< Yakobo 4 >

1 Ngondo ni kuputana mwa ŵanyamwe ikukopochela kwapi? Ana ngaŵa ikutyochela mu tama syenu syasikukanilana mu nkati mwenu?
तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र?
2 Nkulajila indu, ni pakuŵa ngankwipata, nkukombola kuulaga. Nkulajila kwannope kukola indu yejinji nambo ngankukombola kwipata, kwayele nkutandana ni kuputana. Ngankupata indu inkwisaka pakuŵa ngankwaŵenda Akunnungu.
तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ।
3 Namose pankuŵenda, ngankupata pakuŵa nkuŵenda ni nningwa wangaŵa wambone, kuti nkombole kukwanisya tama syenu.
तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ।
4 Mwanya ŵandu ŵangakulupilichika! Ngankwimanyilila kuti kutenda uganja ni chilambo uli umagongo ni Akunnungu? Kwapele jwalijose jwakusaka kutenda uganja ni chilambo akulitesya jwammagongo jwa Akunnungu.
तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ।
5 Nkaganichisya kuti Malembelo ga Akunnungu gakuti maloŵe gangali chindu pagakuti, “Mbumu jwa Akunnungu jwaŵichikwe mwetuwe akwete wiiu ligongo lyetu.”
अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ?
6 Nambo umbone wa Akunnungu ukwete machili gamakulungwa nnope mpela yagakuti pakusala Malembelo ga Akunnungu, “Akunnungu akwakanila ŵaali ni chibuli nambo akwapa upile ŵakulitulusya.”
तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”
7 Kwayele nkunde kulongoswa ni Akunnungu. Mwakanile Shetani nombeŵo chambutuche.
यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
8 Mwaŵandichile Akunnungu nombewo chambandichile. Njosye makono genu mwanya ŵandi ŵa sambi. Nswejesye mitima jenu mwanya ŵaulamba.
परमेश्‍वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
9 Nsupuche, nlile ni kulila kwamalumbo. Lukondwa lwenu luŵe kusupuka ni kuseka kwenu kuŵe kulila kwamalumbo.
दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्।
10 Nlitulusye paujo pa Ambuje nombewo chankwesye.
प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
11 Achinjangu nkalalatilana mwachinsyene. Mundu jwakunlalatila njakwe ni kunlamula, jwelejo akugalalatila ni kugalamula malajisyo. Naga nkugalamula malajisyo mmwe ngankugajitichisya malajisyo nambo nkugalamula.
हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ।
12 Akunnungu jikape ni ŵakugatyosya Malajisyo ni kulamula. Ni ŵelewo pe ni ŵakukombola kukulupusya ni kuulaga. Ana mmwe nli ŵaani junkwalamula ŵandu ŵane?
व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ; परमेश्‍वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?
13 Sambano mpilikanile mwanya ŵankuti, “Lelo pane malaŵi tutujaule lisi limo, tukatame chaka chansima kweleko, ni kusumisya malonda ni kupata mbiya.”
अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, “हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।”
14 Mwanya ngankwimanyilila ichiikopochele malaŵi mu umi wenu. Mwanya ndi mpela lipundugulu lyalikuwoneka katema kakajipi ni kusoŵa.
तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।
15 Ŵanyamwe mwasachilwe kuŵecheta yeleyi: “Ambuje asakaga chitutame ni kuchipanganya achi ni chelechi.”
यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला” भन्‍नुपर्नेथियो।
16 Nambo sambano, nkulilapa ni kuligamba. Kulilapa kwati yeleyo kuli chigongomalo.
तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्‍टता हो।
17 Nipele, mundu jwalijose jwakumanyilila chachili chambone chakusachilwa kuchitenda, nambo ngakuchitenda, mundu jo akupanganya sambi.
त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्‍ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ।

< Yakobo 4 >