< Miyambo 3 >
1 Mwana wanga, usayiwale malangizo anga, mtima wako usunge malamulo anga.
हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।
2 Ukatero zaka za moyo wako zidzachuluka ndipo udzakhala pa mtendere.
किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।
3 Makhalidwe ochitira ena chifundo ndi owonetsa kukhulupirika asakuchokere. Uwamangirire mʼkhosi mwako ngati mkanda ndi kuwalemba pa mtima pako.
करारको विश्वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् ।
4 Ukatero udzapeza kuyanja ndi mbiri yabwino pamaso pa Mulungu ndi anthu.
तब तैँले परमेश्वर र मानिसको दृष्टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् ।
5 Uzikhulupirira Yehova ndi mtima wako wonse ndipo usadalire nzeru zako za kumvetsa zinthu.
तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।
6 Pa zochita zako zonse uvomereze kuti Mulungu alipo, ndipo Iye adzawongola njira zako.
तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
7 Usamadzione ngati wa nzeru. Uziopa Yehova ndi kupewa zoyipa.
तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।
8 Ukatero thupi lako lidzakhala la moyo wabwino ndi mafupa ako adzakhala olimba.
यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
9 Uzilemekeza Yehova ndi chuma chako chonse; zokolola zonse zoyamba kucha uzilemekeza nazonso Yehova.
तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।
10 Ukatero nkhokwe zako zidzadzaza ndi zinthu zambiri, ndiponso mitsuko yako idzadzaza ndi vinyo.
तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
11 Mwana wanga usanyoze malangizo a Yehova, ndipo usayipidwe ndi chidzudzulo chake.
हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।
12 Paja Yehova amadzudzula amene amamukonda, monga abambo achitira mwana amene amakondwera naye.
किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।
13 Wodala munthu amene wapeza nzeru, munthu amene walandira nzeru zomvetsa zinthu,
बुद्धि प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
14 pakuti phindu la nzeru ndi labwino kuposa la siliva, phindu lakelo ndi labwino kuposanso golide.
तैँले बुद्धिबाट प्राप्त गर्ने कुरो चाँदीबाट प्राप्त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ ।
15 Nzeru ndi yoposa miyala yamtengowapatali; ndipo zonse zimene umazikhumba sizingafanane ndi nzeru.
बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन ।
16 Mʼdzanja lake lamanja muli moyo wautali; mʼdzanja lake lamanzere muli chuma ndi ulemu.
बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।
17 Njira zake ndi njira zosangalatsa, ndipo mu njira zake zonse muli mtendere.
त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।
18 Nzeru ili ngati mtengo wopatsa moyo kwa oyigwiritsitsa; wodala munthu amene amayigwiritsa kwambiri.
बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्नेहरू खुसी हुन्छन् ।
19 Yehova anakhazikitsa dziko lapansi pogwiritsa ntchito nzeru. Anagwiritsanso ntchito nzeru zakudziwa bwino zinthu pamene ankakhazikitsa zakumwamba.
बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
20 Mwa nzeru zake Yehova anatumphutsa madzi kuchokera mʼnthaka ndiponso mitambo inagwetsa mvula.
उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।
21 Mwana wanga usunge nzeru yeniyeni ndi khalidwe lomalingarira zinthu bwino. Zimenezi zisakuchokere.
हे मेरो छोरो, पक्का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।
22 Zimenezi zidzakupatsa moyo, moyo wake wosangalatsa ndi wabwino ngati mkanda wa mʼkhosi.
ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्नेहको गहना हुने छन् ।
23 Choncho udzayenda pa njira yako mosaopa kanthu, ndipo phazi lako silidzapunthwa;
तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्किने छैन ।
24 pamene ugona pansi, sudzachita mantha; ukadzagona pansi tulo tako tidzakhala tokoma.
तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्ने छ ।
25 Usaope tsoka lobwera mwadzidzidzi kapena chiwonongeko chimene chidzagwera anthu oyipa,
दुष्टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।
26 pakuti Yehova adzakulimbitsa mtima ndipo adzasunga phazi lako kuti lisakodwe mu msampha.
किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।
27 Usaleke kuchitira zabwino amene ayenera kulandira zabwino, pamene uli nazo mphamvu zochitira zimenezi.
तँ शक्तिमा रहुञ्जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् ।
28 Usanene kwa mnansi wako kuti, “Pita, uchite kubweranso. Ndidzakupatsa mawa” pamene uli nazo tsopano.
तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।”
29 Usamukonzere chiwembu mnansi wako, amene anakhala nawe pafupi mokudalira.
तेरो नजिकै बस्ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।
30 Usakangane ndi munthu wopanda chifukwa pamene iye sanakuchitire zoyipa.
तँलाई कसैले हानि नपुर्याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।
31 Usachite naye nsanje munthu wachiwawa kapena kutsanzira khalidwe lake lililonse.
हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान् ।
32 Pakuti Yehova amanyansidwa ndi munthu woyipa koma amayanjana nawo anthu olungama.
किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्वासमा ल्याउनुहुन्छ ।
33 Yehova amatemberera nyumba ya munthu woyipa, koma amadalitsa nyumba ya anthu olungama.
दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ ।
34 Anthu onyoza, Iye amawanyoza, koma amakomera mtima anthu odzichepetsa.
उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्नेह देखाउनुहुन्छ ।
35 Anthu anzeru adzalandira ulemu, koma zitsiru adzazichititsa manyazi.
बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन् ।