< Masalimo 18 >
1 Kwa mtsogoleri wa mayimbidwe. Salimo la Davide mtumiki wa Yehova. Iye anayimbira Yehova nyimbo iyi pamene Yehovayo anamupulumutsa mʼdzanja la adani ake onse ndiponso mʼdzanja la Sauli. Davide anati: Ine ndimakukondani Inu Yehova, mphamvu zanga.
हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।
2 Yehova ndiye thanthwe langa, chitetezo changa ndi mpulumutsi wanga; Mulungu wanga ndi thanthwe langa mʼmene ndimathawiramo. Chishango changa ndi ndodo yachipulumutso changa, ndi linga langa.
परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
3 Ndimayitana Yehova amene ndi woyenera matamando, ndipo ndapulumutsidwa kwa adani anga.
म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्ना शत्रुहरूबाट बाँच्नेछु ।
4 Zingwe za imfa zinandizinga; mitsinje yothamanga yachiwonongeko inandiopsa kwambiri.
मृत्युका डोरीहरूले मलाई बाँधे र व्यर्थका छालहरूले मलाई व्याकुल बनाए ।
5 Anandimanga ndi zingwe za ku manda; misampha ya imfa inalimbana nane. (Sheol )
चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्यो । (Sheol )
6 Mʼmasautso anga ndinapemphera kwa Yehova; ndinalirira kwa Mulungu wanga kuti andithandize. Ali mʼNyumba yake, anamva mawu anga; kulira kwanga kunafika pamaso pake ndi mʼmakutu mwake.
मेरो कष्टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।
7 Dziko lapansi linanjenjemera ndi kuchita chivomerezi, ndipo maziko a mapiri anagwedezeka; ananjenjemera chifukwa Iye anakwiya.
तब पृथ्वी हल्लियो र काम्यो । पहाडहरूका जगहरू पनि कामे र हल्लिए किनभने परमेश्वर रिसाउनुभयो ।
8 Mʼmphuno mwake munatuluka utsi; moto wonyeketsa unatuluka mʼkamwa mwake, makala amoto anali lawilawi mʼkamwa mwake.
उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्यो ।
9 Iye anangʼamba thambo natsika pansi; pansi pa mapazi ake panali mitambo yakuda.
उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्लो अध्याँरो थियो ।
10 Iye anakwera pa Kerubi ndi kuwuluka; nawuluka ndi mphepo mwaliwiro.
उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।
11 Iye anapanga mdima kukhala chofunda chake, chophimba chake chomuzungulira chinali mitambo yakuda ya mlengalenga.
अन्धकार र आकाशको बाक्लो बादललाई उहाँले आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
12 Mʼkuwala kumene kunali pamaso pake munkachokera matalala, makala amoto ndi ziphaliwali zongʼanima.
उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।
13 Yehova anabangula kumwamba ngati bingu, mawu a Wammwambamwamba anamveka ponseponse.
परमप्रभु स्वर्गबाट गर्जनुभयो । सर्वोच्चको आवाजले कराउनुयो ।
14 Iye anaponya mivi yake nabalalitsa adani ake, ndi zingʼaningʼani zake anawagonjetsa.
उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे ।
15 Zigwa za mʼnyanja zinaonekera poyera; maziko a dziko lapansi anakhala poyera, Yehova atabangula mwaukali, pamene mpweya wamphamvu unatuluka mʼmphuno mwanu.
तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।
16 Ali kumwamba, Iye anatambalitsa dzanja lake ndipo anandigwira; anandivuwula mʼmadzi ozama.
उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।
17 Anandipulumutsa kwa mdani wanga wamphamvu, adani anga, amene anali amphamvu kuposa ine.
मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।
18 Adaniwo analimbana nane pamene ndinali pa mavuto, koma Yehova anali thandizo langa.
मेरो कष्टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।
19 Iye anandipititsa kumalo otakasuka; anandipulumutsa chifukwa amakondwera nane.
उहाँले मलाई फराकिलो ठाउँमा स्वतन्त्र राख्नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।
20 Yehova wandithandiza molingana ndi chilungamo changa; molingana ndi makhalidwe anga abwino, Iye wandipulumutsa.
मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।
21 Pakuti ine ndinatsata njira za Yehova; ndilibe mlandu wochoka pamaso Mulungu wanga.
किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट दुष्टतासाथ फर्केको छैन ।
22 Malamulo ake onse ali pamaso panga; sindinasiye malangizo ake.
किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन ।
23 Ndakhala moyo wosalakwa pamaso pake ndipo ndakhala ndi kupewa tchimo.
उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
24 Yehova wandipatsa mphotho molingana ndi chilungamo changa, molingana ndi kuyera kwa manja anga pamaso pake.
यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।
25 Kwa wokhulupirika, Inu mumaonetsa kukhulupirika kwanu; kwa anthu amakhalidwe abwino, Inu mumaonetsanso makhalidwe abwino,
कुनै पनि विश्वासीलाई तपाईं आफै विश्वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ ।
26 kwa woyera mtima, Inu mumaonetsa kuyera mtima kwanu, koma kwa achinyengo mumaonetsanso kunyansidwa nawo.
कुनै पनि शुद्ध व्यक्तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्यक्तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।
27 Inu mumapulumutsa anthu odzichepetsa, koma anthu amtima odzikuza mumawatsitsa.
किनकि तपाईंले कष्टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ ।
28 Inu Yehova, sungani nyale yanga kuti iziyakabe; Mulungu wanga wasandutsa mdima wanga kukhala kuwunika.
तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।
29 Ndi thandizo lanu nditha kulimbana ndi gulu la ankhondo; ndi Mulungu wanga nditha kuchita zosatheka ndi munthu.
किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्न सक्छु । मेरा परमेश्वरद्वारा नै म पर्खाल नाध्न सक्छु ।
30 Kunena za Mulungu, zochita zake ndi zangwiro; mawu a Yehova alibe cholakwika. Iye ndi chishango kwa onse amene amathawira kwa Iye.
परमेश्वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।
31 Mulungu wina ndi uti wofanana nanu Yehova? Ndipo ndani amene ndi Thanthwe kupatula Mulungu wathu?
किनकि परमप्रभुबाहेक को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक को चट्टान छ र?
32 Ndi Mulungu amene anandipatsa mphamvu ndi kulungamitsa njira yanga.
कम्मर पेटीझैं परमेश्वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा राख्नुहुन्छ ।
33 Iye amasandutsa mapazi anga kukhala ngati ambawala yayikazi; Iye amandithandiza kuyimirira pamwamba pa mapiri.
उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्च ठाउँहरूमा राख्नुहुन्छ ।
34 Iye amaphunzitsa manja anga kuchita nkhondo; manja anga amatha kuthyola uta wachitsulo.
युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।
35 Inu mumandipatsa chishango chachipambano, ndipo dzanja lanu lamanja limandichirikiza; mumawerama pansi kundikuza.
तपाईंले मलाई आफ्नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।
36 Munakulitsa njira yoyendamo ine, kuti mapazi anga asaguluke.
तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्लेका छैनन् ।
37 Ndinathamangitsa adani anga ndi kuwapitirira; sindinabwerere mpaka atawonongedwa.
मैले आफ्ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ ।
38 Ndinakantha adaniwo kotero kuti sanathenso kudzuka; anagwera pa mapazi anga.
मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।
39 Inu munandiveka ndi mphamvu yokachitira nkhondo, munachititsa kuti ndigonjetse adani anga.
किनकि युद्धको निम्ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।
40 Inu munachititsa adani anga kutembenuka, kuonetsa misana yawo pothawa, ndipo ine ndinawononga adani angawo.
मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।
41 Iwo anafuwula kupempha thandizo, koma panalibe ndi mmodzi yemwe owapulumutsa. Analirira kwa Yehova koma sanawayankhe.
तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
42 Ine ndinawaperesa ngati fumbi lowuluka ndi mphepo. Ndinawapondaponda ngati matope a mʼmisewu.
हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।
43 Inu mwandipulumutsa mʼmanja mwa anthu; mwandisandutsa kukhala mtsogoleri wa anthu a mitundu ina. Anthu amene sindikuwadziwa ali pansi pa ulamuliro wanga.
मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।
44 Alendo amadzipereka okha pamaso panga; akangomva za ine amandigonjera.
तिनीहरूले मेरा कुरा सुन्ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे । विदेशीहरू मेरो सामु झुक्न बाध्य भए ।
45 Iwo onse anataya mtima; anatuluka mʼmalinga awo akunjenjemera.
विदेशीहरू आफ्ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए ।
46 Yehova ndi wamoyo! Litamandidwe Thanthwe langa! Akuzike Mulungu Mpulumutsi wanga!
परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्वरलाई उच्च पारियोस् ।
47 Iye ndi Mulungu amene amabwezera chilango, amene amagonjetsa anthu a mitundu yonse amene ali pansi pa ulamuliro wanga,
मेरो निम्ति बदला लिनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।
48 amene amandipulumutsa mʼmanja mwa adani anga. Inu munandikuza kuposa adani anga; munandilanditsa mʼmanja mwa anthu ankhanza.
मेरा शत्रहरूबाट म मुक्त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।
49 Choncho ine ndidzakutamandani pakati pa anthu a mitundu ina, Inu Yehova; ndidzayimba nyimbo zotamanda dzina lanu.
यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।
50 Iye amapereka chipambano chachikulu kwa mfumu yake; amaonetsa chikondi chosasinthika kwa wodzozedwa wake, kwa Davide ndi zidzukulu zake kwamuyaya.
परमेश्वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ र उहाँले आफ्नो करारको विश्वस्तता आफ्नो अभिषिक्त जन, दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ ।