< Milu Pareinae 26 >
1 Lacik pawng a kâkayaw hoi BAWIPA ni Mosi hoi vaihma Aron capa Eleazar hah a pato teh,
विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्नुभयो,
2 Isarel catounnaw pueng hah kum 20 lathueng amamae miphun lahoi Isarel ram dawk e tarantuknae koe kacetthainaw pueng hah be touk loe atipouh.
“इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्ने सबैको गन्ती गर ।”
3 Mosi hoi vaihma Eleazar ni Jeriko avanglah Jordan palang teng Moab tanghling dawk ahnimouh teh a pato teh,
त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,
4 BAWIPA ni Mosi hoi Izip ram hoi katâcawtnaw Isarel catounnaw koevah, kâ a poe e patetlah taminaw hah kum 20 hoi a lathueng e pueng touk loe atipouh.
“परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”
5 Isarel e camin teh Reuben doeh. Reuben capanaw teh, Hanok hoi Hanok imthungkhu, Pallu hoi Pallu imthungkhu.
रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।
6 Hezron hoi Hezron imthungkhu, Karmi hoi Karmi imthungkhu,
हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो ।
7 Reuben imthungkhunaw a touk awh teh 43,730 touh a pha.
यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।
8 Pallu catoun hoi Eliab,
एलीआब पल्लुका छोरा थिए ।
9 Eliab capanaw teh, Nemuel, Dathan hoi Abiram doeh. Dathan hoi Abiram teh Mosi hoi Aron ka cusin e tamimaya yueng lah doeh ao awh. BAWIPA a taran awh navah Korah hoi kambawng e lahai ao roi.
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्ने दातान र अबीराम यिनै थिए ।
10 Hotnaw a due navah, talai ni rak a ang teh Korah hah koung a payawp teh, hmai ni tami 250 koung a kak navah, bangnuenae lah a coung awh.
कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
11 Hatei, Korah catounnaw dout awh hoeh.
तर कोरहका वंश मरेनन् ।
12 A imthungkhu lahoi Simeon capanaw teh; Nemuel hoi Nemuel imthungkhu, Jamin hoi Jamin imthungkhu, Jakhin hoi Jakhin imthungkhu,
शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,
13 Zerah hoi Zarah imthungkhu, Saul hoi Saul imthungkhu,
जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।
14 Simeon imthungnaw heh 22,200 touh a pha.
यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू
15 Gad capanaw hai ama imthungkhu lahoi, Zephon hoi Zephon imthungkhu, Haggi hoi Haggi imthungkhu, Shuni hoi Shuni imthungkhu,
दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।
16 Ozni hoi Ozni imthungkhu, Eri hoi Eri imthungkhu,
ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,
17 Arod hoi Arodi imthungkhu, Areli hoi Areli imthungkhu,
अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए ।
18 Hetnaw heh Gad imthungkhunaw 40,500 touh a pha.
यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।
19 Judah capa roi heh Er hoi Onan ei, Er hoi Onan teh Kanaan kho vah a due.
एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।
20 Judah capanaw ama imthungkhu lahoi, Shelah hoi Shelah imthungkhu, Perez hoi Perez imthungkhu, Zerah hoi Zarah imthungkhu,
यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।
21 Perez capanaw teh, Hezron hoi Hezron imthungkhu, Hamul hoi Hamul imthungkhu la ao awh.
फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।
22 Hetnaw heh Judah imthungkhunaw a touk awh e 76,500 touh a pha.
यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।
23 Issakhar capanaw a imthungkhu lahoi, Tola hoi Tola imthungkhu, Puvah hoi Puvah imthungkhu,
यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,
24 Jashub hoi Jashub imthungkhu, Shimron hoi Shimron imthungkhu,
याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए ।
25 Hetnaw heh Issakhar imthungkhu a touk awh e 64,300 touh a pha.
यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
26 Zebulun capanaw a imthungkhu lahoi, Sered hoi Sered imthungkhu, Elon hoi Elon imthungkhu, Jahleel hoi Jahleel doeh.
यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।
27 Hetnaw heh Zebulun imthungkhu a touk awh e 60,500 touh a pha.
यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो ।
28 Joseph capanaw a imthungkhu lahoi, Manasseh hoi Ephraim.
योसेफका सन्तानहरूका कुलहरू मनश्शे र एफ्राइम थिए ।
29 Manasseh capa imthungkhunaw teh, Makhir hoi Makhir imthungkhu. Makhir ni Gilead a sak teh Gilead hoi Gilead imthungkhu lah ao.
यिनीहरू मनश्शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),
30 Gilead capanaw teh, Iezer hoi Iezer imthungkhu, Helek hoi Helek imthungkhu,
गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,
31 Asriel hoi Asriel imthungkhu, Shekhem e Shekhem imthungkhu,
अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश,
32 Shemida e Shemida imthungkhu, Hepher e Hepher imthungkhu,
शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।
33 Hepher capa Zelophehad heh a ca tongpa awm hoeh, napuinaw dueng doeh kaawm. Zelophehad canunaw e minnaw teh, Mahlah, Noah, Hoglah, Milkah hoi Tirzah.
हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए ।
34 Hetnaw teh Manasseh imthungkhu a touk awh e 52,700 touh a pha.
यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो ।
35 Ephraim capanaw a imthungkhu lahoi, Shuthela hoi Shuthela imthungkhu, Bekher hoi Bekher imthungkhu, Tahan hoi Tahan imthungkhu lah ao.
यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।
36 Shuthela capanaw teh, Eran hoi Eran imthungkhu lah ao.
शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए ।
37 Hetnaw teh Ephraim imthungkhu a touk awh e 32,500 touh a pha awh. Hetnaw heh Joseph capa imthungkhunaw doeh.
यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए ।
38 Benjamin capanaw a imthungkhu lahoi, Bela hoi Bela imthungkhu, Ashbel hoi Ashbel imthungkhu, Ahiram hoi Ahiram imthungkhu,
यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,
39 Shupham hoi Shupham imthungkhu, Hupham hoi Humpham imthungkhu lah ao.
शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान
40 Bela capa roi teh Ard hoi Naaman doeh. Ard imthungkhu hoi Naaman hoi Naaman imthungkhunaw doeh.
बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए ।
41 hetnaw heh Benjamin imthungkhunaw a touk awh e 45,600 touh a pha.
यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।
42 Dan capanaw a imthungkhu lahoi, Shuham hoi Shuham imthung lah ao. Hetnaw heh doeh ahnimae imthungkhu dawk hoi Dan imthungkhu lah kaawm.
शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए ।
43 Hetnaw heh Shuham imthungkhunaw a touk awh e 64,400 touh a pha.
शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।
44 Asher capanaw a imthungkhu lahoi, Imnah hoi Imnah imthungkhu, Ishvi hoi Ishvi imthungkhu, Beriah hoi Beriah imthungkhu,
आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्नाबाट यिम्नीहरूका वंश, यिश्वीबाट यिश्वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए ।
45 Beriah ca roi, Heber hoi Heber imthungkhu, Malkhiel hoi Makhiel imthung lah ao.
बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।
46 Asher e canu min teh Serah doeh.
आशेरकी छोरीको नाउँ सेरह थियो ।
47 Hetnaw teh Asher capanaw imthungkhu lahoi a touk awh e 53,400 touh a pha.
यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो ।
48 Naphtali capanaw a imthung lahoi, Jahzeel hoi Jahzeel imthung, Guni hoi Guni imthungkhu,
यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश,
49 Jezer hoi Jezer imthungkhu, Shillem hoi Shillem imthungkhu lah ao.
येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए ।
50 Hetnaw heh Naphtali imthungkhu a touk awh e 45,400 touh a pha.
यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।
51 Hetnaw heh Isarel catounnaw a touk awh e 601,730 touh a pha.
इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो ।
52 BAWIPA ni Mosi a pato teh,
परमप्रभु मोशासँग बोल्नुभयो,
53 Hete ramnaw heh apap e lahoi a kârei awh han e naw doeh.
“यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।
54 Bet kapap e teh ram bet kapap lah na poe awh vaiteh, kayoun e teh ram bet kayoun lah na poe awh han. Miphun lahoi râw teh a coe awh han.
ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक-एक अंश दिनुपर्छ ।
55 Hatei cungpam rayu e lahoi ram teh rei lah ao han, a na mintoenaw hoi miphun min kâbang lahoi rem teh a coe awh han.
तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।
56 Cungpam rayu e lahoi apap hai ayoun hai a rei awh han.
आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।”
57 Hetnaw heh Levihnaw e imthungkhu touk e lah ao. Gershon hoi Gershon imthungkhu, Kohath hoi Kohath imthungkhu, Merari hoi Merari imthungkhunaw doeh.
वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
58 Hetnaw heh Levih imthungkhunaw doeh. Libni imthungkhu, Hebron imthungkhu, Mahli imthungkhu, Mushi imthungkhu, Korah imthungkhu lah ao. Kohath ni Amram a khe.
यिनीहरू लेवीका वंशहरू थिएः लिब्नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।
59 Amram e a yu min teh Jokhebed Levih canu, Izip ram hoi Levih koehoi ka tâcawt e doeh. Ahni ni Amram koehoi Aron hoi Mosi, hoi a tawncanu Miriam a khe.
लेवी कुलका सन्तान अम्रामकी पत्नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे ।
60 Aron ni Nadab hoi Abihu, Eleazar hoi Ithamar a sak.
हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे ।
61 Hatei Nadab hoi Abihu teh BAWIPA hmalah hno hoeh kawi e hmai a hni dawk a due roi.
नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।
62 Ahnimae tami tongpa thapa yung touh lathueng touk e pueng teh, 23,000 touh a pha. Isarelnaw thung dawk kârei e ram ka coe hoeh hanlah ao dawkvah, Isarelnaw koe mektouksin e lah awm hoeh.
तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।
63 Hetnaw heh Jeriko namran, Jordan palang teng Moab tanghling dawk Isarel catounnaw touk nah Mosi hoi vaihma Eleazar ni touk e doeh.
मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे ।
64 Hatei, Sinai kahrawng e Isarelnaw Mosi hoi vaihma Aron ni a touk e naw hah tami buet touh hai awm hoeh toe.
तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।
65 Bangkongtetpawiteh, BAWIPA ni kahrawngum vah a due awh roeroe han ati toe. Jephunneh capa Kalep hoi Nun capa Joshua laipalah teh apihai kahring e awm hoeh toe.
किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्नुभएको थियो । तिनीहरूमा यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।