< 以赛亚书 14 >
1 耶和华要怜恤雅各,必再拣选以色列,将他们安置在本地。寄居的必与他们联合,紧贴雅各家。
परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।
2 外邦人必将他们带回本土;以色列家必在耶和华的地上得外邦人为仆婢,也要掳掠先前掳掠他们的,辖制先前欺压他们的。
जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्ना अत्याचारीहरूमाथि राज्य गर्नेछन् ।
3 当耶和华使你脱离愁苦、烦恼,并人勉强你做的苦工,得享安息的日子,
त्यो दिनमा तिमीहरूका कष्ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्छ,
4 你必题这诗歌论巴比伦王说: 欺压人的何竟息灭? 强暴的何竟止息?
तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्य भयो!
परमप्रभुले दुष्टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्नुभएको छ,
6 就是在忿怒中连连攻击众民的, 在怒气中辖制列国, 行逼迫无人阻止的。
जसले मानिसहरूलाई क्रोधमा निरन्तर रूपमा प्रहार गर्यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्य गर्यो ।
सम्पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।
8 松树和黎巴嫩的香柏树 都因你欢乐,说: 自从你仆倒, 再无人上来砍伐我们。
सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'
9 你下到阴间, 阴间就因你震动来迎接你, 又因你惊动在世曾为首领的阴魂, 并使那曾为列国君王的, 都离位站起。 (Sheol )
तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ । पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्यसले मृतहरूलाई जगाउँछ । (Sheol )
10 他们都要发言对你说: 你也变为软弱像我们一样吗? 你也成了我们的样子吗?
तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस् । तँ पनि हामीजस्तै भएको छस् ।
11 你的威势和你琴瑟的声音都下到阴间。 你下铺的是虫,上盖的是蛆。 (Sheol )
तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,' (Sheol )
12 明亮之星,早晨之子啊, 你何竟从天坠落? 你这攻败列国的何竟被砍倒在地上?
ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्वर्गबाट तल झरेको छस्! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ!
13 你心里曾说: 我要升到天上; 我要高举我的宝座在 神众星以上; 我要坐在聚会的山上,在北方的极处。
तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्नेछु, परमेश्वरका ताराहरूभन्दा माथि म आफ्नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु ।
बादलहरूको उचाइभन्दा माथि म चड्नेछु । म आफैलाई सर्वोच्च परमेश्वरजस्तै बनाउनेछु ।'
15 然而,你必坠落阴间, 到坑中极深之处。 (Sheol )
तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ । (Sheol )
16 凡看见你的都要定睛看你, 留意看你,说: 使大地战抖, 使列国震动,
तँलाई देख्नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्नेछन्, 'के यो त्यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्यो, जसले राज्यहरूलाई हल्लायो,
17 使世界如同荒野, 使城邑倾覆, 不释放被掳的人归家, 是这个人吗?
जसले संसारलाई उजाड-स्थानजस्तो बनायो, जसले सहरहरूलाई नष्ट पार्यो र आफ्ना कैदीहरूलाई घर जान दिएन?'
जातिहरूका सबै राजा, तीमध्ये सबै जना, हरेक व्यक्ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्छन् ।
19 惟独你被抛弃, 不得入你的坟墓, 好像可憎的枝子, 以被杀的人为衣, 就是被刀刺透, 坠落坑中石头那里的; 你又像被践踏的尸首一样。
तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्छन् ।
20 你不得与君王同葬; 因为你败坏你的国,杀戮你的民。 恶人后裔的名,必永不提说。
तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”
21 先人既有罪孽, 就要预备杀戮他的子孙, 免得他们兴起来,得了遍地, 在世上修满城邑。
त्यसका सन्तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।
22 万军之耶和华说: 我必兴起攻击他们, 将巴比伦的名号和所余剩的人, 连子带孙一并剪除。 这是耶和华说的。
“तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो ।
23 我必使巴比伦为箭猪所得, 又变为水池; 我要用灭亡的扫帚扫净它。 这是万军之耶和华说的。
“म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
24 万军之耶和华起誓说: 我怎样思想,必照样成就; 我怎样定意,必照样成立,
सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्चय नै, जस्तो मैले इच्छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्यो पुरा हुनेछ ।
25 就是在我地上打折亚述人, 在我山上将他践踏。 他加的轭必离开以色列人; 他加的重担必离开他们的肩头。
अश्शूरलाई म आफ्नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”
26 这是向全地所定的旨意; 这是向万国所伸出的手。
सम्पूर्ण पृथ्वीको निम्ति इच्छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो ।
27 万军之耶和华既然定意,谁能废弃呢? 他的手已经伸出,谁能转回呢?
किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्न सक्छ र? उहाँको हात उचालिएको छ र त्यसलाई कसले फर्काउने छ र?
आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः
29 非利士全地啊, 不要因击打你的杖折断就喜乐。 因为从蛇的根必生出毒蛇; 它所生的是火焰的飞龙。
ए सारा पलिश्तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्नेछ, र त्यसको सन्तान डरलाग्दो उड्ने सर्प हुनेछ ।
30 贫寒人的长子必有所食; 穷乏人必安然躺卧。 我必以饥荒治死你的根; 你所余剩的人必被杀戮。
गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्याउनेछ ।
31 门哪,应当哀号! 城啊,应当呼喊! 非利士全地啊,你都消化了! 因为有烟从北方出来, 他行伍中并无乱队的。
ए ढोका करा । ए सहर चिच्या । हे पलिश्ती, तिमीहरू सबै पग्लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन ।
32 可怎样回答外邦的使者呢? 必说:耶和华建立了锡安; 他百姓中的困苦人必投奔在其中。
जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन्? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्टमा परेका मानिसहरूले शरण लिनेछन् ।”