< 以賽亞書 5 >
1 我要為我的愛友謳唱一首論及他葡萄園的愛歌:我的愛友有一座葡萄園,位於肥沃的山岡上;
मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।
2 他翻掘了土地,除去了石塊,栽上了精選的葡萄樹,園中築了一座守望台,又鑿了一個榨酒池:原希望它結好葡萄,它反倒結了野葡萄。
उनले यो खने, ढुङ्गाहरू हटाए र त्यसमा उत्तम जातको दाख रोपे । उनले त्यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्यसले जङ्गली दाख मात्र फलायो ।
3 耶路撒冷的居民和猶大人啊!現在請你們在我與我葡萄園之間,判別是非:
त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।
4 我為我的葡萄園所能做的,還有什麼沒有做到﹖我原希望它結好葡萄,為什麼卻結了野葡萄﹖
मेरो दाखबारीको निम्ति मैले नगरेको त्यस्तो के कुरा त्यसको निम्ति गर्न सकिन्थ्यो? त्यसले दाख फलाओस् भन्ने मेरो आशा हुँदा, त्यसले किन जङ्गली दाखहरू फलायो?
5 現在我要告訴你們,我將怎樣對待我的葡萄園:我必撤去它的籬笆,讓它被吞噬;拆毀它的圍牆,讓它受踐踏;
अब म आफ्नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्नेछु, म त्यसलाई चरनमा बदल्नेछु, त्यसको पर्खला म भत्काउनेछु र त्यसलाई कुल्चीमिल्ची गरिनेछ ।
6 我要使他變成荒地,不再修剪,不再耕鋤,荊棘和蒺藜將叢叢而生;並且我要命令雲彩不再在它上降下時雨。
म त्यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।
7 萬軍上主的葡萄園就是以色列家,而猶大人即是他鍾愛的幼苗。他原希望正義,看,竟是流血;他原希望公平,看,卻是冤聲!
किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्यसको साटोमा सहायताको निम्ति चित्कार आयो ।
8 禍哉,你們這些使房屋毗連房屋,田地接連田地,而只讓你們自己單獨住在那地域內的人!
ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्कार, र तिमीहरू मात्र देशमा रहन्छौ!
9 萬軍的上主在我耳邊宣誓說:那許多房屋必將成為廢墟;巍峨華麗的,必無人居住;
सर्वशक्तिमान् परमप्रभुले मलाई भन्नुभयो, धेरै वटा घर, ठुला र भव्य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्ने कोही हुनेछैन् ।
10 十畝葡萄園將只出一「巴特」酒,一「曷默爾」種子,只出一「厄法」穀。
किनकि दस हलको दाखबारीले पाँच पाथी दाख र पचास पाथी बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ ।
11 禍哉,那些早晨一起來即追求烈酒,留連至深夜,飲至酒酣耳熱的人!
कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्नेहरूलाई धिक्कार ।
12 在他們的宴會上只有琴、瑟、手鼓、管笛和酒。卻沒有人注視上主的作為,沒有人留意他手中的工作:
तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।
13 因此,我的百姓必因無知而被放逐,顯貴必將餓得要死,民眾必將渴得要命。
यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
14 為此,陰府張大了咽喉,敞開了無限的大口,顯貴、群眾以及那些喧嘩宴樂的人,都要落在裏面。 (Sheol )
यसकारण चिहानले आफ्नो भोकलाई ठुलो पारेको छ र त्यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, हल्ले गर्नेहरू र तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्छन् । (Sheol )
15 人必將屈服,人必被抑制,目空一切的人必低首下心。
मानिसलाई निहुरिन बाध्य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।
16 萬軍的上主必因正義而受尊崇,至聖的天主必因公平而顯為聖。
सर्वशक्तिमान् परमप्रभु आफ्नो न्यायमा उच्च पारिनुहुनेछ र परमपवित्र परमेश्वरले आफ्नो धर्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ ।
17 羔羊要在那裏吃草,有如在自己的草場上;肥羊要在荒田裏吃草。
तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।
18 禍哉,那些用牛犢的韁繩引來邪惡,用牛車的繩索勾出罪孽的人,
धिक्कार तिनीहरूलाई जसले अधर्मलाई व्यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।
19 和那些說:「願他趕快,迅速完成他的工作,好使我們看看;願以色列聖者的決策盡速執行,好使我們知道」的人!
धिक्कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्न सक्छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
20 禍哉,那些稱惡為善,稱善為惡;以暗為光,以光為暗;以苦為甘,以甘為苦的人!
धिक्कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।
धिक्कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन्!
धिक्कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।
जसले घुस लिएर दुष्टलाई छोडिदिन्छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ!
24 因此,他們必如捲入火舌中的禾湝,焚於烈燄中的枯草;他們的根必要糜爛,他們的嫩芽必要如塵埃般的飛揚,因為他們拋棄了萬軍上主的教導,藐視了以色列聖者的訓誨。
यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्म हुन्छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्तो हुनेछ ।
25 為此,上主向自己的百姓大發雷霆,伸出自己的手來打擊他們;其時,山嶽為之震撼,他們的屍體,有如街道上的糞土。然而他的震怒並未因此而息滅,他的手仍然伸著。
यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।
26 上主要向遠方的異民豎起一面旗幟,好由大地的四極號召他們,看,他們將疾趨前來。
उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।
27 他們中沒有疲倦的,沒有仆倒的;沒有打盹的,沒有睡覺的;他們的腰帶沒有鬆解,他們的鞋帶也沒有折斷;
तिनीहरूका माझमा कोही पनि थाक्नेछन् न त ठेस खानेछैन् । कोही पनि निदाउनेछैन न त उँघ्नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।
28 他們的箭矢銳利,他們的弓弩全已張開;他們的馬蹄好似火石,他們的車輪有如旋風;
तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् र तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन् ।
29 他們怒吼有如母獅,吼叫有如幼獅;他們咆哮攫食,攜之而去,無人予以挽救。
तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्नेछन् र छुटाउने कोही नभई त्यो घिसारेर लैजान्छन् ।
30 那一日,他們必如海嘯般向這民族怒號。人若注視大地,看,盡是黑暗痛苦;光明遮蔽在密雲中,成了晦暗。
त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्ट देख्नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।