< Masalimo 94 >

1 Inu Yehova, ndinu Mulungu wobwezera chilango, Inu Mulungu amene mumabwezera chilango, wonetsani kuwala kwanu.
हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्‍किनुहोस् ।
2 Nyamukani, Inu woweruza wa dziko lapansi; bwezerani kwa odzikuza zowayenera.
हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्‍डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् ।
3 Kodi mpaka liti anthu oyipa Inu Yehova, mpaka liti anthu oyipa adzalumpha ndi chimwemwe?
हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्?
4 Amakhuthula mawu onyada; onse ochita zoyipa ndi odzaza ndi kudzikuza.
तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
5 Amaphwanya anthu anu, Inu Yehova; amapondereza cholowa chanu.
हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् ।
6 Amaphanso amayi a masiye ndi alendo okhala nawo mʼdziko; amapha ana amasiye.
तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् ।
7 Iwo amati, “Yehova sakuona; Mulungu wa Yakobo salabadirako.”
तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।”
8 Samalani, inu anthu opanda nzeru pakati pa anthu; zitsiru inu, kodi mudzakhala liti anzeru?
ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ?
9 Kodi Iye amene anapanga khutu sangathe kumva? Kodi Iye amene anapanga diso sangathe kuona?
उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र?
10 Kodi Iye amene amalangiza mitundu ya anthu sangathenso kulanga? Kodi Iye amene amaphunzitsa munthu angasowe nzeru?
उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ ।
11 Yehova amadziwa maganizo a munthu; Iye amadziwa kuti maganizowo ndi achabechabe.
परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।
12 Wodala munthu amene Inu Yehova mumamulangiza, munthu amene mumamuphunzitsa kuchokera mulamulo lanu;
हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
13 mumamupumitsa pa nthawi ya mavuto, mpaka woyipa atakumbiridwa dzenje.
दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्छ ।
14 Pakuti Yehova sadzawakana anthu ake; Iye sadzasiya cholowa chake.
किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्‍नुहुन्‍न वा आफ्ना उत्तराधिकारलाई छोड्‍नुहुन्‍न ।
15 Chiweruzo chidzakhazikikanso pa chilungamo, ndipo onse olungama mtima adzachitsata.
फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।
16 Ndani adzadzuka chifukwa cha ine kulimbana ndi anthu oyipa? Ndani adzayimirira mʼmalo mwanga kulimbana ndi anthu ochita zoyipa?
खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्‍टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ?
17 Yehova akanapanda kundithandiza, bwenzi nditakakhala msanga ku malo achete a imfa.
परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्‍तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।
18 Ndikanena kuti, “Phazi langa likuterereka,” chikondi chanu, Inu Yehova, chimandichirikiza.
जब मैले भनें, “मेरो खुट्टा चिप्‍लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तताले मलाई माथि उचाल्‍यो ।
19 Pamene nkhawa inakula mʼkati mwanga, chitonthozo chanu chinabweretsa chimwemwe mʼmoyo mwanga.
जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
20 Kodi mpando waufumu woyipa ungathe kugwirizana nanu umene umabweretsa masautso chifukwa cha malamulo ake?
के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
21 Iwo amasonkhana pamodzi kulimbana ndi wolungama ndi kugamula kuti wosalakwa aphedwe.
तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्‍छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।
22 Koma Yehova wakhala linga langa, ndipo Mulungu ndiye thanthwe limene ndimathawirako.
तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्‍वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।
23 Iye adzawabwezera chifukwa cha machimo awo ndi kuwawononga chifukwa cha kuyipa kwawo; Yehova Mulungu wathu adzawawononga.
तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्‍टतामा तिनीहरूलाई नष्‍ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ ।

< Masalimo 94 >