< Zekariya 6 >
1 Ndinayangʼananso ndipo taonani ndinaona magaleta anayi akutuluka pakati pa mapiri awiri, mapiri amkuwa.
अनि मैले फर्केर आफ्नो नजर उठाएँ र दुइओटा पर्वतका बिचबाट चारओटा रथ बाहिर आउँदै गरेको देखें; र ती पर्वतहरू काँसाका थिए ।
2 Galeta loyamba limakokedwa ndi akavalo ofiira, lachiwiri ndi akavalo akuda,
पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू,
3 lachitatu ndi akavalo oyera, ndipo lachinayi ndi akavalo otuwa a mawanga ofiirira, onsewa anali akavalo amphamvu kwambiri.
तेस्रो रथमा सेतो रङ्गका घोडाहरू, र चौथो रथमा पाटे खरानी रङ्गका घोडाहरू थिए ।
4 Ndinafunsa mngelo amene amayankhula nane uja kuti, “Kodi mbuye wanga chimenechi nʼchiyani?”
यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?”
5 Mngeloyo anandiyankha kuti, “Imeneyi ndi mizimu inayi yakumwamba, imene ikuchokera pamaso pa Ambuye wa dziko lonse.
ती स्वर्गदूतले मलाई जवाफमा भने, “यी आकाशका चारओटा बतास हुन् र ती सारा पृथ्वीका परमप्रभुको अगि खडाभएर त्यहाँबाट बाहिर निस्कनेछन् ।
6 Galeta la akavalo akuda likupita ku dziko la kumpoto, galeta la akavalo oyera likutsatira, ndipo galeta la akavalo amawanga ofiirira likupita ku dziko la kummwera.”
कालो रङ्गका घोडाहरू भएको रथचाहिँ उत्तरको देशमा जानेछ, सेतो रङ्गका घोडाहरू भएको रथचाहिँ पश्चिमको देशमा, र पाटे खरानी रङ्गका घोडाहरू भएको रथ चाहिँ दक्षिणको देशमा जानेछ ।”
7 Pamene akavalo amphamvuwa ankapita, anali ndi changu chofuna kuyendera dziko lapansi. Ndipo iye anati, “Pitani, kayendereni dziko lapansi!”
यी बलिया घोडाहरू बाहिर निस्के र पृथ्वीमाथि परिवहन गर्न थाले, यसैले स्वर्गदूतले भने, “जाओ र पृथ्वीमाथि घुम!” र तिनीहरू सबै पृथ्वीतिर गए ।
8 Pamenepo anandiyitana, “Taona, akavalo amene apita ku dziko la kumpoto apumulitsa Mzimu wanga kumeneko.”
त्यसपछि तिनले मलाई बोलाएर भने, “उत्तरको देशमा गइरहेकालाई हेर, तिनीहरूले त्यहाँ मेरो आत्मालाई प्रसन्न बनाएका छन् ।”
9 Yehova anayankhula nane kuti,
यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,
10 “Landira mphatso kuchokera kwa anthu amene abwera ku ukapolo, Helidai, Tobiya ndi Yedaya, amene achokera ku Babuloni. Tsiku lomwelo pita ku nyumba ya Yosiya mwana wa Zefaniya.
“निर्वासनमा गएकाहरू हेल्दै, तोबियाह र यदायाहबाट एउटा भेटी लिएर सोही दिन बेबिलोनबाट आएका सपन्याहको छोरो योशियाहको घरमा लैजा ।
11 Tenga siliva ndi golide upange chipewa chaufumu, ndipo uchiyike pamutu pa mkulu wa ansembe, Yoswa mwana wa Yehozadaki.
अनि चाँदी र सुन लिएर एउटा मुकुट बना, र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदे ।
12 Muwuze kuti zimene akunena Yehova Wamphamvuzonse ndi izi: ‘Taonani, munthu wotchedwa Nthambi ndi ameneyu, ndipo adzaphuka pomwe alipo ndi kumanga Nyumba ya Yehova.
त्यसलाई यस्तो भन्नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ!
13 Ndiye amene adzamange Nyumba ya Yehova, adzalandira ulemerero waufumu ndipo adzalamulira pa mpando wake waufumu. Adzakhalanso wansembe pa mpando wake waufumu. Ndipo padzakhala mtendere.’
त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ ।
14 Chipewa cha ufumucho adzachipereka kwa Helemu, Tobiya, Yedaya, ndi kwa Heni mwana wa Zefaniya, kuti chikhale chikumbutso mʼNyumba ya Yehova.
मुटुकचाहिँ हेल्दै, तोबियाह, यदायाह, र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति दिइनेछ ।
15 Anthu okhala kutali adzabwera kudzathandiza kumanga Nyumba ya Yehova, ndipo iwe udzadziwa kuti Yehova Wamphamvuzonse wandituma kwa iwe. Zimenezi zidzachitika ngati mudzamvera mwachangu Yehova Mulungu wanu.”
टाढा-टाढा भएकाहरू आएर परमप्रभुको मन्दिर बनाउनेछन्, अनि सेनाहरूहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूलाई थाहा हुनेछ । किनकि तिमीहरूले साँचो रूपमा परमप्रभु आफ्ना परमेश्वरको आवाज सुन्यौ भने, यो हुनेछ ।’”