< 诗篇 119 >

1 行为完全、遵行耶和华律法的, 这人便为有福!
तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् ।
2 遵守他的法度、一心寻求他的, 这人便为有福!
तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्‍नो सारा हृदयले उहाँको खोजी गर्छन् ।
3 这人不做非义的事, 但遵行他的道。
तिनीहरूले कुनै खराबी गर्दैनन् । तिनीहरू उहाँका मार्गहरूमा हिंड्छन् ।
4 耶和华啊,你曾将你的训词吩咐我们, 为要我们殷勤遵守。
तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको छ, ताकि हामी तिनलाई होसियारीसाथ पालन गर्न सकौं ।
5 但愿我行事坚定, 得以遵守你的律例。
तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो
6 我看重你的一切命令, 就不至于羞愧。
तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।
7 我学了你公义的判语, 就要以正直的心称谢你。
मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु ।
8 我必守你的律例; 求你总不要丢弃我!
म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्‍ता नगर्नुहोस् ।
9 少年人用什么洁净他的行为呢? 是要遵行你的话!
जवान व्‍यक्‍तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ? तपाईंको वचन पालन गरेर सक्‍छ ।
10 我一心寻求了你; 求你不要叫我偏离你的命令。
आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
11 我将你的话藏在心里, 免得我得罪你。
तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
12 耶和华啊,你是应当称颂的! 求你将你的律例教训我!
हे परमप्रभु, तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
13 我用嘴唇传扬你口中的一切典章。
तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्‍नो मुखले घोषणा गरेको छु ।
14 我喜悦你的法度, 如同喜悦一切的财物。
सारा धनसम्‍पत्तिमा भन्दा बढी म तपाईंको करारका आदेशहरूका मार्गमा आनन्‍दित हुन्‍छु ।
15 我要默想你的训词, 看重你的道路。
म तपाईंको सुझावहरूमा ध्‍यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्‍ता गर्नेछु ।
16 我要在你的律例中自乐; 我不忘记你的话。
म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन ।
17 求你用厚恩待你的仆人,使我存活, 我就遵守你的话。
आफ्‍नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्‍न र तपाईंको वचन पालन गर्न सकूँ ।
18 求你开我的眼睛, 使我看出你律法中的奇妙。
मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्‍न सकूँ ।
19 我是在地上作寄居的; 求你不要向我隐瞒你的命令!
देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् ।
20 我时常切慕你的典章, 甚至心碎。
हर समय तपाईंका धार्मिक आदेशहरू जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् ।
21 受咒诅、偏离你命令的骄傲人, 你已经责备他们。
तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।
22 求你除掉我所受的羞辱和藐视, 因我遵守你的法度。
अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु ।
23 虽有首领坐着妄论我, 你仆人却思想你的律例。
शासकहरूले मेरो षड्यन्त्र र निन्‍दा गरे पनि, तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्‍यान दिन्‍छ ।
24 你的法度是我所喜乐的, 是我的谋士。
तपाईंका करारका आदेशहरू मेरो आनन्द हुन् र तिनीहरू मेरा सल्‍लाहकारहरू हुन् ।
25 我的性命几乎归于尘土; 求你照你的话将我救活!
मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।
26 我述说我所行的,你应允了我; 求你将你的律例教训我!
तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
27 求你使我明白你的训词, 我就思想你的奇事。
तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ ।
28 我的心因愁苦而消化; 求你照你的话使我坚立!
शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।
29 求你使我离开奸诈的道, 开恩将你的律法赐给我!
छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् ।
30 我拣选了忠信的道, 将你的典章摆在我面前。
विश्‍वस्‍तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्‍नो सामु राखेको छु ।
31 我持守你的法度; 耶和华啊,求你不要叫我羞愧!
तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् ।
32 你开广我心的时候, 我就往你命令的道上直奔。
तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्‍यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ ।
33 耶和华啊,求你将你的律例指教我, 我必遵守到底!
हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।
34 求你赐我悟性,我便遵守你的律法, 且要一心遵守。
मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्‍नो सारा हृदयले यो म पालन गर्नेछु ।
35 求你叫我遵行你的命令, 因为这是我所喜乐的。
तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्‍याउनुहोस्, किनकि त्‍यसमा हिंड्न म खुसी हुन्छु ।
36 求你使我的心趋向你的法度, 不趋向非义之财。
मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर, र अधार्मिक फाइदाबाट टाढा लैजानुहोस् ।
37 求你叫我转眼不看虚假, 又叫我在你的道中生活。
व्‍यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।
38 你向敬畏你的人所应许的话, 求你向仆人坚定!
तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो ।
39 求你使我所怕的羞辱远离我, 因你的典章本为美。
मलाई डर लाग्‍ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्‍छन् ।
40 我羡慕你的训词; 求你使我在你的公义上生活!
हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् ।
41 耶和华啊,愿你照你的话,使你的慈爱, 就是你的救恩,临到我身上,
हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।
42 我就有话回答那羞辱我的, 因我倚靠你的话。
तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।
43 求你叫真理的话总不离开我口, 因我仰望你的典章。
मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।
44 我要常守你的律法, 直到永永远远。
तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।
45 我要自由而行, 因我素来考究你的训词。
म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।
46 我也要在君王面前论说你的法度, 并不至于羞愧。
तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्‍नेछु र म लाज मान्‍नेछैन ।
47 我要在你的命令中自乐; 这命令素来是我所爱的。
तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु ।
48 我又要遵行你的命令, 这命令素来是我所爱的; 我也要思想你的律例。
तपाईंका आज्ञाहरूतिर म आफ्‍ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्‍यान गर्नेछु ।
49 求你记念向你仆人所应许的话, 叫我有盼望。
तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ ।
50 这话将我救活了; 我在患难中,因此得安慰。
यो मेरो संकष्‍टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।
51 骄傲的人甚侮慢我, 我却未曾偏离你的律法。
घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन ।
52 耶和华啊,我记念你从古以来的典章, 就得了安慰。
हे परमप्रभु, प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु, र म आफैंलाई सान्त्वना दिन्छु ।
53 我见恶人离弃你的律法, 就怒气发作,犹如火烧。
तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्‍टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ ।
54 我在世寄居, 素来以你的律例为诗歌。
म अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् ।
55 耶和华啊,我夜间记念你的名, 遵守你的律法。
हे परमप्रभु, म रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु र म तपाईंको व्यवस्था पालन गर्छु ।
56 我所以如此, 是因我守你的训词。
यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु ।
57 耶和华是我的福分; 我曾说,我要遵守你的言语。
परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।
58 我一心求过你的恩; 愿你照你的话怜悯我!
तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् ।
59 我思想我所行的道, 就转步归向你的法度。
मैले आफ्‍ना मार्गहरू जाँच गरें र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ ।
60 我急忙遵守你的命令, 并不迟延。
तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ ।
61 恶人的绳索缠绕我, 我却没有忘记你的律法。
दुष्‍टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् । मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन ।
62 我因你公义的典章, 半夜必起来称谢你。
तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्यवाद दिन म मध्यरातमा उठ्छु ।
63 凡敬畏你、守你训词的人, 我都与他作伴。
तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ ।
64 耶和华啊,你的慈爱遍满大地; 求你将你的律例教训我!
हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्‍वस्‍तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
65 耶和华啊,你向来是照你的话善待仆人。
हे परमप्रभु, तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ ।
66 求你将精明和知识赐给我, 因我信了你的命令。
मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु ।
67 我未受苦以先走迷了路, 现在却遵守你的话。
संकष्‍टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।
68 你本为善,所行的也善; 求你将你的律例教训我!
तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
69 骄傲人编造谎言攻击我, 我却要一心守你的训词。
अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।
70 他们心蒙脂油, 我却喜爱你的律法。
तिनीहरूका हृदय कठोर भएका छन्, तर म तपाईंको व्यवस्थामा खुसी हुन्छु
71 我受苦是与我有益, 为要使我学习你的律例。
मैले सतावट भोगेको मेरो निम्ति असल हुन्‍छ, ताकि म तपाईंका विधिहरू सिक्‍न सक्‍छु ।
72 你口中的训言与我有益, 胜于千万的金银。
तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् ।
73 你的手制造我,建立我; 求你赐我悟性,可以学习你的命令!
तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्‍न सकूँ ।
74 敬畏你的人见我就要欢喜, 因我仰望你的话。
तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।
75 耶和华啊,我知道你的判语是公义的; 你使我受苦是以诚实待我。
हे परमप्रभु, तपाईंका आदेशहरू निष्‍पक्ष छन् र विश्‍वस्‍ततामा तपाईंले मलाई कष्‍ट दिनुभयो भनी म जान्दछु ।
76 求你照着应许仆人的话, 以慈爱安慰我。
आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्‍तताले मलाई सान्त्वना देओस् ।
77 愿你的慈悲临到我,使我存活, 因你的律法是我所喜爱的。
मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।
78 愿骄傲人蒙羞,因为他们无理地倾覆我; 但我要思想你的训词。
घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्‍यान गर्नेछु ।
79 愿敬畏你的人归向我, 他们就知道你的法度。
तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून्, जसले तपाईंका करारका आदेशहरू जान्दछन् ।
80 愿我的心在你的律例上完全, 使我不致蒙羞。
तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ ।
81 我心渴想你的救恩, 仰望你的应许。
तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु ।
82 我因盼望你的应许眼睛失明,说: 你何时安慰我?
तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ?
83 我好像烟薰的皮袋, 却不忘记你的律例。
किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्‍न ।
84 你仆人的年日有多少呢? 你几时向逼迫我的人施行审判呢?
तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?
85 不从你律法的骄傲人为我掘了坑。
तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् ।
86 你的命令尽都诚实; 他们无理地逼迫我,求你帮助我!
तपाईंका सबै आज्ञा विश्‍वासनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् ।
87 他们几乎把我从世上灭绝, 但我没有离弃你的训词。
तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ ।
88 求你照你的慈爱将我救活, 我就遵守你口中的法度。
तपाईंको अटल प्रमले मलाई जीवित राख्‍नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ ।
89 耶和华啊,你的话安定在天, 直到永远。
हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।
90 你的诚实存到万代; 你坚定了地,地就长存。
तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।
91 天地照你的安排存到今日; 万物都是你的仆役。
तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्‍नुभएझैं आजको दिनसम्म सबै थोक निरन्‍तर रहन्छ, किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन् ।
92 我若不是喜爱你的律法, 早就在苦难中灭绝了!
तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्‍नो कष्‍टमा नाश भएको हुन्‍थें ।
93 我永不忘记你的训词, 因你用这训词将我救活了。
तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्‍नुभएको छ ।
94 我是属你的,求你救我, 因我寻求了你的训词。
म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।
95 恶人等待我,要灭绝我, 我却要揣摩你的法度。
दुष्‍टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्‍न खोज्‍नेछु ।
96 我看万事尽都有限, 惟有你的命令极其宽广。
सबै थोकका सिमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू भने सिमाभन्दा परसम्‍म फराकिला छन् ।
97 我何等爱慕你的律法, 终日不住地思想。
ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु! यो नै मेरो दिनभरिको ध्‍यान हो ।
98 你的命令常存在我心里, 使我比仇敌有智慧。
तपाईंका आज्ञाहरूले मलाई आफ्‍ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् ।
99 我比我的师傅更通达, 因我思想你的法度。
मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्‍यान गर्छु ।
100 我比年老的更明白, 因我守了你的训词。
मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो ।
101 我禁止我脚走一切的邪路, 为要遵守你的话。
हरेक खराब मार्गबाट मैले आफ्‍ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।
102 我没有偏离你的典章, 因为你教训了我。
तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।
103 你的言语在我上膛何等甘美, 在我口中比蜜更甜!
तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!
104 我借着你的训词得以明白, 所以我恨一切的假道。
तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु ।
105 你的话是我脚前的灯, 是我路上的光。
तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्‍यालो हो ।
106 你公义的典章,我曾起誓遵守, 我必按誓而行。
मैले शपथ खाएको छु र ‍पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
107 我甚是受苦; 耶和华啊,求你照你的话将我救活!
म धेरै कष्‍टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्‍तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।
108 耶和华啊,求你悦纳我口中的赞美为供物, 又将你的典章教训我!
हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् ।
109 我的性命常在危险之中, 我却不忘记你的律法。
मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्‍न ।
110 恶人为我设下网罗, 我却没有偏离你的训词。
दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
111 我以你的法度为永远的产业, 因这是我心中所喜爱的。
तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्‍नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।
112 我的心专向你的律例, 永远遵行,一直到底。
सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।
113 心怀二意的人为我所恨; 但你的律法为我所爱。
दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
114 你是我藏身之处,又是我的盾牌; 我甚仰望你的话语。
तपाईं मेरो लुक्‍ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।
115 作恶的人哪,你们离开我吧! 我好遵守我 神的命令。
हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ ।
116 求你照你的话扶持我,使我存活, 也不叫我因失望而害羞。
मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्‍जित हुनु नपरोस् ।
117 求你扶持我,我便得救, 时常看重你的律例。
मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।
118 凡偏离你律例的人,你都轻弃他们, 因为他们的诡诈必归虚空。
तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्‍वासनीय छन् ।
119 凡地上的恶人,你除掉他,好像除掉渣滓; 因此我爱你的法度。
तपाईंले दुष्‍टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु ।
120 我因惧怕你,肉就发抖; 我也怕你的判语。
तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ ।
121 我行过公平和公义, 求你不要撇下我给欺压我的人!
जे निष्‍पक्ष र ठिक छ सो म गर्छु । मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस् ।
122 求你为仆人作保,使我得好处, 不容骄傲人欺压我!
तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।
123 我因盼望你的救恩 和你公义的话眼睛失明。
तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् ।
124 求你照你的慈爱待仆人, 将你的律例教训我。
तपाईंको सेवकलाई आफ्‍नो करारको विश्‍वस्‍तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् ।
125 我是你的仆人,求你赐我悟性, 使我得知你的法度。
म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्‍न सकूँ ।
126 这是耶和华降罚的时候, 因人废了你的律法。
यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्‍ग गरेका छन् ।
127 所以,我爱你的命令胜于金子, 更胜于精金。
साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।
128 你一切的训词,在万事上我都以为正直; 我却恨恶一切假道。
यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।
129 你的法度奇妙, 所以我一心谨守。
तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।
130 你的言语一解开就发出亮光, 使愚人通达。
तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ ।
131 我张口而气喘, 因我切慕你的命令。
म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।
132 求你转向我,怜悯我, 好像你素常待那些爱你名的人。
तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् ।
133 求你用你的话使我脚步稳当, 不许什么罪孽辖制我。
तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।
134 求你救我脱离人的欺压, 我要遵守你的训词。
मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।
135 求你用脸光照仆人, 又将你的律例教训我。
तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
136 我的眼泪下流成河, 因为他们不守你的律法。
मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।
137 耶和华啊,你是公义的; 你的判语也是正直的!
हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।
138 你所命定的法度是凭公义和至诚。
तपाईंले आफ्‍नो करारका आदेशहरू धार्मिक रूपमा र विश्‍वस्‍ततासाथ दिनुभएको छ ।
139 我心焦急,如同火烧, 因我敌人忘记你的言语。
रिसले मलाई नष्‍ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।
140 你的话极其精炼, 所以你的仆人喜爱。
तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ ।
141 我微小,被人藐视, 却不忘记你的训词。
म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्‍न ।
142 你的公义永远长存; 你的律法尽都真实。
तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।
143 我遭遇患难愁苦, 你的命令却是我所喜爱的。
संकष्‍ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
144 你的法度永远是公义的; 求你赐我悟性,我就活了。
तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।
145 耶和华啊,我一心呼吁你; 求你应允我,我必谨守你的律例!
मैले आफ्‍नो सम्‍पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।
146 我向你呼吁,求你救我! 我要遵守你的法度。
म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”
147 我趁天未亮呼求; 我仰望了你的言语。
बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।
148 我趁夜更未换将眼睁开, 为要思想你的话语。
रातका पहरहरू बद्‍लिनुअगि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि म तपाईंको वचनमा ध्‍यान गर्न सकूँ ।
149 求你照你的慈爱听我的声音; 耶和华啊,求你照你的典章将我救活!
तपाईंको करारको विश्‍वस्‍ततामा मेरो सोर सुन्‍नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।
150 追求奸恶的人临近了; 他们远离你的律法。
मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।
151 耶和华啊,你与我相近; 你一切的命令尽都真实!
हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् ।
152 我因学你的法度, 久已知道是你永远立定的。
धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्‍थापित गर्नुभएको थियो ।
153 求你看顾我的苦难,搭救我, 因我不忘记你的律法。
मेरो कष्‍टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्‍न ।
154 求你为我辨屈,救赎我, 照你的话将我救活。
मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्‍नुहोस् ।
155 救恩远离恶人, 因为他们不寻求你的律例。
उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।
156 耶和华啊,你的慈悲本为大; 求你照你的典章将我救活。
हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।
157 逼迫我的,抵挡我的,很多, 我却没有偏离你的法度。
मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जान छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन ।
158 我看见奸恶的人就甚憎恶, 因为他们不遵守你的话。
धोकेबाजलाई म घृणाको दृष्‍टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् ।
159 你看我怎样爱你的训词! 耶和华啊,求你照你的慈爱将我救活!
हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्‍वस्‍तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।
160 你话的总纲是真实; 你一切公义的典章是永远长存。
तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् ।
161 首领无故地逼迫我, 但我的心畏惧你的言语。
शासकहरूले मलाई विनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ ।
162 我喜爱你的话, 好像人得了许多掳物。
कसैले धेरै लूटको माल पाएझैं म तपाईंको वचनमा आनन्‍दित हुन्‍छु ।
163 谎话是我所恨恶所憎嫌的; 惟你的律法是我所爱的。
झुटलाई म घृणा र तिरस्कार गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
164 我因你公义的典章一天七次赞美你。
तपाईंको धार्मिक आदेशहरूका कारणले दिनमा सातपल्‍ट म तपाईंको प्रशंसा गर्छु ।
165 爱你律法的人有大平安, 什么都不能使他们绊脚。
तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्ति हुन्छ । तिनीहरूलाई कुनै कुराले ठेस खान दिंदैन ।
166 耶和华啊,我仰望了你的救恩, 遵行了你的命令。
हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु ।
167 我心里守了你的法度; 这法度我甚喜爱。
म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु ।
168 我遵守了你的训词和法度, 因我一切所行的都在你面前。
तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ ।
169 耶和华啊,愿我的呼吁达到你面前, 照你的话赐我悟性。
हे परमप्रभु, सहायताको निम्ति मेरो पुकारा सुन्‍नुहोस् । तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस् ।
170 愿我的恳求达到你面前, 照你的话搭救我。
मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् ।
171 愿我的嘴发出赞美的话, 因为你将律例教训我。
मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्‍ना विधिहरू सिकाउनुहुन्छ ।
172 愿我的舌头歌唱你的话, 因你一切的命令尽都公义。
मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस्, किनकि तपाईंका सबै आज्ञा ठिक छन् ।
173 愿你用手帮助我, 因我拣选了你的训词。
तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।
174 耶和华啊,我切慕你的救恩! 你的律法也是我所喜爱的。
हे परमप्रभु, म तपाईंको उद्धारको इच्‍छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।
175 愿我的性命存活,得以赞美你! 愿你的典章帮助我!
म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् ।
176 我如亡羊走迷了路,求你寻找仆人, 因我不忘记你的命令。
हराएको भेडाझैं म बरालिएको छु । आफ्‍नो सेवकलाई खोज्नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।

< 诗篇 119 >