< Yohana 8 >

1 Pakumala yeleyo Che Yesu ŵajawile ku chikwesya cha Miseituni.
तर येशू जैतुन डाँडामा जानुभयो।
2 Malaŵi jakwe kundaŵi pe, Che Yesu ŵajawile sooni pa Nyuumba ja Akunnungu. Ŵandu wose ŵansyungwile, nombewo ŵatemi ni kutanda kwajiganya.
भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो।
3 Nipele Ŵakwiganya malajisyo pamo ni Mafalisayo ŵannyichenawo jwankongwe juŵakamwilwe ali nkutenda chikululu. Ŵanjimiche jwankongwe jo paujo pa ŵandu.
व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए,
4 Nipele ŵambusisye Che Yesu, “Jwakwiganya, jwankongwe ju akamwilwe ali nkutenda chikululu.
र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो।
5 Mmalajisyo getu che Musa ŵatulajisye yele, jwankongwe mpela aju aulajikwe kwa kuputikwa ni maganga. Nambi mmwejo nkuti uli?”
व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?”
6 Ŵatite yeleyo kuti ŵalinje Che Yesu akole chakumbechetela. Nambo Che Yesu ŵakoteme ni kulemba paasi ni chala chakwe.
तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो।
7 Paŵapundile kumbusya, Che Yesu ŵajinamukwiche ni kwasalila, “Naga kwana mundu jwalijose mwa ŵanyamwe jwanganakola sambi aŵe jwaandanda kumponya liganga.”
जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”
8 Nipele ŵakoteme sooni ni kulemba paasi.
अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।
9 Paŵapilikene yeleyo ŵatandite kutyoka jumo jumo achilongolelaga achachekulu. Che Yesu ŵasigele jikape ni jwankongwe jula ali ajimi palapala.
त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो।
10 Ni Che Yesu paŵajinamukwiche ŵambusisye jwankongwe jula, “Amao, ŵandu ŵala alinji kwapi? Uli, ngapagwa jwanlamwile mmwejo?”
तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”
11 Jwankongwe jula ŵajanjile, “Ambuje, ngapagwa namose jumo jwanamwile!” Nombe Che Yesu ŵansalile, “Uneji nombe ngangunlamula. Njaule, nambo kutandila sambano nkatenda sambi sooni.”
त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”
12 Che Yesu ŵakungulwiche sooni ni ŵandu achitiji, “Uneji ndili lilanguka lya pachilambo pano. Mundu jwalijose jwakunguya uneji ngajenda mu chipi ng'o, nambo chakole ni lilanguka lya umi.”
फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्‍डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
13 Nipele Mafalisayo ŵansalile, “Nkusala umboni wenu mwasyene, sambano umboni wenu uli wa unami.”
तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।”
14 Che Yesu ŵaajanjile, “Atamuno nasalaga umboni wangu nansyene, umboni wangu uli usyene ligongo uneji nakumanyi kungopochele ni kungwaula. Nambo mwanya ngankukumanyilila kungopochele ni kungwaula.
येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्‍ने बारेमा तिमीहरू जान्दैनौ।
15 Ŵanyamwe nkulamula kwa ng'anisyo sya chiundu nambo uneji ngangunlamula mundu.
तिमीहरू मानिसको दृष्‍टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ।
16 Naatamuno nalamulaga, ulamusi wangu uli usyene ligongo uneji ngangupanganya masengo jika, Atati ŵandumile une wo ali pamo ni une.
तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु।
17 Ilembekwe mmalajisyo genu, umboni wa ŵandu ŵaŵili uli wa usyene.
तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।
18 Uneji ngusala umboni wangu nansyene, ni Atati ŵandumile nombe akusala umboni wangu.”
मेरो आफ्नै विषयमा गवाही दिने एक जना म नै हुँ। अनि मेरो अर्को गवाहीचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”
19 Pelepo ŵambusisye, “Ana Atati ŵenu ali kwapi?” Che Yesu ŵajanjile, “Ŵanyamwe ngankuumanyilila uneji atamuno ngankummanyilila Atati ŵangu. Nkaamanyilile uneji nkaamanyilile Atati ŵangu nombe.”
तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ, न त मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ।”
20 Che Yesu ŵaŵechete maloŵe go mu chuumba cha mbiko, paŵaliji nkwiganya pa Nyuumba ja Akunnungu. Ni nganapagwa mundu juŵankamwile pakuŵa katema kakwe kaliji kakanaŵe kwika.
येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन।
21 Che Yesu ŵaasalile sooni, “Uneji ngwaula ni ŵanyamwe chimuusose, nambo chimmwe mu sambi syenu. Kungwaula uneji, ŵanyamwe ngankombola kwika.”
येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु, र तिमीहरूले मलाई खोज्नेछौ। अनि तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
22 Nipele, achakulu ŵa Ŵayahudi ŵatite, “Ana chaliulaje? Ana kwa ligongo chi akuti, ‘Kungwaula ŵanyamwe ngankombola kwika?’”
ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”
23 Che Yesu ŵaasalile, “Ŵanyamwe nkopochele papapa pachilambo cha paasi, nambo uneji ngopochele kwinani. Ŵanyamwe nlinji ŵa pachilambo pano, nambo uneji nguniŵa jwa pachilambo pano.
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ।
24 Kwaligongo lyo nansalile kuti chimmwe mu sambi syenu. Pakuŵa ngankukulupilila kuti, ‘Uneji ndili jwelejo’ chimmwe mu sambi syenu.”
मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्‍वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”
25 Nombe ŵanyawo ŵambusisye, “Ana mmwejo ni ŵaani?” Che Yesu ŵajanjile, “Uneji ndili jwelejo, mpela inansalile chitandile kundanda!
तिनीहरूले सोधे, “तिमी को हौ त?” येशूले जवाफ दिनुभयो, “म जो हुँ, मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ।
26 Ngwete yejinji yakuŵecheta ni kulamula nkati ŵanyamwe. Nambo ŵandumile une ali ŵausyene, none ngwasalila ŵandu wose ŵa pachilambo yeila pe imbilikene kutyochela kwa ŵelewo.”
तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्‍नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”
27 Ŵanyawo nganaimanyilila kuti Che Yesu ŵaŵechetaga nawo yankati ngani sya Akunnungu, Atati ŵao.
तर उहाँले पिताको विषयमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्।
28 Nipele Che Yesu ŵaasalile, “Pachimunnyakule Mwana jwa Mundu, pelepo ni pachimmanyilile kuti, ‘Uneji ndili jwelejo,’ ni chimmanyilile kuti ngangupanganya chachili chose nansyene, nambo nguŵecheta yeila pe inyiganyikwe ni Atati.
त्यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ।
29 Ŵandumile ŵala ali pamo ni uneji, nganaaneka jika, pakuŵa moŵa gose nguitendekanya aila yaikwanonyela.”
जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।”
30 Ŵandu ŵajinji ŵaŵampilikanile Che Yesu achiŵechetaga maloŵe ga ŵankulupilile.
उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्‍वास गरे।
31 Nipele Che Yesu ŵaasalile Ŵayahudi ŵaŵakulupilile ŵala kuti, “Mwaikamulichisyaga inanjigenye, chimme ŵakulijiganya ŵangu ŵa usyenesyene.
येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ।
32 Chimuumanyilile usyene, ni usyene wo chiuntende ŵalecheleswe.”
तब तिमीहरूले सत्यतालाई जान्‍नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
33 Nombe ŵanyawo ŵanjanjile, “Tuli uŵelesi u che Iblahimu ni nganituŵa achikapolo ŵa mundu jwalijose. Ana malumbo gakwe chichi pankuti, ‘Chinchilecheleswa?’”
तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?”
34 Che Yesu ŵaajanjile, “Ngunsalila isyene, mundu jwalijose jwakutendekanya sambi ali kapolo jwa sambi.
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो।
35 Kapolo ngakutama pamusi moŵa gose, nambo mwanache akutama pamusi moŵa gose. (aiōn g165)
घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। (aiōn g165)
36 Nipele Mwana annechelesyaga ŵanyamwe nombe chimbe ŵalecheleswe kusyenesyene.
त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्‍चै स्वतन्त्र हुनेछौ।
37 Naimanyi kuti ŵanyamwe nlinji uŵelesi u che Iblahimu. Nambo nkusaka kumulaga ligongo nkugakana majiganyo gangu.
तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन।
38 Uneji nguŵecheta aila pe yanosisye Atati ŵangu, nambo ŵanyamwe nkupanganya aila yansalile atati ŵenu.”
मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”
39 Ŵanyawo ŵanjanjile, “Uweji Atati ŵetu ali che Iblahimu!” Che Yesu ŵaasalile, “Ŵanyamwe nkaŵe ŵanache ŵa che Iblahimu nkaitendekenye aila iŵaitendekenye che Iblahimu.
तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” येशूले भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ।
40 Uneji nansalile usyene unaupilikene kutyochela kwa Akunnungu, atamuno yeleyo ŵanyamwe nkusaka kumulaga. Che Iblahimu nganapanganya yeleyo!
तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्।
41 Ŵanyamwe nkutendekanya ilaila yaitesile atati ŵenu.” Ŵanyawo ŵansalile, “Uweji nganitupagwe kwa chikululu! Tukwete atati ŵamope, ŵelewo ali Akunnungu.”
तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्‍वर हुनुहुन्छ।”
42 Che Yesu ŵaasalile, “Ikaŵe Akunnungu ali Atati ŵenu, nkaanonyele uneji pakuŵa uneji natyosile kwa Akunnungu ni sambano ndili papapa pepa. Nguniika kwa malamulo gangu nansyene nambo kwa malamulo ga ŵandumile une wo.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूका पिता परमेश्‍वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्‍वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्‍वरले पठाउनुभयो।
43 Ana kwachichi ngankugapilikanichisya ginguŵecheta ga? Ligongo ngankusaka kugapilikana maloŵe gangu.
मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्‍न सक्दैनौ।
44 Ŵanyamwe atati ŵenu Jwakulinga ni ŵanyamwe nkusaka kutendekanya yaikwanonyelesya atati ŵenu. Chitandile kundanda jwelejo ŵaliji jwakuulaga, ni nganawai kwima ku upande wa usyene, mwa jwelejo nganiupagwa usyene. Paakuŵecheta ya unami, akuŵecheta yatite kusyoŵelela, pakuŵa jwelejo ali jwa unami ni atati jwa unami wose.
तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।
45 Pakuŵa uneji ngunsalila usyene, ŵanyamwe ngankungulupilila.
किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ!
46 Mwa ŵanyamwe nduni juchakombole kuŵalanga umboni kuti uneji ngwete sambi? Ana iŵaga nguŵecheta usyene, kwachichi ngankungulupilila?
के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ?
47 Ŵandu ŵa Akunnungu akugapilikana maloŵe gakuŵecheta Akunnungu, ŵanyamwe ngankupilikana pakuŵa ŵanyamwe nganimma ŵandu ŵa Akunnungu.”
जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो, तिमीहरू परमेश्‍वरका होइनौ।”
48 Ŵayahudi ŵanjanjile Che Yesu, “Ana nganitusala uchenene kuti mmwejo ndi Msamalia ni sooni nkwete lisoka?”
यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?”
49 Che Yesu ŵajanjile, “Uneji nganingola lisoka. Uneji ngwachimbichisya Atati ŵangu, nambo ŵanyamwe ngankunjimbichisya une.
येशूले भन्‍नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ।
50 Uneji ngangulisosela ukulu wangu nansyene. Apali jumo jwakuusosela ukulu wo, nombejo ali jwakulamula.
म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ।
51 Ngunsalila isyene, mundu jwalijose jwakugakamulichisya majiganyo gangu ngaawa nambo chatame moŵa gose pangali mbesi.” (aiōn g165)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।” (aiōn g165)
52 Ŵayahudi ŵansalile Che Yesu, “Sambano twimanyi uchenene kuti mmwejo nkwete lisoka! Che Iblahimu ŵawile, ni ŵakulondola ŵa Akunnungu ŵawile iyoyo peyo, nomwe nkuti, ‘Mundu jwalijose agakamulichisyaga majiganyo gangu ngaawa!’ (aiōn g165)
अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ। (aiōn g165)
53 Ana mmwejo nkulitenda ŵakulungwa kwapunda atati ŵetu che Iblahimu juŵawile jula? Natamuno ŵakulondola ŵa Akunnungu ŵawile nombewo. Sambano mmwejo nkulitenda ŵaani?”
के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”
54 Che Yesu ŵajanjile, “Nalikusyaga une nansyene, ukulu wangu ngaŵa chindu. Atati ŵangu ŵankwaŵilanga Akunnungu ŵenu, ŵelewo ni ŵakungusya une.
येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ।
55 Ŵanyamwe ngannaŵe kwamanyilila, nambo uneji naamanyi. Nombe nasalaga kuti ngangwamanyilila, chime jwaunami mpela ŵanyamwe. Uneji ngwamanyilila ni ngulikamulichisya liloŵe lyao.
तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूसरह झूटो बन्‍ने थिएँ। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु।
56 Atati ŵenu che Iblahimu ŵasangalele aliwone lyuŵa lya kwika kwangu, nombewo ŵaliweni ni ŵasengwile.”
तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।”
57 Nipele Ŵayahudi ŵaasalile, “Mmwejo nkuti uli kuti mwaweni che Iblahimu nomwe nganinnyiche yaka makumi nsano?”
यहूदीहरूले उहाँलाई भने, “तिमी आफैँ पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?”
58 Che Yesu ŵaasalile, “Ngunsalila isyene, akanaŵe kupagwa che Iblahimu uneji napali.”
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!”
59 Pelepo ŵalokwete maganga achisakaga kwaponya, nambo Che Yesu ŵaalesile ni kutyoka pa Nyuumba ja Akunnungu.
यतिबेला तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे। तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्‍क बाहिर निस्केर जानुभयो।

< Yohana 8 >