲇ̅ ⲀⲒⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲚⲒⲀⲖⲰⲞⲨⲒ ϪⲈ ⲀⲢⲈⲦⲈⲚⲤⲞⲨⲈⲚ ⲪⲒⲰⲦ ⲀⲒⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲚⲒⲒⲞϮ ϪⲈ ⲀⲢⲈⲦⲈⲚⲤⲞⲨⲈⲚ ⲪⲎ ⲈⲦϢⲰⲠⲒ ⲒⲤϪⲈⲚ ϨⲎ ⲀⲒⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲚⲒϦⲈⲖϢⲒⲢⲒ ϪⲈ ⲦⲈⲦⲈⲚϪⲞⲢ ⲞⲨⲞϨ ⲠⲒⲤⲀϪⲒ ⲚⲦⲈⲪⲚⲞⲨϮ ϢⲞⲠ ϦⲈⲚⲐⲎⲚⲞⲨ ⲞⲨⲞϨ ⲀⲦⲈⲦⲈⲚϬⲢⲞ ⲈⲠⲒⲠⲞⲚⲎⲢⲞⲤ
बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरू दुष्टमाथि विजय भएका छौ ।
15 ⲓ̅ⲉ̅ ⲘⲠⲈⲢⲘⲈⲚⲢⲈ ⲠⲒⲔⲞⲤⲘⲞⲤ ⲞⲨⲆⲈ ⲚⲎ ⲈⲦϢⲞⲠ ϦⲈⲚⲠⲒⲔⲞⲤⲘⲞⲤ ⲈϢⲰⲠ ⲆⲈ ⲀⲢⲈϢⲀⲚ ⲞⲨⲀⲒ ⲘⲈⲚⲢⲈ ⲠⲒⲔⲞⲤⲘⲞⲤ ϮⲀⲄⲀⲠⲎ ⲚⲦⲈⲪⲒⲰⲦ ϢⲞⲠ ⲚϦⲎⲦϤ ⲀⲚ.
संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन ।
16 ⲓ̅ⲋ̅ ϪⲈ ⲈⲚⲬⲀⲒ ⲚⲒⲂⲈⲚ ⲈⲦϦⲈⲚ ⲠⲒⲔⲞⲤⲘⲞⲤ ϮⲈⲠⲒⲐⲨⲘⲒⲀ ⲚⲦⲈϮⲤⲀⲢⲜ ⲚⲈⲘ ϮⲈⲠⲒⲐⲨⲘⲒⲀ ⲚⲦⲈⲚⲒⲂⲀⲖ ⲚⲈⲘ ϮⲘⲈⲦⲢⲈϤϨⲒⲠϨⲞ ⲚⲦⲈⲠⲀⲒⲂⲒⲞⲤ ⲚⲀⲒ ϨⲀⲚⲈⲂⲞⲖ ⲘⲪⲒⲰⲦ ⲀⲚ ⲚⲈⲀⲖⲖⲀ ϨⲀⲚⲈⲂⲞⲖ ϦⲈⲚⲠⲒⲔⲞⲤⲘⲞⲤ ⲚⲈ
किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
17 ⲓ̅ⲍ̅ ⲞⲨⲞϨ ⲠⲒⲔⲞⲤⲘⲞⲤ ⲚⲀⲤⲒⲚⲒ ⲚⲈⲘ ⲦⲈϤⲈⲠⲒⲐⲨⲘⲒⲀ ⲪⲎ ⲆⲈ ⲈⲦⲒⲢⲒ ⲘⲪⲞⲨⲰϢ ⲘⲪⲚⲞⲨϮ ϤⲚⲀϢⲰⲠⲒ ϢⲀ ⲈⲚⲈϨ. (aiōn )
संसार र यसका इच्छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्वरको इच्छाअनुसार गर्छ, त्यो सदासर्वदा रहिरहन्छ । (aiōn )
18 ⲓ̅ⲏ̅ ⲚⲒⲀⲖⲰⲞⲨⲒ ⲦϦⲀⲈ ⲚⲞⲨⲚⲞⲨ ⲦⲈ ⲞⲨⲞϨ ⲔⲀⲦⲀ ⲪⲢⲎϮ ⲈⲦⲀⲢⲈⲦⲈⲚⲤⲰⲦⲈⲘ ϪⲈ ⲠⲒⲀⲚⲦⲒⲬⲢⲒⲤⲦⲞⲤ ⲚⲎⲞⲨ ϮⲚⲞⲨ ⲒⲤ ⲞⲨⲘⲎϢ ⲚⲀⲚⲦⲒⲬⲢⲒⲤⲦⲞⲤ ⲀⲨϢⲰⲠⲒ ϦⲈⲚⲪⲀⲒ ⲦⲈⲚⲚⲀⲈⲘⲒ ϪⲈ ⲦϦⲀⲈ ⲚⲞⲨⲚⲞⲨ ⲦⲈ.
साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौँ ।
19 ⲓ̅ⲑ̅ ⲈⲦⲀⲨⲒ ⲈⲂⲞⲖ ⲚϦⲎⲦⲈⲚ ⲀⲖⲖⲀ ϨⲀⲚⲈⲂⲞⲖ ⲚϦⲎⲦⲈⲚ ⲀⲚ ⲚⲈⲚⲈ ϨⲀⲚⲈⲂⲞⲖ ⲚϦⲎⲦⲈⲚ ⲚⲀⲨⲚⲀϢⲰⲠⲒ ⲚⲈⲘⲀⲚ ⲠⲈ ⲀⲖⲖⲀ ϨⲒⲚⲀ ⲚⲦⲞⲨⲞⲨⲞⲚϨ ⲈⲂⲞⲖ ϪⲈ ϨⲀⲚⲈⲂⲞⲖ ⲚϦⲎⲦⲈⲚ ⲦⲎⲢⲞⲨ ⲀⲚ ⲠⲈ
तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन् । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्ने देखाउन तिनीहरू गए ।
20 ⲕ̅ ⲞⲨⲞϨ ⲚⲐⲰⲦⲈⲚ ϨⲰⲦⲈⲚ ⲞⲨⲞⲚⲦⲞⲦⲈⲚ ⲚⲞⲨⲐⲰϨⲤ ⲈⲂⲞⲖ ϦⲈⲚⲠⲈⲐⲞⲨⲀⲂ ⲞⲨⲞϨ ⲦⲈⲦⲈⲚⲤⲰⲞⲨⲚ ⲚϨⲰⲂ ⲚⲒⲂⲈⲚ
तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्य जान्दछौ ।
21 ⲕ̅ⲁ̅ ⲈⲦⲀⲒⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲀⲚ ϪⲈ ⲦⲈⲦⲈⲚⲤⲰⲞⲨⲚ ⲚⲐⲘⲎⲒ ⲀⲚ ⲀⲖⲖⲀ ϪⲈ ⲦⲈⲦⲈⲚⲤⲰⲞⲨⲚ ⲘⲘⲞⲤ ϪⲈ ⲤⲀⲘⲈⲐⲚⲞⲨϪ ⲚⲒⲂⲈⲚ ϨⲀⲚⲈⲂⲞⲖ ⲚⲐⲘⲎ ⲒⲀⲚ ⲚⲈ
तिमीहरूले सत्य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्य नहुने हुनाले हो ।
22 ⲕ̅ⲃ̅ ⲚⲒⲘ ⲠⲈ ⲠⲒⲤⲀⲘⲈⲐⲚⲞⲨⲚ ⲈⲂⲎⲖ ⲈⲪⲎ ⲈⲦϪⲰⲖ ⲈⲂⲞⲖ ϪⲈ ⲒⲎⲤⲞⲨⲤ ⲀⲚ ⲠⲈ ⲠⲬⲢⲒⲤⲦⲞⲤ ⲪⲀⲒ ⲠⲈ ⲠⲒⲀⲚⲦⲒⲬⲢⲒⲤⲦⲞⲤ ϪⲈ ⲪⲎ ⲈⲦϪⲰⲖ ⲘⲪⲒⲰⲦ ⲈⲂⲞⲖ ϤϪⲰⲖ ⲞⲚ ⲘⲠⲒⲔⲈϢⲎⲢⲒ
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी इन्कार गर्नेबाहेक अर्को झुट को हुन्छ? यो व्यक्ति नै ख्रीष्ट विरोधी हो, किनभने त्यसले पिता र पुत्रलाई इन्कार गर्छ ।
23 ⲕ̅ⲅ̅ ⲞⲨⲞϨ ⲞⲨⲞⲚ ⲚⲒⲂⲈⲚ ⲈⲦϪⲰⲖ ⲘⲠⲒϢⲎⲢⲒ ⲈⲂⲞⲖ ⲠⲒⲔⲈⲒⲰⲦ ⲚⲦⲞⲦϤ ⲀⲚ ⲪⲎ ⲈⲐⲞⲨⲰⲚϨ ⲘⲠⲒϢⲎⲢⲒ ⲈⲂⲞⲖ ⲠⲒⲔⲈⲒⲰⲦ ⲚⲦⲞⲦϤ
पुत्रलाई इन्कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।
24 ⲕ̅ⲇ̅ ⲚⲐⲰⲦⲈⲚ ϨⲰⲦⲈⲚ ⲪⲎ ⲈⲦⲀⲢⲈⲦⲈⲚⲤⲞⲐⲘⲈϤ ⲒⲤϪⲈⲚ ϨⲎ ⲘⲀⲢⲈϤϢⲰⲠⲒ ϦⲈⲚⲐⲎⲚⲞⲨ ⲈϢⲰⲠ ⲆⲈ ⲀϤϢⲀⲚϢⲰⲠⲒ ϦⲈⲚⲐⲎⲚⲞⲨ ⲚϪⲈⲪⲎ ⲈⲦⲀⲢⲈⲦⲈⲚⲤⲞⲐⲘⲈϤ ⲒⲤϪⲈⲚ ϨⲎ ⲚⲐⲰⲦⲈⲚ ϨⲰⲦⲈⲚ ⲈⲢⲈⲦⲈⲚⲈϢⲰⲠⲒ ϦⲈⲚⲠⲒϢⲎⲢⲒ ⲚⲈⲘ ⲪⲒⲰⲦ
तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्छौ ।
25 ⲕ̅ⲉ̅ ⲪⲀⲒ ⲠⲈ ⲠⲒⲰϢ ⲪⲎ ⲚⲐⲞϤ ⲈⲦⲀϤⲰϢ ⲘⲘⲞϤ ⲚⲀⲚ ⲠⲒⲰⲚϦ ⲚⲈⲚⲈϨ (aiōnios )
उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्त जीवन यही हो । (aiōnios )
26 ⲕ̅ⲋ̅ ⲚⲀⲒ ⲀⲒⲤϦⲎⲦⲞⲨ ⲚⲰⲦⲈⲚ ⲈⲐⲂⲈ ⲚⲎ ⲈⲦⲤⲰⲢⲈⲘ ⲘⲘⲰⲦⲈⲚ
तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।
27 ⲕ̅ⲍ̅ ⲞⲨⲞϨ ⲚⲐⲰⲦⲈⲚ ⲠⲒⲐⲰϨⲤ ⲈⲦⲀⲢⲈⲦⲈⲚϬⲒⲦϤ ⲚⲦⲞⲦϤ ϤϢⲞⲠ ϦⲈⲚⲐⲎⲚⲞⲨ ⲞⲨⲞϨ ⲚⲦⲈⲦⲈⲚⲈⲢⲬⲢⲒⲀ ⲀⲚ ⲈⲤϦⲀⲒ ⲚⲰⲦⲈⲚ ⲒⲈ ⲚⲦⲈⲞⲨⲀⲒ ϮⲤⲂⲰ ⲚⲰⲦⲈⲚ ⲀⲖⲖⲀ ⲘⲪⲢⲎϮ ⲈⲦⲈ ⲠⲀⲒⲠⲚⲈⲨⲘⲀⲢⲰ ϮⲤⲂⲰ ⲚⲰⲦⲈⲚ ⲈⲐⲂⲈ ϨⲰⲂ ⲚⲒⲂⲈⲚ ⲞⲨⲞϨ ⲞⲨⲐⲘⲎⲒ ⲠⲈ ⲞⲨⲤⲀⲘⲈⲐⲚⲞⲨϪ ⲀⲚ ⲠⲈ ⲔⲀⲦⲀ ⲪⲢⲎϮ ⲈⲦⲀϤⲦⲤⲀⲂⲈ ⲐⲎⲚⲞⲨ ϢⲰⲠⲒ ⲚϦⲎⲦϤ
तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्यो सत्य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
28 ⲕ̅ⲏ̅ ⲞⲨⲞϨ ϮⲚⲞⲨ ⲞⲚ ⲚⲀϢⲎⲢⲒ ϢⲰⲠⲒ ⲚϦⲎⲦϤ ϨⲒⲚⲀ ⲀϤϢⲀⲚⲞⲨⲞⲚϨ ⲈⲂⲞⲖ ⲦⲈⲦⲈⲚⲚⲀϬ ⲒⲚⲞⲨⲠⲀⲢⲢⲎⲤⲒⲀ ⲚⲦⲈⲦⲈⲚϢⲦⲈⲘϬⲒϢⲒⲠⲒ ⲚⲦⲞⲦϤ ϦⲈⲚⲦⲈϤⲠⲀⲢⲞⲨⲤⲒⲀ
अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् ।
29 ⲕ̅ⲑ̅ ⲈϢⲰⲠ ⲀⲢⲈⲦⲈⲚϢⲀⲚⲚⲀⲨ ϪⲈ ⲞⲨⲐⲘⲎⲒ ⲠⲈ ⲀⲢⲒⲈⲘⲒ ϪⲈ ⲞⲨⲞⲚ ⲚⲒⲂⲈⲚ ⲈⲦⲒⲢⲒ ⲚϮⲘⲈⲐⲘⲎ ⲒⲈⲦⲀⲨⲘⲀⲤϤ ⲈⲂⲞⲖ ⲚϦⲎⲦϤ.
यदि उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्ने तिमीहरूले जान्दछौ ।