< Masalimo 41 >
1 Kwa mtsogoleri wa mayimbidwe. Salimo la Davide. Wodala ndi munthu amene amaganizira anthu osauka; Yehova amamuwombola pa nthawi yamsautso.
कमजोरहरूलाई वास्ता गर्ने मानिस धन्यको हो । कष्टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
2 Yehova adzamuteteza ndi kusunga moyo wake; Yehova adzamudalitsa iye mʼdziko ndipo sadzamupereka ku zofuna za adani ake.
परमप्रभुले त्यसलाई सुरक्षित राख्नुहुनेछ र त्यसलाई जीवित राख्नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।
3 Yehova adzamuthandiza pamene akudwala ndipo adzamuchiritsa pa bedi lake la matenda.
कष्टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।
4 Ndinati, “Inu Yehova, mundichitire chifundo; chiritseni pakuti ndakuchimwirani.”
मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”
5 Adani anga mwankhwidzi amanena za ine kuti, “Kodi munthu ameneyu adzafa liti kuti ayiwalike?”
मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,”त्यो कहिले मर्ला र त्यसको नाउँ नष्ट होला?”
6 Pamene wina abwera kudzandiona, amayankhula mwachinyengo, pomwe mtima wake ukusonkhanitsa zachipongwe; kenaka iye amatuluka ndi kukalengeza kunja.
मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्नो निम्ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्छ ।
7 Adani anga onse amanongʼonezana pamodzi kulimbana nane, iwo amalingalira zoyipa kwambiri za ine, ponena kuti,
मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्याउने आसा गर्छन् ।
8 “Matenda owopsa amugwira; sadzaukapo pamalo pamene wagona.”
तिनीहरू भन्छन्, “खराब रोगले त्यसलाई सिकिस्त पारेको छ । त्यो ओछ्यान थला परेको छ । त्यो फेरि उठ्नेछैन ।”
9 Ngakhale bwenzi langa la pamtima amene ndinamudalira, iye amene amadya pamodzi ndi ine watukula chidendene chake kulimbana nane.
वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्नो लात उठाएको छ ।
10 Koma Yehova mundichititre chifundo, dzutseni kuti ndiwabwezere.
तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।
11 Ine ndikudziwa kuti mukukondwera nane, pakuti mdani wanga sandigonjetsa.
तपाईं मसँग खुसी हुनुहुन्छ भनी यसैद्वारा म जान्नेछु, किनकि मेरो शत्रुले मलाई जित्दैन ।
12 Mu ungwiro wanga Inu mumandisunga ndi kundiyimika pamaso panu kwamuyaya.
मेरो बारेमा, मेरो इमान्दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्नुहुनेछ ।
13 Atamandike Yehova Mulungu wa Israeli kuchokera muyaya mpaka muyaya. Ameni ndi Ameni.
अनन्तदेखि अनन्तसम्म नै परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस् । आमेन र आमेन ।