< 民數記 16 >

1 肋未的兒子刻哈特的後裔依茲哈爾的兒子客辣黑,和勒烏本的後裔厄里雅布的兩個兒子阿堂和阿彼蘭,並培肋特的兒子翁,
लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।
2 起來反抗梅瑟。此外,還有二百五十個以色列人,他們都是會眾的領袖,會議的要員,有名望的人。
तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।
3 他們團結起來反抗梅瑟和亞郎,對他們說:「你們太過份了! 全體會眾都是聖潔的人,上主也在他們中;為什麼你們卻抬舉自己在上主的集會以上﹖」
तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! सबै समुदाय, तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ?”
4 梅瑟一聽這話,就俯伏在地。
जब मोशाले त्यो सुने, तिनी घोप्टो परे ।
5 然後對科辣黑和他同黨的人說:「明天早上,上主會使人知道,誰是他的人,誰是聖者;他使誰親近自己:他許誰親近自己,誰就是他所選的人。
तिनले कोरह र उनका साथमा भएकाहरूलाई भने, “को उहाँका हुन् र कसलाई उहाँको निम्ति अलग गरिएको छ भनी परमप्रभुले बिहान देखाउनुहुने छ । त्यस व्‍यक्‍तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुने छ । उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुने छ ।
6 你們應這樣做:科辣黑和他同黨的人啊! 你們要拿著火盤,
कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ ।
7 明天在盤裏放上火,在上主面前,添上乳香;上主揀選誰,誰就是聖者。肋未的子孫,你們太過份了! 」
भोलि त्यसमा परमप्रभुको सामु धूप र आगो राख । परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ । तिमी लेवीका सन्तानहरू अति धेरै भएका छौ ।”
8 梅瑟又對科辣黑說:「肋未的子孫,請聽我說:
फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्तानहरूः
9 以色列的天主將你們與以色列會眾分開,使你們親近他,在上主帳幕內服務,站在會眾前頭代他們行禮,這為你們還不夠麼﹖
के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो?
10 他已使你和你所有的兄弟──肋未的子孫,親近他,你們還要貪求司祭之職麼﹖
उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ!
11 其實你和你的同黨所共謀反抗的是上主;至於亞郎,他算什麼,你們竟抱怨他﹖
यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञा पालन गर्छन्?
12 梅瑟派人去叫厄里雅布的兒子達堂和阿彼蘭來;他們卻答說:「我們不去!
त्यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, “हामी आउँदैनौँ ।
13 你領我們由流奶流蜜的地方上來,叫我們死在曠野,這為你還不夠,你還想作王統治我們麼﹖
के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ!
14 你並沒有領我們到了流奶流蜜的地方,也沒有給我們田地和葡萄園當產業啊! 你想剜出這些人的眼睛麼﹖我們不去! 」
यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”
15 梅瑟遂大怒,對上主說:「你不要垂顧他們的祭獻;我沒有奪過他們一匹驢,也沒有損害過他們任何人。」
मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।
16 梅瑟對科辣黑說:「你和你一切同黨,明日要來到上主面前,就是你和他們,還有亞郎。
मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।
17 你們各人要拿著自己的火盤,上面放上乳香;各人拿著自己的火盤到上主面前去,共二百五十個火盤;你和亞郎也各自拿著火盤。」
अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।”
18 他們每人於是都拿了火盤,上面放上火,添上乳香,同梅瑟和亞郎來到會幕門口。
यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।
19 科辣黑召集了全會眾到會幕門口,來反抗梅瑟和亞郎。此時,上主的榮耀就顯現給全會眾。
कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।
20 上主對梅瑟和亞郎說:「
परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,
21 你們快離開這會眾,我立刻要消滅他們。」
“यस समुदायबाट अलग होओ, ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”
22 梅瑟和亞郎就俯伏在地說:「天主,賜給一切血肉生氣的天主! 一人犯罪,你就向全體的會眾發怒麼﹖」
मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”
23 上主回答梅瑟說:「
परमप्रभुले मोशालाई जवाफ दिनुभयो,
24 你訓示會眾說:你們離開科辣黑、達堂、和阿彼蘭帳幕的四周。」
“समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।”
25 梅瑟就起來往達堂和阿彼蘭那裏去,以色列的長老也都隨著他去了。
अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए ।
26 他遂向會眾說:「你們要遠離這些惡人的帳幕! 凡是他們的東西你們不要動,免得你們為了他們的一切罪惡而遭滅絕。」
तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”
27 他們遂離開了科辣黑、達堂和阿彼蘭帳幕的四周;達堂和阿彼蘭同他們的妻子兒女和嬰孩出來,站在自己的帳幕門口。
यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।
28 梅瑟遂說:「因這件事,你們會知道,是上主派遣了我來做這一切,並不是出於我的本意:
मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन ।
29 如果這些人如其他的人一樣死去,或者他們的遭遇如其他的人所遭遇的一樣,上主就沒有派遣了我;
यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।
30 但是,如果上主作了從未聽見過的事,令地裂開口,將他們和他們的一切都吞下去,使他們活活的下到陰府,你們就知道這些人拋棄了上主。」 (Sheol h7585)
तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।” (Sheol h7585)
31 他一說完這些話,他們腳踏的地就裂開了;
मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।
32 地開了口,將他們和他們的家屬,以及凡屬科辣黑的人和所有的財物,都吞了下去。
धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।
33 他們和他們的一切,都活活的下了陰府;地在他們上面閉上口,他們遂由會眾中消滅了。 (Sheol h7585)
यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए । (Sheol h7585)
34 他們四周所有的以色列人,一聽見他們尖叫聲,就都逃跑說:「怕地也吞沒了我們! 」
तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए ।
35 那時由上主那裏發出了烈火,吞噬了那二百五十個奉香的人。
अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।
36 上主訓示梅瑟說:
फेरि परमप्रभु मोशासँग बोल्नुभयो,
37 「你吩咐司祭阿蘭的兒子厄肋阿匝爾,叫他將一切火盤從火堆中取去,把炭火散開,因為這一切都是聖的。
“पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् ।
38 以這些犯罪喪生者的火盤,打成薄片,用來包蓋祭壇,──因為奉獻在上主面前的火盤已成了聖的,──給以色列子民當作鑑戒」。
आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।
39 厄肋阿匝爾司祭便取出那些被火燒死的人獻過的銅火盤,叫人打成薄片,為包蓋祭壇用,
पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र
40 為給以色列子民當作鑑戒,為叫凡不是出於亞郎子孫的俗人,不應前來在上主面前獻香,以免和科辣黑及他的同黨遭遇一樣的不幸。他全照上主藉梅瑟對他所吩咐的做了。
इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।
41 次日,以色列子民全會眾抱怨梅瑟和亞郎說:「正是你們害死了上主的人民」。
तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”
42 當會眾集合反對梅瑟和亞郎時,你們二人人轉向會幕;看,雲彩遮蓋了會幕,上主的榮耀發顯了出來。
समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो,
43 梅瑟和亞郎遂走到會幕面前,
र मोशा र हारून भेट हुने पालको अघि आए ।
44 上主吩咐梅瑟說:
अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
45 「你們快離開這會眾,我要立即消滅他們」。他們遂俯伏在地,
“यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
46 然後梅瑟向亞郎說:「你快拿火盤,由祭壇取火放在盤裏,添上乳香,快拿到會眾那裏去,為他們行贖罪禮,因為憤怒已由上主面前發出,災禍一個已經開始」。
मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।
47 亞郎遂照梅瑟所吩咐的拿了火盤,急忙跑到會眾中;看,災禍已在人民中開始;他遂添上乳香,為人民行贖罪禮,
यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे ।
48 站在死者和生者之中,直到災禍止息。
हारून जीवित र मृतकहरूका बिचमा खडा भए । यसरी विपत्ति रोकियो ।
49 在這次災禍中死了一萬四千七百,為科辣黑的緣故而死的人,還不在內。
कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो ।
50 亞郎於是回到會幕門口梅瑟那裏,因為災禍已止息了。
हारून भेट हुने पालको प्रवेश-द्वारमा मोशाकहाँ फर्केर आए र विपत्ति रोकियो ।

< 民數記 16 >