< Luka 12 >
1 Katema kakoko ŵasongangene ŵandu ŵajinji mpaka kuliŵatana, Che Yesu ŵatandite kwasalila kaje ŵakulijiganya ŵao kuti, “Nlisepusye ni chilungo cha Mafalisayo, chachili cha ulamba.
यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो।
2 Ngachipagwa chachiunichikwe chingachiunukukwa ni chachisisikwe chingachimanyika.
अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन।
3 Lyele ligongo lyo chachili chose chimwaŵechete pa chipi, ŵandu chapikane pa lilanguka ni chimwasongonaga pa chisyepela, muchumba cheugalikwe, chichijenele muchilambo chose.
तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
4 “Ngunsalila ŵanyamwe achambusanga ŵangu kuti ngasimwajogopa ŵelewo ŵakuchiulaga chiilu nambo ngapagwa chakupunda chakuchikombola kuchipanganya.
“मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ।
5 Nambo chinannosye ŵakusachilwa kwajogopa, mwajogope Akunnungu pakuŵa amalaga kuulaga akwete ulamusi wakumponya ku jehanamu. Eloo, mwajogope ŵelewo. (Geenna )
तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। (Geenna )
6 “Ana ngati ikumanyika kuti ijojolo nsano ikusumichikwa kwa ndalama jajinandi nnope? Nambo ngapagwa chijuni chakuliŵalichikwa ni Akunnungu namuno chimo.
के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्वरद्वारा बिर्सिइएको हुँदैन।
7 Atamuno umbo sya mitwe jenu Akunnungu akusimanyilila sili silingwa. Ngasinjogopa, ŵanyamwe ndi ŵakutopela kwannope kupunda ijojolo yejinji!
वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
8 “Ngunsalila isyene, jwalijose jwakunyitichisya une pa ŵandu kuti jwele ali jwangune, iyoyo peyo Mwana jwa Mundu chachinjitichisya jwelejo mmbujo mwa achikatumetume ŵa kwinani ŵa Akunnungu.
“म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामु स्वीकार गर्नेछ।
9 Nambo, jwalijose jwakungana une pa ŵandu, nombejo chakanikwe mmbujo mwa achikatumetume ŵa kwinani ŵa Akunnungu.
तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ।
10 “Mundu jwalijose jwakwaŵechetela yangalumbana Mwana jwa Mundu chalecheleswe, nambo juchannyelusye Mbumu jwa Akunnungu, ngalecheleswa ng'oo.
मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन।
11 “Pachachinjigala kwa machili mmajumba ga kupopelela pane mmbujo mwa mamwenye ni ŵakulamula kuti nlamulikwe, nkapwelela kuti chinjanje chichi pane ichimmechete.
“जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्ने विषयमा फिक्री नगर;
12 Pakuŵa Mbumu jwa Akunnungu chanjiganye chakuŵecheta katema kakoko.”
किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।”
13 Mundu jumo mumpingo wa ŵandu mula, ŵansalile Che Yesu kuti, “Jwakwiganya, mwasalile akulu ŵangu tusapulane ipanje yatulechele atati ŵetu.”
भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।”
14 Che Yesu ŵajanjile, “Ambusanga, ana ŵaani ŵamisile une kuŵa jwakulamula pasikati jenu pane jwakungaŵanyichisya ipanje yenu?”
येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?”
15 Nipele ŵaasalile wose kuti, “Nlisepusye ni tama ja indu yejinji pakuŵa umi wa mundu nganiupagwa mu winji wa indu yakwete.”
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।”
16 Nipele ŵatanjile chitagu chanti, “Kwaliji ni jwachipanje jumo juŵaliji ni ngunda uwasogwele nnope.
त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो।
17 Jwachipanje jo ŵaganisisye muntima mwakwe achitiji, ‘Chindende uli pakuŵa une nganingola pakugosela magowolo gangu?’
त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’
18 Ŵatite ‘Chindende yelei, chingagumule ngokwe syangu ni kutaŵa jajikulungwa nnope. Mwelemo chingaŵiche magowolo gangu gose ga ngano ni ipanje yangu.’
“त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु;
19 Pelepo chinalisalile nansyene, ‘Sambano nkwete ipanje yejinji imwaligosele kwa yaka yejinji, mpumule, ndye ni kung'wa ni kusengwa!’
अनि म आफैँलाई भन्नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।”’
20 Nambo Akunnungu ŵaasalile, ‘Mmwejo Jwakuloŵela, achi chilo chino umi wenu chiujigalikwe ni yose indigosele ana chiiŵe ya ŵaani?’”
“तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्त गर्ला?’
21 Che Yesu ŵamalichisye kuŵecheta, “Yele ni yaili kwa mundu jwakuligosela ipanje yejinji, nambo paujo pa Akunnungu ngakuŵalanjikwa kuti akwete chindu.”
“आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।”
22 Nipele Che Yesu ŵaasalile ŵakulijiganya ŵao, “Kwaligongo lyo ngunsalila, ngasinlilagasya kwa ligongo lya umi wenu kuti chindye chichi atamuno kwa ligongo lya iilu yenu kuti chimmwale chichi.
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर।
23 Pakuŵa umi upundile kwa yakulya ni chiilu chipundile kwa iwalo.
भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो।
24 Ngalole makungulu, ngagakupanda namose kugungula, nganigakola ngokwe namose magulu nambo Akunnungu akugalisya. Ni ŵanyamwe ndi ŵakutopela kugapunda makungulu!
कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ!
25 Nipele, ŵaani mwa ŵanyamwe kwakulichenjeusya nnope akukombola kulijonjechesya namose lyuŵa limo mmoŵa ga umi wakwe?
तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र?
26 Nipele, iŵaga ngankukombola kuchitenda chachinandi mpela chelecho, ligongo chi nkuchenjeuchila ine yo?
त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ?
27 Nnole uluŵa umele wakwe. Ngaukupanganya masengo, atamuno ngaukuliluchila iwalo. Nambo ngunsalila kuti namose mwenye che Selemani ni ukulu wao wose nganawale yambone mpela limo lya uluŵa wo.
“लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
28 Nipele iŵaga Akunnungu akulitakusya yeleyo lisamba lya mwitinji lyalikumela lelo ni malaŵi likupatuka ni kwasikwa pa mooto, ana ngati chantakusye kwakupunda ŵanyamwe ŵandi ni chikulupi chamwana?
आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला!
29 “Nipele, ngasinlajila ichinlye atamuno iching'we namose ngasimma ni lipamba.
के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ।
30 Pakuŵa yose yo ikuchenjeuchilwa ni ŵandu ŵangakulupilila ŵa ilambo ine ya pachilambo pano. Nambo mwanya Atati ŵenu akumanyilila kuti nkuilajila yele indu.
किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ।
31 Nipele nsoseje kaje Umwenye wa Akunnungu ni indu ine chiijonjechekwe kukwenu.
तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
32 “Ngasinjogopa, ŵanyamwe mpingo wenondi! Pakuŵa Atati ŵenu yanonyele kumpa Umwenye wao.
“ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ।
33 Nsumisye inkwete nkaape ŵandu ŵakulaga mbiya syo. Nlipanganyichisye ilolo yangawisala ni kuligosela mbiko jangapunguka ni jangamala kwinani. Kwangaŵandichila ŵa wiyi atamuno konasika ni idudu.
तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन।
34 Pakuŵa pajili mbiko jenu, pele ntima wenu ni pachiuŵe.
किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
35 “Nliŵiche chile kwakutumichila ni kuleka imulichilo yenu ininkukolela.
“सेवाका निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख।
36 Mbe mpela achikapolo ŵakwalindilila ambuje ŵao kutyochela kuulombela kuti pakupoposya ŵaugulile nnango kwachitema.
अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्किआएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्।
37 Ŵana upile ŵele achikapolo ŵachachasimana ali meeso pachauje Ambuje ŵao! Isyene ngunsalila kuti ambuje wo chaaŵe chile kwatumichila, chiŵatamiche pakulila ni kwatumichila.
यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।
38 Iŵaga chauje pasikati chilo pane atamuno kuninkucha ni kwasimana ali meeso, ŵana upile achikapolo wo.
मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ।
39 Nambo mmanyilileje kuti iŵaga nsyene nyuumba akakamanyilile katema chi chaiche jwa wiyi, akaliji meeso, ngakajileche nyuumba jakwe jininkugumulikwa.
तर यो बुझिराख: घरका मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए त्यसले आफ्नो घर फोरिन दिनेथिएन।
40 Ŵanyamwe nombe nliŵiche chile, pakuŵa Mwana jwa Mundu akwika katema kangankulolela.”
तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।”
41 Che Petulo ŵausisye Che Yesu kuti, “Ambuje, ana chitagu chi chikutugamba uweji pe pane ŵandu wose?”
पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्टान्त हाम्रा लागि भन्नुभएको हो कि सबैका लागि?”
42 Ambuje ŵajanjile, “Ana kapolo jwakwimilila chi jwali jwakukulupilichika ni jwalunda, jwaŵichikwe ni ambujegwe kwajimilila achikapolo ŵao kuti ŵagaŵanyichisye yakulya pa katema kakusachilwa?
तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्?
43 Jwana upile kapolo juchasimanikwe ni ambujegwe ali nkupanganya yele katema pachauje.
उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।
44 Isyene ngunsalila kuti ambujegwe chambiche kapolojo kwimilila ipanje yakwe yose.
म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
45 Nambo, jwakutumichila ajilaga muntima mwakwe kuti, ambuje ŵangu akukaŵa kuuja ni kutanda kwaputa achikapolo achinjakwe achalume pane achakongwe ni kulya ni kung'wa ni kukolelwa,
तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने,
46 ambujegwe kapolo jula chauje pa lyuŵa lyangalilolela ni katema kangakukamanyilila chiŵakatanye ipande ipande ni kwaŵika liunjili limo ni ŵangakukulupilila.
त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्वासीहरूको स्थान दिनेछन्।
47 “Ni kapolo jwakumanyilila chakuchisaka ambujegwe, nambo ngakuliŵika chile kwa kupanganya yakusachilwa kupanganya ni ambujegwe, chaputikwe kwa nnope.
“त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ।
48 Nambo jwangakuimanyilila indu yakuisaka ambujegwe nombe akupanganya indu yaikuŵajilwa kulagaswa chaputikwe kwakanandi. Pakuŵa jwalijose juchapegwe yejinji chasachilwe kutyosya yejinji ni jwalijose jwapegwile kamulila yejinji chasachilwe kuusya yejinji nnope.
तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।
49 “Nyiche kukukolesya mooto pachilambo, none ngasachile nnope kuulola uli ukolele!
“म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो!
50 Nambo ngwete ubatiso wa masausyo gangusachilwa nagakole, nguŵijikanywa nnope mpaka masausyo ga ubatiso wo pachigamale.
तर मैले लिनुपर्ने एउटा बप्तिस्मा छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु!
51 Ana nkuganisya kuti nyiche nacho chitendewele pachilambo pano? Ngunsalila, ngwamba, nambo nyiche kukuntindanya.
के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ।
52 Kutandila sambano, ŵandu nsano ŵa uŵelesi umo chatindigane, ŵandu ŵatatu chaputane ni ŵandu ŵaŵili ni ŵandu ŵaŵili chaputane ni ŵandu ŵatatu.
अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन।
53 Atati chatindane ni mwanagwao nombe mwanache chatindane ni atatigwe, achikulu chatindane ni mwanagwe mwali nombe mwali chatindane ni achikulugwe, jwankongwe chatindane ni akwegwao nombe ŵelewo chatindane ni nkwegwao.”
तिनीहरू विभाजित हुनेछन्; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, बुहारीको विरुद्धमा सासू र सासूको विरुद्धमा बुहारी हुनेछ।”
54 Che Yesu ŵajisalile sooni mipingo ja ŵandu kuti, “Pankugawona maunde ganinkutyochela kulikutiŵilila lyuŵa, papopo ni nkuti lelo chijinye ula ni jikunya.
उहाँले भीडलाई भन्नुभयो: “तिमीहरूले पश्चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ।
55 Pajikupuga mbungo kutyochela kulujenda nkuti, ‘Lyuŵa chiliŵale lelo’ ni iyoyo peyo ikutyochela.
अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ।
56 Ŵanyamwe ŵa ulamba, nkukombola kulondola iichiŵe lelo kwakulola chilambo ni kwinani kwachichi nipele nkulepela kugamanyilila malumbo gakatemaka?
ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?
57 “Sooni kwachichi ngankulilamulila mwachimisyene chachili chambone chakuchipanganya?
“कुन कुरा ठिक हो भनी तिमीहरूले आफ्नै बारेमा किन निर्णय गर्दैनौ?
58 Pakuŵa ikaliji yambone ntende yaili yose kwilana nawo jwammagongo nli mwitala. Iŵaga ngaŵa yeleyo chanjausye kwa jwakulamula nombejo chanjausye kwa jwangondo nombejo champonye mu nyuumba jakutaŵilwa.
तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ।
59 Ngunsalila isyene kuti ngantyoka mwelemo mpaka pachimmalisye kulipa mbiya ja mbesi.”
म तिमीहरूलाई भन्दछु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।”