< 以赛亚书 30 >
1 耶和华说: 祸哉!这悖逆的儿女。 他们同谋,却不由于我, 结盟,却不由于我的灵, 以致罪上加罪;
यो परमप्रभुको घोषणा हो, “धिक्कार विद्रोही छोराछोरीलाई! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।
2 起身下埃及去,并没有求问我; 要靠法老的力量加添自己的力量, 并投在埃及的荫下。
तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।
3 所以,法老的力量必作你们的羞辱; 投在埃及的荫下,要为你们的惭愧。
यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,
यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।
5 他们必因那不利于他们的民蒙羞。 那民并非帮助,也非利益, 只作羞耻凌辱。
आफूलाई सहायता गर्न नसक्ने मानिसहरूको कारणले तिनीहरू लज्जित हुनेछन्, जो न सहायता न मदत हुन्, तर शर्म र अपमान हुन्छन् ।”
6 论南方牲畜的默示: 他们把财物驮在驴驹的脊背上, 将宝物驮在骆驼的肉鞍上, 经过艰难困苦之地, 就是公狮、母狮、蝮蛇、火焰的飞龙之地, 往那不利于他们的民那里去。
नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्ना सम्पत्ति र ऊँटहरूलाई आफ्ना बहुमूल्य भण्डारहरू बोकाउँछन् ।
7 埃及的帮助是徒然无益的; 所以我称她为“坐而不动的拉哈伯”。
किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।
8 现今你去, 在他们面前将这话刻在版上, 写在书上, 以便传留后世,直到永永远远。
अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।
9 因为他们是悖逆的百姓、说谎的儿女, 不肯听从耶和华训诲的儿女。
किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्ने छोराछोरी हुन् ।
10 他们对先见说:不要望见不吉利的事, 对先知说:不要向我们讲正直的话; 要向我们说柔和的话, 言虚幻的事。
तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।
11 你们要离弃正道,偏离直路, 不要在我们面前再提说以色列的圣者。
मार्गबाट तर्की जानुहोस्, बाटोबाट हट्नुहोस् । इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् ।”
12 所以,以色列的圣者如此说: 因为你们藐视这训诲的话, 倚赖欺压和乖僻,以此为可靠的,
यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्यसमा अडेको छौ,
13 故此,这罪孽在你们身上, 好像将要破裂凸出来的高墙, 顷刻之间忽然坍塌;
त्यसैले यो पाप खस्नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्न लागेको अग्लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।”
14 要被打碎,好像把窑匠的瓦器打碎, 毫不顾惜, 甚至碎块中找不到一片可用以从炉内取火, 从池中舀水。
कुमालेको भाडा फुटेझैं उहाँले त्यसलाई फुटाउनुहुनेछ । उहाँले त्यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
15 主耶和华—以色列的圣者曾如此说: 你们得救在乎归回安息; 你们得力在乎平静安稳; 你们竟自不肯。
किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्वर यसो भन्नुहुन्छ, “फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ ।
16 你们却说:不然,我们要骑马奔走。 所以你们必然奔走; 又说:我们要骑飞快的牲口。 所以追赶你们的,也必飞快。
तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्नेछौं,' यसरी तिमीहरू भाग्नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्नेहरू झन् छिटो हुनेछन् ।
17 一人叱喝,必令千人逃跑; 五人叱喝,你们都必逃跑; 以致剩下的,好像山顶的旗杆, 冈上的大旗。
एक जनाको धम्कीले एक हजार जना भाग्नेछन् । पाँच जनाको धम्कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्नेछौ ।
18 耶和华必然等候,要施恩给你们; 必然兴起,好怜悯你们。 因为耶和华是公平的 神; 凡等候他的都是有福的!
तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।
19 百姓必在锡安、在耶路撒冷居住;你不再哭泣。主必因你哀求的声音施恩给你;他听见的时候就必应允你。
किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्दा उहाँ निश्चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्यो सुन्नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।
20 主虽然以艰难给你当饼,以困苦给你当水,你的教师却不再隐藏;你眼必看见你的教师。
परमप्रभुलले दुःखको रोटी र कष्टको पानी दिनुभए तापनि, र त्यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्नेछौ ।
21 你或向左或向右,你必听见后边有声音说:“这是正路,要行在其间。”
जब तिमीहरू दाहिने फर्कन्छौ वा जब तिमीहरू देब्रे फर्कन्छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
22 你雕刻偶像所包的银子和铸造偶像所镀的金子,你要玷污,要抛弃,好像污秽之物,对偶像说:“去吧!”
तिमीहरूले आफ्ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ । तिनलाई तिमीहरू भन्नेछौ, “यहाँबाट गइहाल ।”
23 你将种子撒在地里,主必降雨在其上,并使地所出的粮肥美丰盛。到那时,你的牲畜必在宽阔的草场吃草。
तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्त रोटी दिनुहुनेछ, र अन्नहरू प्रशस्त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।
24 耕地的牛和驴驹必吃加盐的料;这料是用木杴和杈子扬净的。
जमिन जोत्ने गोरुहरू र गधाहरूले बेल्चा र नाङलोले निफनिएका दाना खानेछन् ।
25 在大行杀戮的日子,高台倒塌的时候,各高山冈陵必有川流河涌。
धरहरा ढलेर ठुलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्यहाँ बगिरहने खोलाहरू र खोल्साहरू हुनेछन् ।
26 当耶和华缠裹他百姓的损处,医治他民鞭伤的日子,月光必像日光,日光必加七倍,像七日的光一样。
चन्द्रमाको ज्योति सूर्यको ज्योतिजस्तै हुनेछ र सूर्यको ज्योति सात दिनको सूर्यको ज्योतिजस्तै सात गुणा बढी चहकिलो हुनेछ । परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।
27 看哪,耶和华的名从远方来, 怒气烧起,密烟上腾。 他的嘴唇满有忿恨; 他的舌头像吞灭的火。
हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ ।
28 他的气如涨溢的河水,直涨到颈项, 要用毁灭的筛箩筛净列国, 并且在众民的口中必有使人错行的嚼环。
उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्न घाँटीसम्म नै आउने उर्लंदो जलाधारजस्तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्गरामा लगाइएको लगामजस्तो छ ।
29 你们必唱歌,像守圣节的夜间一样,并且心中喜乐,像人吹笛,上耶和华的山,到以色列的磐石那里。
तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ ।
30 耶和华必使人听他威严的声音,又显他降罚的膀臂和他怒中的忿恨,并吞灭的火焰与霹雷、暴风、冰雹。
परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
31 亚述人必因耶和华的声音惊惶;耶和华必用杖击打他。
किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।
32 耶和华必将命定的杖加在他身上;每打一下,人必击鼓弹琴。打杖的时候,耶和华必抡起手来,与他交战。
तिनीसँग लड्दा र युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैंजडी र वीणाहरूको सङ्गितले साथ दिइनेछ ।
33 原来陀斐特又深又宽,早已为王预备好了;其中堆的是火与许多木柴。耶和华的气如一股硫磺火使他着起来。
किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो । वास्तवमा, यो राजाको निम्ति तयार पारिन्छ र परमेश्वरले यसलाई गहिरो र फराकिलो बनाउनुभएको छ । त्यो आगो र धेरै दाउरासहित तयार छ । परमप्रभुको सासले गन्धकको नदीजस्तै यसलाई आगो सल्काउनेछ ।