< 歷代志下 33 >

1 [默納舍崇拜偶像]默納舍登極時年十二歲,在耶路撒冷作王凡五十五年。
मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे ।
2 他行了上主視為惡的事,仿傚上主從以色列子民前驅逐的異民所行的可恥之事。
तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
3 他重建了他父親希則克雅所拆毀的高丘,又為巴耳建立了祭壇,製造阿舍辣,叩拜奉事天上的萬象。
तिनका पिता हिजकियाले नाश गरेका डाँडाका थानहरू तिनले फेरि बनाए, र तिनले बाल देवताहरूका निम्ति वेदीहरू खडा गरे, अशेराका खम्बाहरू बनाए, र तिनले आकाशका सबै ताराका सामु निहुरे र तिनको पुजा गरे ।
4 雖然上主曾指著聖殿說過:「我要將我的名永遠立在耶路撒冷,」他仍在上主殿內建立了一些祭壇;
“यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए ।
5 且在上主殿的兩庭院內,為天上萬象建立了一些祭壇;
तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए ।
6 使自己的兒子在本希農山谷中經火,行占卜,邪術,立招魂師和術士;不斷行上主視為惡的事,惹上主發怒。
तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए ।
7 他又在天主殿內立了他所彫製的偶像;雖然論及這殿天主曾對達味和他的兒子撒羅滿說過:「我要在這殿內,和在我由以色列各支派所選出的耶路撒冷城,立我的名,直到永遠。
तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो । गहाँले यसो भन्‍नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु ।
8 只要以色列人遵行我藉梅瑟所吩咐他們的一切法律、典章和律例,我不再使他們的腳,離開我賜予你們祖先的土地。」
इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।”
9 但默納舍誘惑猶大和耶路撒冷的居民行惡,甚至上主由以色列子民前所消滅的那些民族。[默納舍受罰改過]
परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।
10 為此,上主曾警告莫舍納和他的百姓,但是他們不肯聽從。
मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्‍यान नै दिएनन् ।
11 因此,上主使亞述王的將官前來攻打他們,用鉤子勾住默納舍,用鎖鏈鎖住,解送到巴比倫。
यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।
12 默納舍在這患難中,呼求了上主他的天主,在他祖先的天主前,大發謙卑,
जब मनश्शे कष्‍टमा परे, तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई खोजे, र आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ अत्यन्तै विनम्र भएर झुके ।
13 哀懇上主,上主便俯允了他的祈求,垂聽了他的哀禱,使他歸回耶路撒冷,恢復了他的王位;默納舍這才知道只有上主是天主。[掃除偶像]
तिनले उहाँसँग प्रार्थना गरे । अनि तिनले परमेश्‍वरसँग बिन्ती चढाए र परमेश्‍वरले तिनलाई यरूशलेममा ल्‍याएर फेरि राजा बनाउनुभयो । तब मनश्शेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जाने ।
14 此後,默納舍在達味城外另築了一道城牆,西邊由谷內的基紅起,直到魚門,將敖斐耳圍起,且將城牆加建的很高;在猶大各堅城內派有將帥駐守。
त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए ।
15 又從上主殿內除去了外神和偶像,將他在上主殿的山上和耶路撒冷所建立的祭壇,都一律拆毀,拋在城外,
तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए ।
16 重修了上主的祭壇,在上面獻和平祭和感恩祭,命令猶大人只奉事上主以色列的天主。
तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे र त्यसमा मेलबलि र धन्यवाद बलि चढाए । तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए ।
17 但是民眾仍然在高丘獻祭,不過只巷上主天主獻祭。[默納舍逝世]
तापनि मानिसहरूले डाँडाका थानहरूमा बलिदानहरू चढाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्ति मात्रै चढाए ।
18 默納舍其餘的事蹟,以及他巷天主所發的禱詞,並諸先見者奉上主,以色列天主的名對他所說的話,都記載在以色列列王實錄上。
मनश्शेको राजकालका अरू विषयहरू, आफ्‍नो परमेश्‍वरमा तिनले चढाएको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू, हेर, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
19 他如何祈禱和上主如何應允,他未自卑以前的一切罪惡和不忠,以及他在何處建立高丘,立阿舍辣和彫刻的偶像等事,都記載在諸先見者的言行錄上。
त्‍यो वर्णनमा, तिनको प्रार्थना र परमेश्‍वर कसरी त्‍यसबाट चल्‍नुभयो भन्‍ने कुराको इतिहास छ । तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँडाका थानहरू र अशेराका खम्बा र मूर्तिहरू— पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
20 默納舍與他的祖先同眠,葬在他王宮的花園裏;他的兒子阿孟繼位為王。[阿孟登極]
यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।
21 阿孟登極時年二十二歲,在耶路撒冷作王二年。
अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे ।
22 他行了上主視為惡的事,全如同他父親默納舍;向他父親默納舍所彫刻的一切偶像獻祭膜拜,
तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे ।
23 從沒有像他父親默納舍在上主面前自謙自卑過;阿孟只知罪上加罪。
आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।
24 為此,他的臣僕共謀造反,在宮中將他殺死。
तिनका सेवकहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनको आफ्नै महलमा तिनलाई मारे ।
25 當地的人民卻將所有反叛阿孟王的人都殺了,立他的兒子約史雅繼位為王。
तर देशका मानिसहरूले राजा अमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको ठाउँमा तिनीहरूले राजा बनाए ।

< 歷代志下 33 >