< 箴言 4 >

1 孩子,你們要聽父親的教訓,專心學習明智,
हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक ।
2 因為我把好教訓授給你們,你們不要拋棄我的規勸。
म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग ।
3 我也曾在父親面前作過孝子,在我母親膝下是唯一的嬌兒。
म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा,
4 我父曾訓誨我說:你應留心牢記我的話,遵守我的命令,好使你生存;
उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, “तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् ।
5 你應緊握智慧,握住明智,不要忘記,也不要離棄我口中的教訓:
बुद्धि र समझशक्ति प्राप्‍त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् ।
6 你若不捨棄她,她必護佑你;你若喜愛她,她必看顧你。
बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ ।
7 首先應爭取的是智慧,因此你應尋求智慧,應犧牲一切去爭取明智。
बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका ।
8 你若顯揚智慧,智慧也必顯揚你;你若懷抱她,她也必光榮你:
बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ ।
9 將華冠加在你的頭上,將榮冕賜給你。
बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”
10 我兒,你若聽取我的訓言,你必延年益壽。
हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ ।
11 我要教給你智慧的道路,引你走上正直的途徑:
म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु ।
12 這樣,你若行走,你的腳決不會受阻礙;即便你奔馳,也決不致顛仆。
तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्‍कर खाने छैनस् ।
13 你要堅持教訓,切勿把她拋棄;你應保存她,因為她是你的生命。
निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो ।
14 惡人的道路,你不要進去;壞人的途徑,你不要踏入;
दुष्‍टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।
15 反應躲避,不經其上;遠遠離去,繞道他往。
त्यसलाई त्यागिदे; त्यसमा नहिँड् । त्यसबाट फर्केर अर्को बाटो लाग् ।
16 因為他們不作惡,不能入睡;不使人跌倒,就要失眠。
किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।
17 他們吃的是邪惡的餅,飲的是暴虐的酒。
किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।
18 但是,義人的途徑,像黎明的曙光,越來越明亮,直至成日中;
तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।
19 惡人的道路,卻宛如幽暗,他們不知道,要跌在何處。
दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।
20 我兒,你要注意我的訓言,側耳傾聽我的教導;
हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप ।
21 不要讓她離開你的視線,卻要牢記在心中。
तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् ।
22 因為,凡找著她的,必獲得生命;他整個身軀,必獲得健康。
किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।
23 在一切之上,你要謹守你的心,因為生命是由此而生。
तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
24 你應摒絕口舌的欺詐,遠避唇舌的乖謬。
कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख् ।
25 你的眼睛應向前直視,你的視線應向前集中。
तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर् ।
26 你要修平你腳下的行徑,要鞏固你一切的路途。
तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् ।
27 你斷不可左傾右依,務使你的腳遠離邪惡。
दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।

< 箴言 4 >