< 約伯記 8 >

1 書亞人比勒達回答說:
तब बिल्दाद शुहीले जवाफ दिए र भने,
2 這些話你要說到幾時? 口中的言語如狂風要到幾時呢?
“तपाईं कहिलेसम्म यी कुरा भन्‍नुहुन्छ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन्?
3 上帝豈能偏離公平? 全能者豈能偏離公義?
के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
4 或者你的兒女得罪了他; 他使他們受報應。
तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्‍दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो ।
5 你若殷勤地尋求上帝, 向全能者懇求;
तर मानौँ, तपाईंले परमेश्‍वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्‌लाई चढाउनुभयो ।
6 你若清潔正直, 他必定為你起來, 使你公義的居所興旺。
तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्‍चय पनि तपाईंको पक्ष लिनुहुन्‍छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्‍छ ।
7 你起初雖然微小, 終久必甚發達。
तपाईंको सुरुआत् सानो भए तापनि, तपाईंको आखिरी अवस्था महान् हुन्‍छ ।
8 請你考問前代, 追念他們的列祖所查究的。
कृपया पहिलेका पुस्ताहरूलाई सोध्‍नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्‍नो ध्यान लगाउनुहोस् ।
9 我們不過從昨日才有,一無所知; 我們在世的日子好像影兒。
(हामी हिजो मात्र जन्मियौं र हामी केही जन्‍दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)
10 他們豈不指教你,告訴你, 從心裏發出言語來呢?
के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन्?
11 蒲草沒有泥豈能發長? 蘆荻沒有水豈能生發?
के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ? के पानीविना निगालाहरू बढ्छन्?
12 尚青的時候,還沒有割下, 比百樣的草先枯槁。
ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्‍छन् ।
13 凡忘記上帝的人,景況也是這樣; 不虔敬人的指望要滅沒。
परमेश्‍वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्‍छन् । ईश्‍वरहीनको आशा नष्‍ट हुन्‍छन् ।
14 他所仰賴的必折斷; 他所倚靠的是蜘蛛網。
उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ ।
15 他要倚靠房屋,房屋卻站立不住; 他要抓住房屋,房屋卻不能存留。
ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।
16 他在日光之下發青, 蔓子爬滿了園子;
घामको मुनि त्‍यो हरियो हुन्छ, र त्‍यसका पालुवाहरू त्‍यसको सारा बगैँचामा फैलिन्‍छ ।
17 他的根盤繞石堆, 扎入石地。
त्‍यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् । तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन् ।
18 他若從本地被拔出, 那地就不認識他,說: 我沒有見過你。
तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्‍ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्‍नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
19 看哪,這就是他道中之樂; 以後必另有人從地而生。
हेर्नुहोस्, त्यस्तो व्यक्तिको व्यवहारको 'आनन्द' यही हो । त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन् ।
20 上帝必不丟棄完全人, 也不扶助邪惡人。
हेर्नुहोस्, परमेश्‍वरले निर्दोष मानिसलाई फाल्‍नुहुन्‍न, न त उहाँले दुष्‍ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।
21 他還要以喜笑充滿你的口, 以歡呼充滿你的嘴。
तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।
22 恨惡你的要披戴慚愧; 惡人的帳棚必歸於無有。
तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्‍टको पाल फेरि रहनेछैन ।”

< 約伯記 8 >