< 撒母耳記下 22 >
1 當耶和華救大衛脫離一切仇敵和掃羅之手的日子,他向耶和華念這詩,
त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
2 說: 耶和華是我的巖石, 我的山寨,我的救主,
तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।
3 我的上帝,我的磐石,我所投靠的。 他是我的盾牌,是拯救我的角, 是我的高臺,是我的避難所。 我的救主啊,你是救我脫離強暴的。
परमेश्वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।
4 我要求告當讚美的耶和華, 這樣,我必從仇敵手中被救出來。
म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्ना शत्रुहरूबाट बचाइने छु ।
किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।
6 陰間的繩索纏繞我, 死亡的網羅臨到我。 (Sheol )
चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे । (Sheol )
7 我在急難中求告耶和華, 向我的上帝呼求。 他從殿中聽了我的聲音; 我的呼求入了他的耳中。
मेरो कष्टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्नो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो र सहायताको निम्ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।
8 那時因他發怒,地就搖撼戰抖; 天的根基也震動搖撼。
त्यसपछि पृथ्वी काम्यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्वर रिसाउनुभएको थियो ।
9 從他鼻孔冒煙上騰; 從他口中發火焚燒,連炭也着了。
उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए ।
उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्लो अँध्यारो उहाँको पाउमुनि थियो ।
उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।
12 他以黑暗和聚集的水、 天空的厚雲為他四圍的行宮。
उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे ।
परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्चले कराउनुभयो ।
15 他射出箭來,使仇敵四散, 發出閃電,使他們擾亂。
उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्ट पार्नुभयो ।
16 耶和華的斥責一發,鼻孔的氣一出, 海底就出現,大地的根基也顯露。
अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।
उहाँ माथिबाट तल पग्नुभयो । उहाँले मलाई समात्नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।
18 他救我脫離我的勁敵和那些恨我的人, 因為他們比我強盛。
मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।
19 我遭遇災難的日子,他們來攻擊我; 但耶和華是我的倚靠。
मेरो कष्टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो ।
20 他又領我到寬闊之處; 他救拔我,因他喜悅我。
उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्न हुनुभयो ।
21 耶和華按着我的公義報答我, 按着我手中的清潔賞賜我。
परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ ।
22 因為我遵守了耶和華的道, 未曾作惡離開我的上帝。
किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट भड्किएर दुष्टतासाथ काम गरेको छैन ।
23 他的一切典章常在我面前; 他的律例,我也未曾離棄。
किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्बन्धमा तीबाट म तर्केको छैन ।
24 我在他面前作了完全人; 我也保守自己遠離我的罪孽。
म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
25 所以耶和華按我的公義, 按我在他眼前的清潔賞賜我。
यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ ।
26 慈愛的人,你以慈愛待他; 完全的人,你以完全待他;
विश्वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ ।
27 清潔的人,你以清潔待他; 乖僻的人,你以彎曲待他。
शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्नुहुन्छ ।
28 困苦的百姓,你必拯救; 但你的眼目察看高傲的人,使他降卑。
कष्टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ ।
29 耶和華啊,你是我的燈; 耶和華必照明我的黑暗。
किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।
किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्वरद्वारा म पर्खाल नाघ्न सक्छु ।
31 至於上帝,他的道是完全的; 耶和華的話是煉淨的。 凡投靠他的,他便作他們的盾牌。
परमेश्वरको सम्बन्धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
32 除了耶和華,誰是上帝呢? 除了我們的上帝,誰是磐石呢?
किनभने परमप्रभुबाहेक को परमेश्वर छ र, अनि हाम्रो परमेश्वरबाहेक को चट्टान छ र?
33 上帝是我堅固的保障; 他引導完全人行他的路。
परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा डोर्याउनुहुन्छ ।
34 他使我的腳快如母鹿的蹄, 又使我在高處安穩。
उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्च स्थानहरूमा राख्नुहुन्छ ।
35 他教導我的手能以爭戰, 甚至我的膀臂能開銅弓。
उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
36 你把你的救恩給我作盾牌; 你的溫和使我為大。
तपाईंले मलाई तपाईंको मुक्तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्लेका छैनन् ।
38 我追趕我的仇敵,滅絕了他們, 未滅以先,我沒有歸回。
मैले आफ्ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ ।
39 我滅絕了他們, 打傷了他們,使他們不能起來; 他們都倒在我的腳下。
मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् ।
40 因為你曾以力量束我的腰,使我能爭戰; 你也使那起來攻擊我的都服在我以下。
तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्नुभयो ।
41 你又使我的仇敵在我面前轉背逃跑, 叫我能以剪除那恨我的人。
तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।
42 他們仰望,卻無人拯救; 就是呼求耶和華,他也不應允。
तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
43 我搗碎他們,如同地上的灰塵, 踐踏他們,四散在地,如同街上的泥土。
मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्चमिल्ची बनाएँ ।
44 你救我脫離我百姓的爭競, 保護我作列國的元首; 我素不認識的民必事奉我。
मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।
45 外邦人要投降我, 一聽見我的名聲就必順從我。
विदेशीहरूलाई मेरो सामु झुक्न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे ।
विदेशीहरू आफ्ना किल्लाहरूबाट थरथर काम्दै आए ।
47 耶和華是活神,願我的磐石被人稱頌! 願上帝-那拯救我的磐石被人尊崇!
परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्तिको चट्टान परमेश्वर उच्च पारिनुभएको होस् ।
48 這位上帝就是那為我伸冤、 使眾民服在我以下的。
उहाँ नै परमेश्वर हुनुहुन्छ जसले मेरो बदला लिनुहुन्छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।
49 你救我脫離仇敵, 又把我舉起,高過那些起來攻擊我的; 你救我脫離強暴的人。
मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।
50 耶和華啊,因此我要在外邦中稱謝你, 歌頌你的名。
यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।
51 耶和華賜極大的救恩給他所立的王, 施慈愛給他的受膏者, 就是給大衛和他的後裔, 直到永遠!
परमेश्वर आफ्नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्नो अभिषिक्त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।”