< Aroma 11 >

1 Ine ndikufunsa kuti kodi Mulungu anakana anthu ake? Ayi. Ndi pangʼono pomwe! Inenso ndine Mwisraeli, mmodzi mwa zidzukulu za Abrahamu, ndiponso wa fuko la Benjamini.
त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ ।
2 Mulungu sanawakane anthu ake amene Iye anawadziwiratu. Kodi inu simukudziwa zimene Malemba akunena pa ndime imene Eliya akudandaula kwa Mulungu kuneneza Aisraeli? Iye anati,
परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन?
3 “Ambuye, anthuwa apha aneneri anu ndi kugwetsa maguwa anu ansembe. Ndatsala ine ndekha wamoyo ndipo akufuna kundipha?”
“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।”
4 Ndipo yankho la Mulungu linali lotani? “Ine ndadzisungira ndekha anthu 7,000 amene sanapembedzepo Baala.”
तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।”
5 Chimodzimodzinso lero lino, alipo Aisraeli pangʼono osankhidwa mwachisomo.
त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।
6 Ndipo ngati ndi mwachisomo, sikungakhalenso mwa ntchito. Ngati zikanatero, chisomo sichikanakhalanso chisomo ayi.
तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।)
7 Nʼchiyani tsopano? Chimene Aisraeli anachifuna ndi mtima wonse sanachipeze koma osankhidwawo anachipeza. Enawo anawumitsidwa mtima
त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
8 monga kwalembedwa kuti, “Mulungu anawapatsa mzimu wosatha kumvetsa zinthu, maso osatha kupenya; makutu osatha kumva mpaka lero lino.”
जस्तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”
9 Ndipo Davide akuti, “Maphwando awo asanduke msampha ndi diwa lowakola ndi chopunthwitsa kuti alandire chilango.
अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।
10 Maso awo atsekedwe kuti asaone, ndi misana yawo ikhale yokhota nthawi zonse.”
तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”
11 Ine ndikufunsanso kuti, kodi iwo anapunthwa ndi kugwa kotheratu? Ayi. Ndi pangʼono pomwe! Koma chifukwa cha kulakwa kwawo, chipulumutso chinafika kwa a mitundu ina kuti Aisraeli achite nsanje.
त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन्?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ ।
12 Koma ngati kulakwa kwawo kwapindulitsa dziko lapansi ndi kulephera kwawo kwapindulitsa a mitundu ina, nanga kudzakhala kupindula kwakukulu chotani iwo akadzabwera chonse!
अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्छ होला?
13 Ine ndikuyankhula kwa inu a mitundu ina monga ine ndili mtumwi wa kwa a mitundu ina ndipo ndimawunyadira utumiki wangawu.
अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु ।
14 Ine cholinga changa nʼchakuti ndichititse nsanje anthu a mtundu wanga kuti ena mwa iwo apulumutsidwe.
सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ ।
15 Pakuti ngati kukanidwa kwawo kunayanjanitsa anthu a dziko lapansi ndi Mulungu, nanga kudzatani, Iye akadzawalandiranso? Kudzakhala monga ngati anthu akufa akuuka.
किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र?
16 Ngati chigawo chimodzi cha buledi woperekedwa monga zipatso zoyamba ndi choyera, ndiye kuti zonsezo ndi zoyera. Ngati muzu ndi oyera, nʼchimodzimodzinso nthambi zake.
यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
17 Ngati nthambi zina zinakhadzulidwa ndipo inu, inu ndiye nthambi za olivi wakuthengo, nʼkulumikizidwa pamalo pa nthambi zimenezo, ndipo tsopano mukulandira nawo zakudya zochokera ku mizu ya olivi,
तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
18 musadzitame kunyoza nthambi zinazo. Ngati mutero, ganizirani ichi kuti Inu simugwiriziza mizu, koma muzu ukugwiriziza inu.
हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।
19 Tsono mudzati, “Nthambizo zinakhadzulidwa kuti ine ndilumikizidwepo.”
तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
20 Nʼzoona. Koma iwo anakhadzulidwa chifukwa chosakhulupirira ndipo inu mukuyima mwachikhulupiriro. Musadzitukumule, koma muchite mantha.
त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान ।
21 Pakuti ngati Mulungu sanalekerere nthambi zachibadwidwe, Iye sadzakulekererani inunso.
किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
22 Nʼchifukwa chake ganizirani za kukoma mtima ndi za ukali wa Mulungu. Ukali uli kwa iwo amene anagwa koma kukoma mtima kwa inu, malinga ngati musamala kukoma mtima kwakeko kupanda kutero inunso mudzakhadzulidwanso.
तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्‍वरको कठोरता आइपर्‍यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।
23 Ngati iwo asiya kukhala osakhulupirira, adzalumikizidwanso pakuti Mulungu akhoza kuwalumikizanso.
अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।
24 Pakuti ngati inu, mwa chilengedwe munali mtengo wa olivi wa kuthengo, Mulungu anakukhadzulani nakulumikizani ku mtengo wa olivi wodzalidwa, zomwe ndi zotsutsana ndi chilengedwe, kodi sikudzakhala kwapafupi kwa Iye kuwalumikizanso mu mtengo wawowawo wa olivi?
यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन्?
25 Abale, ine sindifuna kuti mukhale osadziwa za chinsinsi ichi, kuti mungadziyese nokha anzeru. Kuwuma mtima kumene Aisraeli akuchita ndi kwa kanthawi kufikira chiwerengero cha a mitundu chitalowa.
किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
26 Kotero tsono Aisraeli onse adzapulumuka, monga kwalembedwa kuti, “Mpulumutsi adzachokera ku Ziyoni; Iye adzachotsa zoyipa zonse za Yakobo.
त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।
27 Ndipo ili lidzakhala pangano langa ndi iwo pamene Ine ndidzachotsa machimo awo.”
अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
28 Chifukwa cha Uthenga Wabwino, Aisraeli asanduka adani a Mulungu kuti inu mupindule. Koma kunena za kusankhidwa, iwo ndi okondedwa ndi Mulungu chifukwa cha makolo awo aja.
एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्‍वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् ।
29 Pakuti Mulungu akayitana munthu ndi kumupatsa mphatso sangasinthenso.
किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
30 Monga mmene inu munalili, osamvera Mulungu pa nthawi ina, tsopano mwalandira chifundo chifukwa cha kusamvera kwawo.
किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ ।
31 Chonchonso iwo akhala osamvera tsopano kuti iwonso alandire chifundo chifukwa cha chifundo cha Mulungu kwa inu.
त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून् ।
32 Pakuti Mulungu anasandutsa anthu onse a mʼndende ya kusamvera kuti Iye akaonetse chifundo kwa onse. (eleēsē g1653)
किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् । (eleēsē g1653)
33 Aa! Nzeru za Mulungu ndi chidziwitso chake ndi zozama kwambiri! Ndani angazindikire maweruzidwe ake, ndipo njira zake angazitulukire ndani?
ओहो! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन्!
34 “Kodi wadziwa ndani maganizo a Ambuye? Kapena ndani anakhalapo mlangizi wake?”
“किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?
35 “Kodi ndani anapereka mphatso kwa Mulungu, kuti Mulunguyo amubwezere iye?”
अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्यसलाई यो फर्काइयोस्?”
36 Pakuti zinthu zonse nʼzochokera kwa Iye, nʼzolengedwa ndi Iye ndipo zimabweretsa ulemerero kwa Iye. Kwa Iye kukhale ulemerero mpaka muyaya! Ameni. (aiōn g165)
किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन । (aiōn g165)

< Aroma 11 >