< 歷代志下 22 >
1 [阿哈齊雅即位行惡]耶路撒冷居民立了約蘭的小兒阿哈齊雅繼位為王,因為與阿剌伯人同來攻營的匪徒,將他的哥哥全都殺了,因此猶大王約蘭的兒子阿哈齊雅即位為王。
यरूशलेमका बासिन्दाहरूले यहोरामको सट्टामा तिनका कान्छा छोरा अहज्याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह राजा भए ।
2 阿哈齊雅即位年二十二歲,在耶路撒冷作王一年;他的母親名叫阿塔里雅,是敖默黎的孫女。
अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । तिनी ओम्रीकी छोरी थिइन् ।
3 阿哈齊雅也走了阿哈布家的道路,因為他母親主使他作惡。
तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्ट कुराहरू गर्नलाई तिनकी आमा सल्लाहकार थिइन् ।
4 他行了上主視為惡的事,同阿哈布家一樣,因為自他父親死後,阿哈布家人給他出主意,使他趨於滅亡。
आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्युपछि तिनीहरू नै तिनको पतन गराउने सल्लाहकारहरू थिए ।
5 他隨從了他們的計謀,同以色列王阿哈布的兒子耶曷蘭,往辣摩特基肋阿得與阿蘭王哈匝耳交戰;阿蘭人擊傷了耶曷蘭,
तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
6 耶曷蘭遂回依次勒耳,治療他在辣摩特與阿蘭在哈匝耳交戰時所受的傷。猶大王約蘭的兒子阿哈齊雅因阿哈布的兒子耶曷蘭患病,就下到依次勒耳去探望他。[阿哈齊雅被殺]
रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।
7 阿哈齊雅去看望耶曷蘭反而遇害,這原是出於天主;因為他到了以後,便與耶曷蘭出擊尼默史的孫子耶胡,而耶胡即是上主用油所傅,為消滅阿哈布家的。
अहज्याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्नुभएको थियो ।
8 耶胡討伐阿哈布家時,遇到了猶大的一些首領和事奉阿哈齊砑的姪子們,便將他們殺了;
यस्तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्वरको न्याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्याहका दाजुहरूका छोराहरूले अहज्याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।
9 然後去尋找阿哈齊雅;阿哈齊雅當時藏在撒瑪黎雅,人將他拿住,解到耶胡那裏,耶胡也將他殺了,以後人也埋葬了他,因為人說:「他究竟是那一心尋求上主的約沙法特的孫子。」這樣,阿哈齊雅家中沒有一個人能即位為王。[母后篡位]
येहूले अहज्याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्नो पूरा हृदयले परमप्रभुलाई खोज्ने यहोशापातका छोरा हुन् ।” यसरी राज्यमा शासन गर्नलाई अहज्याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।
10 阿哈齊雅的母親阿塔里雅見自己的兒子死了,便起來殲滅了猶大家中所有的王族後裔。
अब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन् ।
11 約蘭王的女兒約舍巴,將阿哈齊雅的兒子約阿士由被殺的太子中偷了出來,將他和他的乳母藏在聖殿的寢室裏。約舍巴─約蘭王的女兒,約雅達大司祭的妻子,阿哈齊雅的姐妹─就這樣藏匿了約阿士,沒有被阿塔里雅殺害。
तर राजाकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्क भगाएर लगिन् । तिनले त्यसलाई र त्यसकी धाईआमालाई एउटा सुत्ने कोठाभित्र राखिन् । यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्नी यहोशेबाले (किनकि तिनी अहज्याहकी दिदी थिइन्) योआशलाई अतल्याहको हातबाट लुकाइराखिन्, ताकि अतल्याहले त्यसलाई मार्न पाइनन् ।
12 約阿士與她們在天主殿內隱藏了六年,當時由阿塔里雅主持國政。
अतल्याहले देशमा राज्य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए ।