< 以賽亞書 47 >
1 巴比倫處女!下去,坐在塵土中罷!加色丁貞女!讓位,坐在地上罷!因為你已不再稱為「嬌媚」「柔嫩」了。
ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
2 揭去面紗,拿磨去磨麵罷!捲起長裙,露出大腿去涉河罷!
जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
3 你的裸體要暴露,你的羞恥要現出!我要復仇,決不憐惜任何人。
तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।
सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
5 加色丁處女!靜靜地坐下:進入黑暗中罷!因為你不再稱為「萬國之后!」
कल्दीकी छोरी, शान्त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन ।
6 我曾向我的人民發怒,污辱了我的產業;我將他們交在你手中,可是你對他們沒有表示仁慈,將你的軛重重地壓在老者身上。
म आफ्ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।
7 你說過:「我永久要作王后!」但你心中從沒有考慮過這事,也沒有想過這事的結局。
तैंले भनिस्, “म सदासर्वदा प्रभुत्वशाली रानी भएर राज्य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।
8 你這淫逸安居的人,你心裏想:「只有我而沒有別人!我決不會寡居,也決不會喪子! 」如今你聽這話:
त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”
9 這兩樣在一天內會突然一起降在你身上;雖然你能行許多巫術,能念極威力的符咒,喪子與守寡仍要完全降到你身上。
तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्किका साथ आउनेछन् ।
10 你自恃於惡說:「沒有人看見我! 」那是你的聰明和知識迷惑了你,叫你心中妄想:「只有我而沒有別人。」
तैंले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्यहाँ मजस्तो अरू कोही छैन ।”
11 災禍必要臨到你身上,你卻不能禳災;患難要降在你身上,但你不能阻止;你從未料到的滅亡,要突然來到你身上。
तँमाथि विपत्ति आइपर्नेछ । आफ्नो मन्त्रतन्त्रले तैंले त्यो धपाउन सक्नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्यसलाई तर्काउन सक्नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।
12 請你繼續行你自幼即勞碌習行的咒術和那無數的巫術罷!這或許能於你有利,或者能叫人害怕。
आफ्नो तन्त्रमन्त्र र आफ्ना धेरै टुनामुनामा निरन्तर लाग्, जसलाई तैंले आफ्नो बाल्यकालदेखि नै विश्वस्ततासाथ उच्चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।
13 你也許聽倦了那許多計謀,現在讓那些測天體,觀星辰和每月預告你未來之事的人們前來拯救你罷!
तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।
14 看哪!他們都像枯草,必為火所焚燒;他們連自己也不能由火的威力中救出,因為這不是為取煖的炭火,也不是座前的爐火。
हेर, ती परालको झ्यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन!
15 你那些自幼與之共同勞碌的巫士,為你都是如此;他們各散東西,沒有誰來救你。
तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्ने त्यहाँ कोही छैन ।”