< 出埃及記 38 >
1 用皂莢木做了全燔祭壇,長五肘,寬五肘,方形,高三肘。
बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।
2 在祭壇四角上做了四翹角,四翹角由祭壇突出;祭壇包上了銅。
तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।
3 以後做了祭壇的一切用具:盆、、盤、肉叉和火盆:這一切用具是銅做的。
तिनले वेदीका लागि चाहिने सबै सामग्री अर्थात् खरानी उठाउने भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु तान्ने काँटाहरू आगो राख्ने पात्रहरू बनाए । तिनले यी सबै सामग्री काँसाबाट बनाए ।
4 為祭壇做了一架銅格子,好像網的製法,安在祭壇下方的圍腰下,直到祭壇半腰。
तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बिचसम्मै पुग्ने काँसाका जालीको एउटा झिँजा बनाए ।
5 又鑄了四個環子,安在銅格子的四角上,為穿杠桿用。
तिनले काँसाको झिँजाको चारवटा कुनामा डन्डाहरूको घर हुनलाई चारवटा मुन्द्रा ढाले ।
बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।
7 把杠桿穿入祭壇兩側的環子內,好抬祭壇;祭壇是用木板做的,中心是空的。
यसलाई बोक्नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।
8 又用在會幕門口服務的婦女所用的銅鏡,做了銅盆以及盆座。庭院
बजलेलले काँसाको ठुलो बाटा र काँसाकै खुट्टा बनाए । भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट तिनले बाटा बनाएका थिए ।
9 築了庭院:為向陽的一面,即南面,用捻的細麻做了帷幔,共一百肘,
तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।
10 柱子二十根,銅卯座二十個;柱鉤和橫棍是銀的。
तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि काँसाका बिसवटै थिए । खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए ।
11 北面的帷幔也是一百肘,柱子二十根,銅卯座二十個;柱鉤和橫棍是銀的。
त्यसै गरी, उत्तरपट्टि सय हात लामा पर्दाहरू थिए । तिनका खम्बाहरू बिसवटा र तिनका आधारहरू पनि बिसवटै थिए र ती काँसाका थिए । तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए ।
12 西面的帷幔共五十肘,柱子十根,卯座十個;柱鉤和橫棍是銀的。
पश्चिमपट्टिका पर्दाहरू पचास हात लामा थिए । तिनका दसवटा खम्बा र आधार थिए ।
तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए । चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो ।
प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए । तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
15 那邊也是如此。庭院門口的兩邊,皆有帷幔十五肘,柱子三根,卯座三個。
चोकको प्रवेशद्वारको अर्कोपट्टि पनि पन्ध्र हात लामा पर्दाहरू थिए र तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।
17 柱的卯座是銅的,柱鉤和橫棍是銀的,柱帽包上了銀;庭院所有的柱子都用銀橫棍連貫起來。
खम्बाहरूका आधारहरू काँसाका थिए । अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए अनि तिनका टुप्पाहरूचाहिँ चाँदीका थिए । चोकका सबै फित्ता चाँदीले मोहोरिएका थिए ।
18 庭院的門簾是用紫色、紅色、朱紅色的毛線和捻成的細麻編成的,寬二十肘,高五肘,與庭院的帷幔高度是相等。
चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।
19 門簾的柱子四根,銅卯座四個,銀柱鉤;柱帽包上了銀,橫棍是銀的。
यसका चारवटा काँसाका आधार र चाँदीका अङ्कुसेहरू थिए । तिनका टुप्पाका ढकनी र फित्ताहरू चाँदीका थिए ।
20 帳棚和庭院的一切橛子是銅的。核計金銀銅的總數
पवित्र वासस्थान र चोकका लागि पालका सबै किला काँसाका थिए ।
21 以下是為立帳棚即會幕的總賬,是照梅瑟的命令,肋末人在司祭亞郎的兒子依塔瑪爾指導下所計算的:─
यो पवित्र वासस्थानको मण्डप अर्थात् करारका आदेशहरूको पवित्र वासस्थान थियो जसलाई मोशाको आज्ञामुताबिक बनाइएको थियो । यो हारून पुजारीका छोरा ईतामारको निर्देशनअनुसार लेवीहरूको काम थियो ।
22 猷大支派烏黎的兒子,胡爾的孫子貝匝肋耳完成了上主吩咐梅瑟的一切;
यहूदाको कुलबाट हुरका नाति, ऊरीका छोरा बजलेलले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक थोक बनाए ।
23 與他同事的有丹支派阿希撒瑪客的兒子敖曷里雅布,他會雕刻,會設計,會用紫色、紅色、朱紅色的毛線和細麻織繡。
दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै निलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।
24 為建造聖所整個工程所使用的金子,即獻的金子,按聖所的衡量,共計二十九「塔冷通」零七百三十「協刻耳。」
पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।
25 會眾登記者所繳納的銀子,按聖所的衡量,共計一百「塔冷通」零一千七百七十五「協刻耳。」
समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो ।
26 凡二十歲以上來登記的,共六十萬三千五百五十人;每人繳納一「貝卡,」按聖所的衡量,合半「協刻耳。」
यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो ।
27 為鑄聖所的卯座和門簾的卯座,用了一百「塔冷通」銀子:一百卯座,用一百「塔冷通」銀子,一「塔冷通」鑄一卯座。
हरेक आधारको निम्ति एक तोडा ढालेर पवित्र वासस्थानका आधारहरू र पर्दाका आधारहरूका लागि एक सय चाँदी तोडा ढालिएको थियो ।
28 用那一千七百七十五「協刻耳」銀子做了柱鉤,包了柱帽,並做了連接柱子的橫棍。
बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।
29 所奉獻的銅,共計七十「塔冷通」零二千四百「協刻耳。」
डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो ।
30 用此銅做了會幕門的卯座、銅壇和壇下的銅格子,並壇的一切用具,
तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,
31 庭院四周的卯座,庭院門口的卯座,帳棚所有的橛子,以及庭院四周所有的橛子。
चोकका लागि आधारहरू, चोक प्रवेशको निम्ति आधारहरू, पवित्र वासस्थान र चोकका लागि सबै पालका किलाहरू बनाए ।