< Aroma 8 >
1 Choncho, tsopano amene ali mwa Khristu Yesu alibe mlandu owatsutsa
त्यसकारण, अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
2 chifukwa mwa Khristu Yesu, lamulo la Mzimu Woyera amene amapereka moyo, lawamasula ku lamulo la tchimo ndi la imfa.
किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ ।
3 Pakuti zimene Malamulo sanathe kuzichita, popeza anali ofowoka chifukwa cha khalidwe lathu la uchimo, Mulungu anazichita potumiza Mwana wake mʼchifanizo cha munthu ochimwa kuti akhale nsembe yauchimo. Ndipo Iye anagonjetsa tchimo mʼthupi la munthu,
जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
4 ndi cholinga chakuti chilungamo chofunikira cha lamulo chikwaniritsidwe kwathunthu mwa ife amene sitikhala monga mwachikhalidwe chathu cha uchimo koma mwa Mzimu.
हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ ।
5 Pakuti anthu amene amakhala monga mwa makhalidwe oyipa a thupi amayika malingaliro awo pa zinthu zathupi. Koma amene amakhala monga mwa Mzimu amayika malingaliro awo pa zinthu za Mzimu.
जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।
6 Kuyika mtima pa zathupi ndi imfa koma kuyika mtima pa za Mzimu ndi moyo ndi mtendere.
शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो ।
7 Pakuti mtima umene wakhazikika pa zathupi ndi wodana ndi Mulungu. Sunagonjere lamulo la Mulungu ndipo sungathe kutero.
शरीरको मानसिकता परमेश्वरप्रति शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्न नै समर्थ हुन्छ ।
8 Ndipo anthu amene amalamulidwa ndi khalidwe lauchimo sangathe kukondweretsa Mulungu.
जो शरीरमा छन्, उनीहरू परमेश्वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।
9 Koma inu simulamulidwanso ndi khalidwe lanu lauchimo koma ndi Mzimu ngati Mzimu wa Mulungu akhaladi mwa inu. Koma ngati munthu aliyense alibe Mzimu wa Khristu, iyeyu si wa Khristu.
तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने, त्यो उहाँको होइन ।
10 Ndipo ngati Khristu ali mwa inu, thupi lanu ndi lakufa chifukwa cha uchimo, koma mzimu wanu ndi wamoyo chifukwa cha chilungamo.
यदि तिमीहरूमा ख्रीष्ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।
11 Ndipo ngati Mzimu wa Mulungu amene anaukitsa Yesu kwa akufa akhala mwa inu, Iyeyo amene anaukitsa Khristu kwa akufa adzapatsanso moyo matupi anu amene amafa kudzera mwa Mzimu wake amene amakhala mwa inu.
येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
12 Kotero abale, ife tili ndi zoti tikwaniritse, koma osati za khalidwe lathu lauchimo, kumachita zofuna zake.
त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ ।
13 Pakuti ngati inu mukhala monga mwa khalidwe lauchimo, mudzafa. Koma ngati mwa Mzimu mupha ntchito zoyipa zathupi, mudzakhala ndi moyo.
तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।
14 Onse amene amatsogozedwa ndi Mzimu wa Mulungu ndi ana a Mulungu.
किनकि जति परमेश्वरका आत्माद्वारा डोर्याइएका छन्, तिनीहरू नै परमेश्वरका छोराछोरीहरू हुन् ।
15 Mzimu amene inu munalandira samakusandutsani akapolo, kuti muzikhalanso amantha, koma Mzimu amakusandutsani ana. Ndipo mwa Iye ife timafuwula kuti, “Abba, Atate.”
किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं ।
16 Mzimu mwini amavomerezana ndi mzimu wathu kuti ife ndife ana a Mulungu.
हामी परमेश्वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।
17 Tsono ngati tili ana ake, ndiye kuti ndife olowa mʼmalo a Mulungu ndi olowa mʼmalo pamodzi ndi Khristu. Ngati ife timva zowawa pamodzi ndi Khristu, tidzalandiranso ndi ulemerero womwe pamodzi naye.
यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
18 Ine ndiganiza kuti masautso amene tikuwamva nthawi ino, sakufanana ndi ulemerero umene udzaonetsedwa mwa ife.
यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु ।
19 Pakuti chilengedwe chikudikira ndi chiyembekezo kuonetsedwa poyera kwa ana a Mulungu.
किनकि सृष्टिको उत्कट आशा परमेश्वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
20 Pakuti chilengedwe sichinasankhe kugonjera zopanda pake, koma mwachifuniro cha Iye amene analola kuti chigonjere. Koma chili ndi chiyembekezo
किनकि सृष्टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्नुहुनेको इच्छामा । यो दृढ निश्चयता हो,
21 chakuti chidzamasulidwa ku ukapolo wa chivundi ndi kulandiranso ufulu ndi ulemerero wa ana a Mulungu.
कि सृष्टि स्वयम्लाई विनाशको दासत्वबाट मुक्त गरिनेछ, र यसलाई परमेश्वरका सन्तानहरूका महिमाको स्वतन्त्रतामा ल्याइनेछ ।
22 Ife tikudziwa kuti chilengedwe chonse chakhala chikubuwula ndi ululu ngati ululu wa nthawi yobereka mwana mpaka tsopano lino.
हामी जन्दछौँ, कि सारा सृष्टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।
23 Si zokhazo ayi, ngakhale ife tomwe, amene tili ndi zipatso zoyamba za Mzimu, tikubuwulira mʼkati mwathu pomwe tikudikira mwachidwi kusankhidwa kwathu ngati ana, kuwomboledwa kwa matupi athu.
यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ ।
24 Pakuti ife tinapulumutsidwa mʼchiyembekezo ichi. Koma chiyembekezo chimene chimaoneka si chiyembekezo ayi. Kodi ndani amene amayembekezera chimene ali nacho kale?
किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र?
25 Koma ngati ife tiyembekeza chimene tikanalibe, ndiye kuti tikuyembekeza modekha mtima.
तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
26 Momwemonso, Mzimu amatithandiza ife mʼkufowoka kwathu. Ife sitidziwa momwe tiyenera kupempherera koma Mzimu mwini amatipempherera mobuwula ndi mawu osafotokozedwa.
त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।
27 Koma Iye amene amasanthula mitima yathu amadziwa maganizo a Mzimu, chifukwa Mzimu amapempherera oyera mtima molingana ndi chifuniro cha Mulungu.
जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छाअनुसार विश्वासीहरूको तर्फबाट अन्तरबिन्ती गर्नुहुन्छ ।
28 Ndipo ife tikudziwa kuti zinthu zonse zimathandizana kuwachitira ubwino amene amakonda Mulungu, amene anayitanidwa monga mwa cholinga chake.
हामी जान्दछौँ, कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् ।
29 Pakuti amene Mulungu anawadziwiratu, anawasankhiratunso kuti akonzedwe mʼchifanizo cha Mwana wake, kuti Iye akhale Mwana woyamba kubadwa mwa abale ambiri.
किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो ।
30 Iwo amene anawasankhiratu, anawayitananso. Amene Iye anawayitana anawalungamitsanso ndipo amene anawalungamitsa anawapatsanso ulemerero.
जसलाई उहाँले पहिले नै नियुक्ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्याउनुभयो । जसलाई उहाँले धर्मी ठर्याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
31 Nanga tsono tidzanena chiyani pa izi? Ngati Mulungu ali mbali yathu, adzatitsutsa ife ndani?
त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
32 Iye amene sanatimane Mwana wake wa Iye yekha, koma anamupereka chifukwa cha ife tonse. Iye adzalekeranjinso pamodzi naye kutipatsa ife zinthu zonse mwaulere?
जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्न र?
33 Ndani amene adzabweretsa mlandu kutsutsa amene Mulungu anawasankha? Ndi Mulungu amene amalungamitsa.
परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्वर नै हुनुहुन्छ ।
34 Ndani amene angatipeze ife olakwa? Palibe. Khristu Yesu amene anafa, kuposera pamenepo, amene anaukitsidwa ndi moyo, amene ali kudzanja lamanja la Mulungu ndiye amene akutipempherera.
दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
35 Ndani amene adzatilekanitsa ife ndi chikondi cha Khristu? Kodi ndi masautso, kapena zowawa, kapena mazunzo, kapena njala, kapena umaliseche, kapena choopsa, kapena lupanga?
हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्नेछ? सङ्कष्टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्नताले, वा खतराले, वा तरवारले?
36 Monga kwalembedwa: “Chifukwa cha inu, ife tikuphedwa tsiku lonse: ife tikutengedwa ngati nkhosa zoti zikaphedwe.”
जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।”
37 Ayi, mu zonsezi ife ndife oposa agonjetsi mwa Iye amene anatikonda.
यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
38 Pakuti ine ndatsimikiza ndi mtima wonse kuti ngakhale imfa, kapena moyo, ngakhale angelo, kapena ziwanda, ngakhale zinthu zilipo, kapena zili mʼtsogolo, kapena mphamvu zina,
किनकि म विश्वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले,
39 ngakhale kutalika, kapena kuya, kapena chilichonse mʼchilengedwe chonse, sizingathe kutisiyanitsa ndi chikondi cha Mulungu chimene chili mwa Khristu Yesu Ambuye athu.
न उचाइले, न गहिराइले, न सृष्टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।