< 何西阿書 8 >

1 你要把號角放你的口上,當作上主家的哨兵,因為百姓違背了我的盟約,,干犯了我的法律。
“तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
2 他們呼喊我說:以色列的天主! 我們認識你。
तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’
3 但以色列拋棄了善,所以敵人要迫害她。
तर इस्राएलले जे असल छ त्यो इन्‍कार गरेको छ, र सत्रुले त्यसलाई खेद्‍नेछ ।
4 他們自立了君王,卻沒有我的同意;他們自立了首領,卻沒有叫知道;他們用金錢為自己製造了偶像,給自己招來滅亡。
मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् । आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”
5 撒馬黎雅! 我必要除掉你的牛犢,我的怒火必要對牠燃起;以色列子民不能自新要到幾時呢﹖
“ए समारिया, तेरो बाछो तिरस्‍कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्‍दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्?
6 牛犢是工匠製造的,牠並不是天主;撒馬黎雅的牛犢必定被粉碎!
किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्‍यो बनायो । त्यो परमेश्‍वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।
7 他們既播種了風,收的也必是風;麥子不抽穗,做不成麵粉;既使做出麵粉來,也必被外邦人吃掉。
किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।
8 以色列疲吞滅了,今後在列邦中必成為一個無用的廢物。
इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन् ।
9 他們去投奔亞述──一匹孤獨的野驢──同時又給埃及送愛情的禮物。
किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्‍शूरसम्‍म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको छ ।
10 縱然他們在列邦中行賄,我現在就要分散他們,使他們暫時停止給君王和領袖傅油。
तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्‍नेछन् ।
11 厄弗辣因建築了許多祭壇,但這些祭壇卻只有犯罪的用途。
किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।
12 雖然我為他們寫了許多法律,卻被看作陌生人的廢話。
तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन् ।
13 讓他們奉獻燔祭,讓他們取吃祭肉;這一切上主都不喜歡;今後衪必記住他們的邪惡,必懲罰他們的罪孽;他們必要回到埃及去。
मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।
14 以色列忘了自己的造主,建立了許多宮殿,猶大也增建了許多堅固的城池;但是,我必要把火投在你們的1城中,吞滅城中的宮室。
इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।

< 何西阿書 8 >