< Masalimo 104 >

1 Tamanda Yehova, iwe moyo wanga. Inu Yehova Mulungu wanga, ndinu wamkulu kwambiri; mwavala ulemerero ndi ufumu.
मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।
2 Iye wadzifunditsa kuwala ngati chovala; watambasula miyamba ngati tenti
तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
3 ndipo wayika pa madzi mitanda ya chipinda chake. Iye amasandutsa mitambo kukhala galeta lake, ndi kuwuluka pa mapiko a mphepo.
तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ ।
4 Amapanga mphepo kukhala amithenga ake, malawi amoto kukhala atumiki ake.
उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ ।
5 Anakhazikitsa dziko lapansi pa maziko ake; silingasunthike.
उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन ।
6 Munaliphimba ndi nyanja yozama ngati chovala; madzi anayimirira pamwamba pa mapiri.
तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके ।
7 Koma pakudzudzula kwanu madzi anathawa, pa mkokomo wa bingu lanu iwo anamwazika;
तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।
8 Inu munamiza mapiri, iwo anatsikira ku zigwa kumalo kumene munawakonzera.
तपाईंले तिनीहरूका निम्‍ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।
9 Inu munayika malire ndipo sangathe kudutsa, iwo sadzamizanso dziko lapansi.
तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्‍नुभएको छ, जुन तिनीहरूले नाघ्‍ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्‍नेछैनन् ।
10 Iye achititsa akasupe kutulutsa madzi kupita ku zigwa; madziwo amayenda pakati pa mapiri.
उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् ।
11 Iwo amapereka madzi kwa zirombo zonse zakuthengo; abulu akuthengo amapha ludzu lawo.
तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्‍छन् । जङ्गली गधाहरूले आफ्‍नो तिर्खा मेटाउँछन् ।
12 Mbalame zamlengalenga zimayika zisa mʼmbali mwa madzi; zimayimba pakati pa thambo.
नदीका किनाराहरूमा चराहरूले आफ्‍ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।
13 Iye amathirira mapiri kuchokera ku zipinda zake zapamwamba; dziko lapansi limakhutitsidwa ndi chipatso cha ntchito yake.
आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।
14 Amameretsa udzu kuti ngʼombe zidye, ndi zomera, kuti munthu azilima kubweretsa chakudya kuchokera mʼdziko lapansi:
उहाँले गाईवस्‍तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।
15 vinyo amene amasangalatsa mtima wa munthu, mafuta amene amachititsa nkhope yake kuwala, ndi buledi amene amapereka mphamvu.
मानिसलाई खुसी राख्‍न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।
16 Mitengo ya Yehova ndi yothiriridwa bwino, mikungudza ya ku Lebanoni imene Iye anadzala.
परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो ।
17 Mbalame zimamanga zisa zawo; kakowa ali ndi malo ake mʼmikungudzamo.
चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।
18 Mapiri ataliatali ndi a mbalale; mʼmingʼalu ya miyala ndi mobisalamo mbira.
घोरलहरू उच्‍च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् ।
19 Mwezi umasiyanitsa nyengo ndipo dzuwa limadziwa nthawi yake yolowera.
उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो । सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ ।
20 Inu mumabweretsa mdima nukhala usiku, ndipo zirombo zonse za ku nkhalango zimatuluka.
तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन् ।
21 Mikango imabangula kufuna nyama, ndi kufunafuna chakudya chawo kuchokera kwa Mulungu.
जवान सिंहहरू आफ्‍ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्‍वरबाट आफ्‍नो खानेकुरा खोज्छन् ।
22 Dzuwa limatuluka ndipo iyo imapita kukabisala; imabwerera kukagona pansi mʼmapanga awo.
जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्‍ना खोरहरूमा सुत्छन् ।
23 Pamenepo munthu amapita ku ntchito yake, kukagwira ntchito yake mpaka madzulo.
यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।
24 Ntchito zanu ndi zochulukadi Inu Yehova! Munazipanga zonse mwanzeru, dziko lapansi ladzaza ndi zolengedwa zanu.
हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।
25 Kuli nyanja yayikulu ndi yotambalala, yodzaza ndi zolengedwa zosawerengeka, zamoyo zanu zazikulu ndi zazingʼono zomwe.
त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।
26 Kumeneko sitima zapamadzi zimayenda uku ndi uku, ndiponso Leviyatani amene munamulenga kuti asewere kumeneko.
पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।
27 Zonsezi zimayangʼana kwa Inu kuti muzipatse chakudya chawo pa nthawi yake yoyenera.
यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।
28 Mukazipatsa, zimachisonkhanitsa pamodzi; mukatsekula dzanja lanu, izo zimakhutitsidwa ndi zinthu zabwino.
तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्छन् ।
29 Mukabisa nkhope yanu, izo zimachita mantha aakulu; mukachotsa mpweya wawo, zimafa ndi kubwerera ku fumbi.
तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।
30 Mukatumiza mzimu wanu, izo zimalengedwa ndipo mumakozanso maonekedwe a dziko lapansi.
तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।
31 Ulemerero wa Yehova ukhalebe mpaka muyaya; Yehova akondwere ndi ntchito ya manja ake;
परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।
32 Iye amene amayangʼana dziko lapansi ndipo limanjenjemera, amene amakhudza mapiri ndipo amatuluka utsi.
उहाँले तल पृथ्वीमा हेर्नुहुन्‍छ र त्‍यो हल्लिन्‍छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।
33 Ine ndidzayimbira Yehova moyo wanga wonse; ndidzayimbira matamando Mulungu wanga nthawi yonse imene ndili ndi moyo.
आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु ।
34 Zolingalira zanga zikhale zomukomera Iye, pamene ndikusangalala mwa Yehova.
मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्‍दित हुनेछु ।
35 Koma anthu ochimwa awonongeke pa dziko lapansi ndipo anthu oyipa asapezekenso. Tamanda Yehova, Iwe moyo wanga. Tamandani Yehova.
पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।

< Masalimo 104 >