< 詩篇 97 >

1 上主為王,願大地踴躍,無數島嶼,也都要歡樂!
परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।
2 雲彩和黑暗包圍在祂的四週,正義與公道支持祂的座位。
बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।
3 烈火在祂前面先行,焚燒祂四周的敵人。
आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।
4 祂的閃電照亮塵寰,大地一見就戰慄搖搣。
उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ । पृथ्वीले देख्‍छ र थरथर काम्छ ।
5 面對上主普世的主宰,大山要像蠟燭一般溶解。
परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
6 蒼天宣揚祂的公道,萬民目睹祂的光耀。
आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
7 願所有拜偶像,以邪神自誇人受辱,願所有的神祗,都俯伏在祂面前叩首。
कुँदेका आकृतिहरू पुज्‍नेहरू, व्‍यर्थका मूर्तिहरूमा घमण्‍ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्‍टो पर!
8 上主,因您的宣判,熙雍聽見了便笑,猶大各城高興歡躍。
हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।
9 上主,您在普天下是最尊貴的,您在眾神中是最崇高的。
हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्‍च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्‍च हुनुहुन्छ ।
10 上主喜愛那惱恨罪惡的人,保護虔誠人們的生命,從惡人手中拯救他們。
तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्‍टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
11 光明已升起照耀義人,賜喜樂於人地正直的人。
धार्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।
12 義人,請因上主而歡欣,請您們讚美祂的聖名。
ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।

< 詩篇 97 >