< 但以理书 1 >
1 犹大王约雅敬在位第三年,巴比伦王尼布甲尼撒来到耶路撒冷,将城围困。
यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले ।
2 主将犹大王约雅敬,并 神殿中器皿的几分交付他手。他就把这器皿带到示拿地,收入他神的庙里,放在他神的库中。
परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्वरको मन्दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।
3 王吩咐太监长亚施毗拿,从以色列人的宗室和贵胄中带进几个人来,
राजाले आफ्ना प्रमुख अधिकारी अशपेनजलाई इस्राएलका राजकीय परिवार र कुलिनहरूबाट केही मानिसहरू ल्याउने हुकुम गरे—
4 就是年少没有残疾、相貌俊美、通达各样学问、知识聪明俱备、足能侍立在王宫里的,要教他们迦勒底的文字言语。
खोटबिनाका जवान मानिसहरू, आकर्षक देखिनेहरू, सबै बुद्धिका सीप भएकाहरू, ज्ञान र समझले भरिएकाहरू, र राजाको दरवारमा सेवा पुर्याउनलाई योग्यहरू हुनुपर्थ्यो । तिनले उनीहरूलाई बेबिलोनका साहित्य र भाषा सिकाउनुपर्थ्यो ।
5 王派定将自己所用的膳和所饮的酒,每日赐他们一分,养他们三年。满了三年,好叫他们在王面前侍立。
राजाले आफ्ना मीठा भोजन र आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे । ती जवान मानिसहरूलाई तिन वर्षसम्म तालिम दनुपर्थ्यो, र त्यसपछि, तिनीहरूले राजाको सेवा गर्नुपर्थ्यो ।
6 他们中间有犹大族的人:但以理、哈拿尼雅、米沙利、亚撒利雅。
यहूदाका ती मानिसमध्ये कोही दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए ।
7 太监长给他们起名:称但以理为伯提沙撒,称哈拿尼雅为沙得拉,称米沙利为米煞,称亚撒利雅为亚伯尼歌。
प्रमुख अधिकारीले तिनीहरूलाई यी नाउँहरू दिए: दानिएललाई तिनले बेलतसजर भने, हनन्याहलाई तिनले शद्रक भने, मीशाएललाई तिनले मेशक भने र अजर्याहलाई तिनले अबेद्नगो भने ।
8 但以理却立志不以王的膳和王所饮的酒玷污自己,所以求太监长容他不玷污自己。
तर दानिएलले राजाका मीठा भोजन र तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्नलाई आफ्नो मनमा इच्छा गरे । यसैले तिनले आफैंलाई अशुद्ध पार्नु नपरोस् भनेर प्रमुख अधिकारीसँग तिनले अनुमति मागे ।
अब प्रमुख अधिकारीले दानिएललाई गरेको आदरद्वारा परमेश्वरले तिनलाई कृपा र सहानुभूति देखाउनुभयो ।
10 太监长对但以理说:“我惧怕我主我王,他已经派定你们的饮食,倘若他见你们的面貌比你们同岁的少年人肌瘦,怎么好呢?这样,你们就使我的头在王那里难保。”
प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?”
11 但以理对太监长所派管理但以理、哈拿尼雅、米沙利、亚撒利雅的委办说:
तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्डारेसँग दानिएलले कुरा गरे ।
12 “求你试试仆人们十天,给我们素菜吃,白水喝,
तिनले भने, “कृपया, हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस् । हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस् ।
13 然后看看我们的面貌和用王膳那少年人的面貌,就照你所看的待仆人吧!”
त्यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्तो देखिन्छ तुलना गरेर हेर्नुहोस्, र हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्नुहुन्छ, त्यसअनुसार व्यवहार गर्नुहोस् ।”
यसैले भण्डारे तिनका कुरामा सहमत भए, र तिनले दस दिनसम्म तिनीहरूको जाँच गरे ।
15 过了十天,见他们的面貌比用王膳的一切少年人更加俊美肥胖。
दस दिनको अन्त्यमा, राजाका मीठा भोजन खाने सबै जवान मानिसहरूभन्दा तिनीहरूका अनुहार बढी स्वस्थ देखिए, र तिनीहरूले बढी पोषण पाएका देखा परे ।
16 于是委办撤去派他们用的膳,饮的酒,给他们素菜吃。
यसैले ती भण्डारेले तिनीहरूका सबै राजकीय मीठा भोजन र दाखमद्य हटाइदिए, अनि तिनीहरूलाई सागपात मात्र दिए ।
17 这四个少年人, 神在各样文字学问上赐给他们聪明知识;但以理又明白各样的异象和梦兆。
यी चार जना जवान मानिसहरूका विषयमा परमेश्वरले तिनीहरूलाई सबै साहित्य र बुद्धिमा ज्ञान र अन्तर्दृष्टि दिनुभयो, अनि दानिएलले सबै किसिमका दर्शनहरू र सपनाहरू बुझ्न सक्थे ।
18 尼布甲尼撒王预定带进少年人来的日期满了,太监长就把他们带到王面前。
तिनीहरूलाई हाजिर गराउनलाई राजाले दिएका समयको अन्तमा, प्रमुख अधिकारीले तिनीहरूलाई भित्र नबूकदनेसरको सामु लगे ।
19 王与他们谈论,见少年人中无一人能比但以理、哈拿尼雅、米沙利、亚撒利雅,所以留他们在王面前侍立。
राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए ।
20 王考问他们一切事,就见他们的智慧聪明比通国的术士和用法术的胜过十倍。
राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनको सारा राज्यमा भएका जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए ।
राजा कोरेसको शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ थिए ।